Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

कर्जा रिकभरीका क्रममा बैंकका कर्मचारीहरुमाथि हमला हुने गरेको गुनासो

Machhapuchchhre Bank Limited

काठमाडौं । नेपालको अर्थतन्त्र अझैपनि संकटपूण र तनावपूर्ण अवस्थामा रहेको सरोकारवालाहरुले बताएका छन् । नेपाल बैंकर्स संघले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने अधिकांश वक्ताहरुले अर्थतन्त्रमा समस्यामै रहेको औंल्याएका हुन् ।

नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले नेपाल कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ग्रोथको हिसाबले बलियो रहेपनि अर्थतन्त्रमा भने धेरै परिवर्तन हुन नसक्ने बताए ।

उनले भने, ‘यस वर्ष र आगामी दुई वर्षमा विश्वव्यापी रुपमा धेरै परिवर्तनको अपेक्षा गर्न सकिदैन् । नेपालको सन्दर्भमा हेर्दा अलिकति बलियो जस्तो देखिन्छ । विश्वव्यापी रुपमा समस्याहरु भएपनि नेपालमा जीडीपी ग्रोथको लागि अलिकति ठाँउ छ ।’
यसको साथै, उनले पछिल्लो समय पर्यटन क्षेत्रमा केही सुधार भएको, आयात निर्यातको क्षेत्र पनि सही दिशातर्फ गइरहेको बताए ।

सोही क्रममा नेपाल बैंकर्स संघका अध्यक्षमा सन्तोष कोइरालाले अर्थतन्त्र अहिले तनावपूर्ण अवस्थामा नै रहेको औंल्याए । उनले भन्दै लोनको ग्रोथ सोचे अनुसारको हुन नसकेको बताए ।

कोइरालाले बैंकहरुले कर्जा रिकभरीका क्रममा कर्मचारीहरूले भोग्नुपरेको हिंसा र आक्रमणको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएको जानकारी दिए । उनले बैंकका कर्मचारीहरुको सुरक्षाको ग्यारेन्टीका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने माग गरे ।

कर्जा रिकभरीका क्रममा विभिन्न बाधाहरुको सामना गर्नुपरेको कोइरालाको भनाइ थियो । विशेष गरी स्थानीय तहको सहयोगको अभावले बैंकहरुलाई धितो लिलाम गर्न र बेच्न समस्या भइरहेको उनले बताए ।

उनले लोन उठाउन जाने क्रममा कर्मचारीहरुमाथि हातपात हुने गरेको गुनासो गरे । उनले भने, ‘अर्थतन्त्र अहिले तनावपूर्ण अवस्थामा छ । लोनको ग्रोथ सोचे अनुसारको हुन सकेको छैन् । डिमान्ड राम्रो छैन् । विभिन्न ठाँउमा लोन उठाउन जाने क्रममा कर्मचारी साथीहरुलाई विभिन्न खालको हमलाहरु हुने गरेको छ ।

यस बारेमा सरकारसँग पनि कुरा भएको छ । सुरक्षाको बारेमा पनि कुरा उठाइरहेका छौं । नकारात्मक कुराहरु धेरै आइरहेको समयमा सकरात्मक पक्षहरुलाई पनि महत्व दिएर अगाडी बढ्न आग्रह गर्न चाहन्छु ।’
त्यस्तै संघका उपाध्यक्षसमेत रहेका ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मीले ऋणी र बैंकबीचको सुमधुर सम्बन्ध भएको र ऋणीलाई विश्वास गरेर नै ऋण लगानी गर्ने बताए ।

नेपालमा सामसङ ग्यालेक्सी एस२५ सिरिजको भव्य सुरुवात

नेपालमा सामसङ ग्यालेक्सी एस२५ सिरिजको भव्य सुरुवात

वि.सं.२०८१ फागुन २ शुक्रवार २०:३८

काठमाडौं, फाल्गुन २ - सामसङ नेपालले आफ्नो ग्यालेक्सी एस२५ सिरिज...

बुढानिलकण्ठमा चौथो रोजगार तथा वृत्ति मेला शुरू, सयौं पदमा आवेदन खुला

बुढानिलकण्ठमा चौथो रोजगार तथा वृत्ति मेला शुरू,...

वि.सं.२०८१ फागुन २ शुक्रवार २०:१४

  काठमाडौं, फागुन २ गते। बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा चौथो रोजगार...

चेम्बर र यूएनडिपीको कार्यक्रमले बिपन्न तथा संकटमा रहेका परिवारलाई फाइदा

चेम्बर र यूएनडिपीको कार्यक्रमले बिपन्न तथा संकटमा...

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:०७

  काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) र नेपाल...

गोरु पालेर र जोतेर मात्रै हुँदैन्, यान्त्रिकरणको माध्यम अपनाउनुपर्छ : मन्त्री अधिकारी

गोरु पालेर र जोतेर मात्रै हुँदैन्, यान्त्रिकरणको...

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:०२

  यान्त्रिकरणको माध्यमबाट अगाडि जान सके कृषि नै व्यवसायीक समृद्धिको...

इनड्राइभ नेपालका प्रयोगकर्ताहरुको दुर्घटना बीमा सुरक्षित

इनड्राइभ नेपालका प्रयोगकर्ताहरुको दुर्घटना बीमा सुरक्षित

वि.सं.२०८१ फागुन १ बिहीवार २१:०२

    काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म...

मन्त्रालयले नसर्ने रोगहरूका बारेमा अभियान संचालन गर्दै

मन्त्रालयले नसर्ने रोगहरूका बारेमा अभियान संचालन गर्दै

वि.सं.२०८१ फागुन १ बिहीवार १४:२८

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोगहरूको रोकथाम,...