Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

अध्यादेशले लगानीमैत्री वातावरण सिर्जना गरेको छ: अध्यक्ष ढकाल

बेनी। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको नयाँ अध्यादेशले निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्दै लगानीमैत्री वातावरण निर्माण गरेको बताएका छन्।

मंगलबार बेनीमा आयोजित आठौं म्याग्दी महोत्सव, माघे संक्रान्ति, प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक र व्यापारिक मेलाको समापन समारोहलाई सम्बोधन गर्दै उनले कानुनी सुधारका कारण निजी क्षेत्र उत्साहित भएको बताए।

अध्यक्ष ढकालले भने, “सरकारले निजी क्षेत्रको सकारात्मक सुझावलाई तत्काल ग्रहण गर्दै कानुन परिवर्तन गरेको छ। यसले लगानी र सुरक्षाको वातावरण भएको सन्देश दिएको छ।”

गत पुस अन्तिम साता मन्त्रिपरिषद्को निर्णयअनुसार जारी अध्यादेशले सुशासन प्रर्वद्धन, सार्वजनिक सेवा प्रवाह सुधार, वित्तीय उत्तरदायित्व, निजीकरण र लगानी प्रवर्द्धनका कानुनलाई परिमार्जन गरेको छ। ढकालका अनुसार, यस परिवर्तनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारबाट निजी क्षेत्रलाई बाहिर राख्न सफल भएको छ।

कोरोना महामारी, रूस-युक्रेन युद्ध र नेपालका विद्यमान कानुनी संरचनाले खुम्चिएको अर्थतन्त्रलाई चलायमान बनाउन अध्यादेश ल्याइएको अध्यक्ष ढकालले स्पष्ट पारे। उनले म्याग्दीका उद्योगी, व्यवसायीका परियोजनामा लगानी भित्र्याउन महासंघको सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरे।

१० करोडको कारोबार, एक लाख दर्शकको सहभागिता

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले महोत्सवले आर्थिक गतिविधि, स्थानीय उत्पादनको बजारीकरण, र पर्यटन प्रवर्द्धनमा योगदान दिएको बताए। २३० वटा व्यापारिक स्टलसहितको महोत्सवमा करिब १० करोड रुपैयाँको कारोबार भएको र एक लाख दर्शकले अवलोकन गरेको जानकारी उनले दिए।

महोत्सवका क्रममा लोकदोहोरी, मौलिक गीत, नृत्य, कृषि प्रदर्शनी र खेलकुद कार्यक्रममा पनि सहभागिता भएको थियो।

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्‍यो जानकारीमूलक गाइड

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:०७

  काठमाडौं, जुलाई १०, २०२५ — नेपालमा मनसुन बाढीको प्रकोप...

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले सम्मानित

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:००

  काठमाडौं । नेपाल जनप्रशासन सङ्घले यस वर्ष ‘हेमबहादुर मल्ल...

आतंकवाद विरुद्ध नेपाललाई समन्वित सुरक्षा संयन्त्र र विमुक्तिकरण कार्यक्रम आवश्यक

आतंकवाद विरुद्ध नेपाललाई समन्वित सुरक्षा संयन्त्र र...

वि.सं.२०८२ असार २६ बिहीवार २२:५१

  ९ जुलाई, काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय सहयोग तथा संलग्नता...

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, नयाँ...

वि.सं.२०८२ असार २६ बिहीवार ०९:००

  काठमाडौँ । नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन...

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रविधिसम्बृद्ध यात्रा

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स...

वि.सं.२०८२ असार २६ बिहीवार ०८:५५

  काठमाडौँ । ललितपुरको हरियालीले भरिएको हात्तीवनमा अवस्थित लिटिल एन्जल्स...

गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री

गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र...

वि.सं.२०८२ असार २६ बिहीवार ०८:४८

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गुरु पूर्णिमाको...