CG Electronics
IME Life
NIMB

अध्यादेशले लगानीमैत्री वातावरण सिर्जना गरेको छ: अध्यक्ष ढकाल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

बेनी। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको नयाँ अध्यादेशले निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्दै लगानीमैत्री वातावरण निर्माण गरेको बताएका छन्।

मंगलबार बेनीमा आयोजित आठौं म्याग्दी महोत्सव, माघे संक्रान्ति, प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक र व्यापारिक मेलाको समापन समारोहलाई सम्बोधन गर्दै उनले कानुनी सुधारका कारण निजी क्षेत्र उत्साहित भएको बताए।

अध्यक्ष ढकालले भने, “सरकारले निजी क्षेत्रको सकारात्मक सुझावलाई तत्काल ग्रहण गर्दै कानुन परिवर्तन गरेको छ। यसले लगानी र सुरक्षाको वातावरण भएको सन्देश दिएको छ।”

गत पुस अन्तिम साता मन्त्रिपरिषद्को निर्णयअनुसार जारी अध्यादेशले सुशासन प्रर्वद्धन, सार्वजनिक सेवा प्रवाह सुधार, वित्तीय उत्तरदायित्व, निजीकरण र लगानी प्रवर्द्धनका कानुनलाई परिमार्जन गरेको छ। ढकालका अनुसार, यस परिवर्तनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारबाट निजी क्षेत्रलाई बाहिर राख्न सफल भएको छ।

कोरोना महामारी, रूस-युक्रेन युद्ध र नेपालका विद्यमान कानुनी संरचनाले खुम्चिएको अर्थतन्त्रलाई चलायमान बनाउन अध्यादेश ल्याइएको अध्यक्ष ढकालले स्पष्ट पारे। उनले म्याग्दीका उद्योगी, व्यवसायीका परियोजनामा लगानी भित्र्याउन महासंघको सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरे।

१० करोडको कारोबार, एक लाख दर्शकको सहभागिता

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले महोत्सवले आर्थिक गतिविधि, स्थानीय उत्पादनको बजारीकरण, र पर्यटन प्रवर्द्धनमा योगदान दिएको बताए। २३० वटा व्यापारिक स्टलसहितको महोत्सवमा करिब १० करोड रुपैयाँको कारोबार भएको र एक लाख दर्शकले अवलोकन गरेको जानकारी उनले दिए।

महोत्सवका क्रममा लोकदोहोरी, मौलिक गीत, नृत्य, कृषि प्रदर्शनी र खेलकुद कार्यक्रममा पनि सहभागिता भएको थियो।

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...