CG Electronics
IME Life
NIMB

ताप्लेजुङ केवलकार निर्माण विवाद: सरकार र आन्दोलनरत पक्षबीच सकारात्मक वार्ता प्रयास

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । संघीय सरकारले ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण भइरहेको केवलकारको विरोधमा आन्दोलन गरिरहेकाहरुलाई वार्तामा आउन आह्वान गरेसँगै आन्दोलनरत पक्षले वार्ता टोली गठन गरेको छ ।

आन्दोलनरत पक्षले अमर तुम्याहाङको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । वार्ता टोलीमा राम मादेन, सरु सिङ्घक र शङ्कर सुब्बा सदस्य रहेका छन् ।
सरकारले हिजो गृह मन्त्रालयका सहसचिव प्रेम भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । वार्ता टोली गठन भएसँगै आज आन्दोलनरत पक्षलाई वार्ताका लागि औपचारिक आह्वा गरेको थियो ।

सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।

यस्तै यता आन्दोलनरत पक्षले पनि आफूहरु वार्ता र संवादको माध्यमबाट केबलकार लगायतका समस्यालाई शान्तिपूर्ण समाधान गरिनुपर्ने सकारात्मक रहेको विज्ञप्तिमार्फत जनाएको छ ।

साथै सांस्कृतिक सम्पदा जोगाउन शान्तिपूर्ण आन्दोलनमा रहेका निहत्था नागरिकमाथि सरकारले गोली बर्साएर गम्भीर मानवअधिकार उल्लंघनको गरेको समेत विज्ञप्तिमा उल्लेख छ ।

सरकार र मुक्कुमलुङ संरक्षक संस्थाहरू र संलग्न राजनीतिक पार्टीहरूको तर्फबाट मुक्कुमलुङमा भइरहेको आन्दोलन, संघर्षहरूको स्थायी समाधान गर्न र वार्ताका लागि न्यूनतम वातावरण बनाउन प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा शंकर लिम्बू, राम मादेन र सरस्वता सिंगक (सरु) सदस्य रहेको वार्ता सहजीकरण समिति गठन गरिएको छ ।

सबैमा यसै विज्ञप्तीमार्फत जानकारी गराउँदछौं ।

मुक्कुमलुङ तासेः प चुम्भोका संस्थाहरूः
१. श्री श्री प्रसाद लिम्बू, संयोजक मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष
२. श्री खगेन्द्र फेम्बु, संयोजक, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति
३. श्री प्रेम येक्तेन, किरात याक्थुङ चुम्लुङ, सङ्घीय समिति, संयोजक, प्रदेश नं. १ पुनः

नामाङ्कन संयुक्त सङ्घर्ष समिति

४. श्री नन्द कन्दङवा, संयोजक, लिम्बू थरगत संस्था ( याक्थुङ सयङ) सहजीकरण समूह
५. श्री डकेन्द्रसिंह थेगिम, अध्यक्ष, प्रदेश नं. १ पुनः नामाङ्कन अभियान समिति
६. गेल्जे शेर्पा, अध्यक्ष, नेपाल आदिवासी जनजाति महासङ्घ
प्रिती
७. डिमि शेर्पा, अध्यक्ष, राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ ८. राजेन्द्र इधिङ्गो, अध्यक्ष, याक्थुङ युवा मञ्च

 

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...