Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

ताप्लेजुङ केवलकार निर्माण विवाद: सरकार र आन्दोलनरत पक्षबीच सकारात्मक वार्ता प्रयास

kumari  bank

 

काठमाडौं । संघीय सरकारले ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण भइरहेको केवलकारको विरोधमा आन्दोलन गरिरहेकाहरुलाई वार्तामा आउन आह्वान गरेसँगै आन्दोलनरत पक्षले वार्ता टोली गठन गरेको छ ।

आन्दोलनरत पक्षले अमर तुम्याहाङको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । वार्ता टोलीमा राम मादेन, सरु सिङ्घक र शङ्कर सुब्बा सदस्य रहेका छन् ।
सरकारले हिजो गृह मन्त्रालयका सहसचिव प्रेम भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । वार्ता टोली गठन भएसँगै आज आन्दोलनरत पक्षलाई वार्ताका लागि औपचारिक आह्वा गरेको थियो ।

सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।

यस्तै यता आन्दोलनरत पक्षले पनि आफूहरु वार्ता र संवादको माध्यमबाट केबलकार लगायतका समस्यालाई शान्तिपूर्ण समाधान गरिनुपर्ने सकारात्मक रहेको विज्ञप्तिमार्फत जनाएको छ ।

साथै सांस्कृतिक सम्पदा जोगाउन शान्तिपूर्ण आन्दोलनमा रहेका निहत्था नागरिकमाथि सरकारले गोली बर्साएर गम्भीर मानवअधिकार उल्लंघनको गरेको समेत विज्ञप्तिमा उल्लेख छ ।

सरकार र मुक्कुमलुङ संरक्षक संस्थाहरू र संलग्न राजनीतिक पार्टीहरूको तर्फबाट मुक्कुमलुङमा भइरहेको आन्दोलन, संघर्षहरूको स्थायी समाधान गर्न र वार्ताका लागि न्यूनतम वातावरण बनाउन प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा शंकर लिम्बू, राम मादेन र सरस्वता सिंगक (सरु) सदस्य रहेको वार्ता सहजीकरण समिति गठन गरिएको छ ।

सबैमा यसै विज्ञप्तीमार्फत जानकारी गराउँदछौं ।

मुक्कुमलुङ तासेः प चुम्भोका संस्थाहरूः
१. श्री श्री प्रसाद लिम्बू, संयोजक मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष
२. श्री खगेन्द्र फेम्बु, संयोजक, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति
३. श्री प्रेम येक्तेन, किरात याक्थुङ चुम्लुङ, सङ्घीय समिति, संयोजक, प्रदेश नं. १ पुनः

नामाङ्कन संयुक्त सङ्घर्ष समिति

४. श्री नन्द कन्दङवा, संयोजक, लिम्बू थरगत संस्था ( याक्थुङ सयङ) सहजीकरण समूह
५. श्री डकेन्द्रसिंह थेगिम, अध्यक्ष, प्रदेश नं. १ पुनः नामाङ्कन अभियान समिति
६. गेल्जे शेर्पा, अध्यक्ष, नेपाल आदिवासी जनजाति महासङ्घ
प्रिती
७. डिमि शेर्पा, अध्यक्ष, राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ ८. राजेन्द्र इधिङ्गो, अध्यक्ष, याक्थुङ युवा मञ्च

 

सेबोन अध्यक्षको एकपछि अर्को कदम: बजार सुधारमा हलचल, बिचौलिया आक्रोशित

सेबोन अध्यक्षको एकपछि अर्को कदम: बजार सुधारमा...

वि.सं.२०८२ जेठ ८ बिहीवार २१:३७

काठमाडौं । सेयर बजारका केही खेलाडीहरुले कमजोर वित्तीय अवस्थाका कम्पनीहरुको...

४१ देखी ४५ प्रतिशत कारोबार अनौपचारिक तरिकाले हुन्छ : कुमार दाहाल

४१ देखी ४५ प्रतिशत कारोबार अनौपचारिक तरिकाले...

वि.सं.२०८२ जेठ ७ बुधवार २३:०२

  काठमाडौं । वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार...

बैंकको उद्देश्य र पैसाको अवधारणामा हामी आफैं कन्फ्युज हुन्छौं : पूर्वगभर्नर नेपाल

बैंकको उद्देश्य र पैसाको अवधारणामा हामी आफैं...

वि.सं.२०८२ जेठ ७ बुधवार २२:४७

  काठमाडौं । बुधबार बसेको अर्थ समितिको बैठकमा बैंक तथा...

लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम आवश्यक : महासंघ अध्यक्ष ढकाल

लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम आवश्यक :...

वि.सं.२०८२ जेठ ७ बुधवार २२:२६

  काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले...

विपद् सम्बन्धी पूर्व सूचित गर्ने प्रविधिको विकास हुन आवश्यक छ : मन्त्री खड्का

विपद् सम्बन्धी पूर्व सूचित गर्ने प्रविधिको विकास...

वि.सं.२०८२ जेठ ७ बुधवार २२:१२

  काठमाडौं । उर्जामन्त्री दिपक खड्काले अकस्मात पानी परेर बाढी...

गभर्नर विश्वनाथ पौडेलले गरे पदभार ग्रहण

गभर्नर विश्वनाथ पौडेलले गरे पदभार ग्रहण

वि.सं.२०८२ जेठ ७ बुधवार २१:२६

  काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा...