CG Electronics
IME Life
NIMB

कर्जा रिकभरीका क्रममा बैंकका कर्मचारीहरुमाथि हमला हुने गरेको गुनासो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपालको अर्थतन्त्र अझैपनि संकटपूण र तनावपूर्ण अवस्थामा रहेको सरोकारवालाहरुले बताएका छन् । नेपाल बैंकर्स संघले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने अधिकांश वक्ताहरुले अर्थतन्त्रमा समस्यामै रहेको औंल्याएका हुन् ।

नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले नेपाल कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ग्रोथको हिसाबले बलियो रहेपनि अर्थतन्त्रमा भने धेरै परिवर्तन हुन नसक्ने बताए ।

उनले भने, ‘यस वर्ष र आगामी दुई वर्षमा विश्वव्यापी रुपमा धेरै परिवर्तनको अपेक्षा गर्न सकिदैन् । नेपालको सन्दर्भमा हेर्दा अलिकति बलियो जस्तो देखिन्छ । विश्वव्यापी रुपमा समस्याहरु भएपनि नेपालमा जीडीपी ग्रोथको लागि अलिकति ठाँउ छ ।’
यसको साथै, उनले पछिल्लो समय पर्यटन क्षेत्रमा केही सुधार भएको, आयात निर्यातको क्षेत्र पनि सही दिशातर्फ गइरहेको बताए ।

सोही क्रममा नेपाल बैंकर्स संघका अध्यक्षमा सन्तोष कोइरालाले अर्थतन्त्र अहिले तनावपूर्ण अवस्थामा नै रहेको औंल्याए । उनले भन्दै लोनको ग्रोथ सोचे अनुसारको हुन नसकेको बताए ।

कोइरालाले बैंकहरुले कर्जा रिकभरीका क्रममा कर्मचारीहरूले भोग्नुपरेको हिंसा र आक्रमणको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएको जानकारी दिए । उनले बैंकका कर्मचारीहरुको सुरक्षाको ग्यारेन्टीका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने माग गरे ।

कर्जा रिकभरीका क्रममा विभिन्न बाधाहरुको सामना गर्नुपरेको कोइरालाको भनाइ थियो । विशेष गरी स्थानीय तहको सहयोगको अभावले बैंकहरुलाई धितो लिलाम गर्न र बेच्न समस्या भइरहेको उनले बताए ।

उनले लोन उठाउन जाने क्रममा कर्मचारीहरुमाथि हातपात हुने गरेको गुनासो गरे । उनले भने, ‘अर्थतन्त्र अहिले तनावपूर्ण अवस्थामा छ । लोनको ग्रोथ सोचे अनुसारको हुन सकेको छैन् । डिमान्ड राम्रो छैन् । विभिन्न ठाँउमा लोन उठाउन जाने क्रममा कर्मचारी साथीहरुलाई विभिन्न खालको हमलाहरु हुने गरेको छ ।

यस बारेमा सरकारसँग पनि कुरा भएको छ । सुरक्षाको बारेमा पनि कुरा उठाइरहेका छौं । नकारात्मक कुराहरु धेरै आइरहेको समयमा सकरात्मक पक्षहरुलाई पनि महत्व दिएर अगाडी बढ्न आग्रह गर्न चाहन्छु ।’
त्यस्तै संघका उपाध्यक्षसमेत रहेका ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मीले ऋणी र बैंकबीचको सुमधुर सम्बन्ध भएको र ऋणीलाई विश्वास गरेर नै ऋण लगानी गर्ने बताए ।

एमएडब्लू राइड्स प्रा.लि. द्वारा यामाहा सेल्स स्किल कन्टेस्टका क्षेत्रीय विजेताहरूको घोषणा गर्दै राष्ट्रिय प्रतिस्पर्धाको तयारी सुरु

एमएडब्लू राइड्स प्रा.लि. द्वारा यामाहा सेल्स स्किल...

वि.सं.२०८३ जेठ १७ आइतवार २२:४१

  नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले...

ओमोडा ई५ प्रोको आकर्षक अफर : पहिलो ५० ग्राहकलाई ४९.९९ लाखमै उपलब्ध

ओमोडा ई५ प्रोको आकर्षक अफर : पहिलो...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:५०

  नेपालका लागि ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको...

वि.सं.२०८३ जेठ १७ आइतवार १२:५६

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि ४० लाख रुपैयाँसम्म बढ्न सक्ने

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि...

वि.सं.२०८३ जेठ १७ आइतवार ११:३८

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारी...

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वि.सं.२०८३ जेठ १७ आइतवार १०:१०

६२ वर्षदेखि नेपालको अटोमोबाइल क्षेत्रमा सक्रिय प्रतिष्ठित व्यावसायिक घराना वैद्य...