Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

बैंकिङ् सिस्टममा अराजकत गतिविधिहरु भइरहेको छ : गभर्नर अधिकारी

Machhapuchchhre Bank Limited

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ् सिस्टममा आएको अराजकताको बारेमा सरोकारवालाहरुसँग छलफल गरिरहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सव समारोहमा उनले वर्तमान समयमा बैंकिङ् क्षेत्रमा आएको अराजकताले दिर्घकालमा देशको अर्थतन्त्रलाई कति असर पार्छ भन्ने कुरामा जानकार रहेको भन्दै यसको समाधान हुने विश्वास दिलाएका छन् ।

उनले भने, ‘बैंकको ऋण नतिर्न भनेर उस्काउने अराजक गतिविधिहरुको असर पनि धेरै ठाँउमा छ । यस्ता चुनौतीहरु भए पनि बैंकका साथिहरु खट्नु भएको छ । हामीले पनि निरन्तर रुपमा सम्बन्धित निकायहरुमा बैंकिङ् सिस्टममा यो अराजकताको असर कति ठूलो छ ।

दिर्घकालमा देशको अर्थतन्त्रलाई यसले कति असर पार्छ भन्ने कुरामा हामी जानकार छौं । र यस विषयमा सरोकारवालाहरुसँग छलफल भईरहेको छ । यस्ता विषयहरु सधैँ रहदैनन् ।

 

समाधान हुदैँ जान्छन् ।’
यसको साथै, पछिल्लो समय मुद्रास्फीति, बैंकमा तरलता बढेको भन्दै बैंकहरु व्यवस्थित हुदैँ गएको बताए ।

उनले भने, ‘समग्र रुपमा अर्थतन्त्रका आधारभूत कुराहरु एकदमै राम्रो देखिन्छन् । हामी बाह्य ए क्षेत्रमा सबल छौ । मुद्रास्फीति पनि धेरै तदसम्म बढेको छ ।

पछिल्लो महिना बाढि पहिरोको कारण असर परेको हो जसका कारण खाद्य र पिय पदार्थ तिरको मुद्रास्फीति बढेको छ ।

 

तर पनि औसतमा अहिले सम्म नेपाल राष्ट्र बैंकले राखेको जुन लक्ष्य छ त्यो मुद्रास्फीति भएको अवस्था छ । बैंकमा तरलता एकदमै राम्रो छ, बैंकहरु व्यवस्थित छन् । बैंकहरु नाफा र रिकभर हुदैँछ ।’

उनले पछिल्लो २ महिनामा पुँजीगत निर्माणसँग सम्बन्धित सामानहरु आयात हुन थालेको भन्दै सकारात्मक पक्ष र क्षमता धेरै हुदाँ निरुत्साहित नहुन पनि आग्रह गरेका छन् ।

बुढानिलकण्ठमा चौथो रोजगार तथा वृत्ति मेला शुरू, सयौं पदमा आवेदन खुला

बुढानिलकण्ठमा चौथो रोजगार तथा वृत्ति मेला शुरू,...

वि.सं.२०८१ फागुन २ शुक्रवार २०:१४

  काठमाडौं, फागुन २ गते। बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा चौथो रोजगार...

चेम्बर र यूएनडिपीको कार्यक्रमले बिपन्न तथा संकटमा रहेका परिवारलाई फाइदा

चेम्बर र यूएनडिपीको कार्यक्रमले बिपन्न तथा संकटमा...

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:०७

  काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) र नेपाल...

गोरु पालेर र जोतेर मात्रै हुँदैन्, यान्त्रिकरणको माध्यम अपनाउनुपर्छ : मन्त्री अधिकारी

गोरु पालेर र जोतेर मात्रै हुँदैन्, यान्त्रिकरणको...

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:०२

  यान्त्रिकरणको माध्यमबाट अगाडि जान सके कृषि नै व्यवसायीक समृद्धिको...

मन्त्रालयले नसर्ने रोगहरूका बारेमा अभियान संचालन गर्दै

मन्त्रालयले नसर्ने रोगहरूका बारेमा अभियान संचालन गर्दै

वि.सं.२०८१ फागुन १ बिहीवार १४:२८

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोगहरूको रोकथाम,...

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन (NNETA) को मधेश प्रदेश स्तरीय कमिटी गठन

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन (NNETA) को...

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:३६

धनुषा, २०७८ पौष ७ – नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन...

निजी क्षेत्र र लगानी सुरक्षित गर्नको लागि वर्तमान सरकार प्रतिबद्ध छ : मन्त्री शाही

निजी क्षेत्र र लगानी सुरक्षित गर्नको लागि...

वि.सं.२०८१ माघ ३० बुधवार २३:२३

    काठमाडौं । वन तथा वातावरण मन्त्री ऐन बहादुर...