Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

बीवाईडी सिल ०५ डिएम–आइ फेब्रुअरी १० मा चीनमा सार्वजनिक हुने

Machhapuchchhre Bank Limited

 

काठमाडौँ । बिवाईडीको ओसन सिरिज अन्तर्गतको बीवाईडी सिल ०५ डिएम–आइ प्लग–इन हाइब्रिड सेडान फेब्रुअरी १० मा चीनमा सार्वजनिक हुने भएको छ । ग्राहक सेवाका अनुसार यो गाडीको प्रि–सेल जनवरी ७ बाट सुरु भइसकेको छ । तीनवटा ट्रिमहरूमा उपलब्ध यो गाडीको मूल्य दायरा ८९,८०० युआनदेखि १,०९,८०० युआन (लगभग १२,२५० – १५,००० अमेरिकी डलर) रहेको छ ।

बीवाईडी सिल ०५ डिएम–आइको बाहिरी डिजाइन बिवाईडीको ओसन सिरिजको नवीनतम अवधारणामा आधारित छ । गाडीको अगाडिको भागमा नयाँ डिजाइन गरिएको फ्रन्ट फेस, पछाडिको भागमा थ्रु–टाइप टेललाइट, लुकेको एक्जस्ट आउटलेट, र डकटेल डिजाइन छ। टेलगेटको दायाँतर्फ रहेको सिल ०५ ले यसको पहिचान जनाउँछ ।

यसमा आधुनिक प्रविधि समावेश गरिएको छ, जसमा तीन–आँख क्यामेरा फ्रन्ट विन्डशील्डमा, फ्रन्ट फेन्डरमा पछाडीतर्फ हेर्ने क्यामेरा, र साइड मिरर क्यामेराहरू समावेश छन्। गाडी चारवटा रंगमा उपलब्ध छः दुई प्रकारका ग्रे, सेतो, र कालो ।

प्राविधिक पक्ष

बीवाईडी सिल ०५ डिएम–आइ, बीवाईडी डेस्ट्रोयर ०५ को रिब्याज गरिएको संस्करण हो। यसको लम्बाइ ४७८० मिमी, चौडाइ १८३७ मिमी, र उचाइ १५१५ मिमी रहेको छ । ह्वीलबेस २७१८ मिमी रहेको यो गाडी बीवाईडी डेस्ट्रोयर ०५ भन्दा २० मिमी अग्लो छ ।

गाडीको डिएम–आइ ५.० पिएचईभि प्रणाली यसको प्रमुख विशेषता हो। यसको १.५ लिटर इन्जिनले ७४ किलोवाट (९९ हर्सपावर) पावर उत्पादन गर्न सक्छ भने स्थायी चुम्बक सिंक्रोनस मोटरले १२० किलोवाट (१६१ हर्सपावर) पावर उत्पादन गर्छ। यसमा ७.६८ किलोवाट र १५.८९८ किलोवाट एलएफपि ब्याट्री प्याकहरू छन्। शुद्ध इलेक्ट्रिक मोडमा गाडीले ४३ किमी र ९० किमीको दायरा कभर गर्न सक्छ। यसको इन्धन खपत प्रति १०० किमीमा २.९५ लिटर मात्र रहेको छ।

भित्री सजावट र सुविधा

गाडीको भित्री भाग ग्रे र बेज रंगमा सजाइएको छ। यसमा घुम्न सक्ने फ्लोटिङ सेन्ट्रल कन्ट्रोल स्क्रिन, आयताकार एलसिडि इन्स्ट्रुमेन्ट प्यानल, ढि–आकारको मल्टी–फङ्क्शन स्टीयरिङ ह्वील, र पानीको थोपा आकारका ढोकाका ह्यान्डलहरू छन्। पछाडिको सिटमा फोल्ड गर्न मिल्ने आर्मरेस्ट र कप होल्डर उपलब्ध गराइएको छ । सिल ०५ डिएम–आइ, डिजाइन, प्रविधि, र दक्षता मिलाएर तयार गरिएको बिवाईडीको अर्को सफल मोडेल बन्ने अपेक्षा गरिएको छ।

एफडी मोटर्सको नयाँ शोरुम अब पोखरामा

एफडी मोटर्सको नयाँ शोरुम अब पोखरामा

वि.सं.२०८१ माघ २८ सोमवार २३:०८

पोखरा । एफडी मोटर्सको नयाँ शोरुम पोखरामा खुलेको छ ।...

स्कोडा नेपालले ल्यायो बेजोड फाइनान्सिङ योजना : ६.९९% ब्याजदरमा ८०% फाइनान्सिङ

स्कोडा नेपालले ल्यायो बेजोड फाइनान्सिङ योजना :...

वि.सं.२०८१ माघ २८ सोमवार २१:१९

  काठमाडौं, नेपाल - स्कोडा नेपालले आफ्ना ग्राहकहरूलाई प्रिमियम र...

एमएडब्लू अर्थ मुभर्सलाई जेसीबीको ‘डिलर अफ द इयर’ अवार्ड २०२५ प्रदान

एमएडब्लू अर्थ मुभर्सलाई जेसीबीको ‘डिलर अफ द...

वि.सं.२०८१ माघ २७ आइतवार २३:५१

  काठमाडौं । जेसीबी इक्यूपमेन्ट्स नेपालका आधिकारिक वितरक एमएडब्लू अर्थ...

महिला टी२० आई त्रिकोणीय क्रिकेट शृङ्खलामा उत्कृष्ट नेपाली खेलाडीलाई यामाहा रेजेड आर १२५ एफआई हाइब्रिडबाट सम्मानित

महिला टी२० आई त्रिकोणीय क्रिकेट शृङ्खलामा उत्कृष्ट...

वि.सं.२०८१ माघ २६ शनिवार ०५:३६

  काठमाडौं । नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डको सहभागितामा आयोजित महिला...

वीरगंजमा शशीला मोटर्सको नयाँ विक्री केन्द्र उद्घाटन, विद्युतीय सवारीको प्रवर्द्धनमा जोड

वीरगंजमा शशीला मोटर्सको नयाँ विक्री केन्द्र उद्घाटन,...

वि.सं.२०८१ माघ २५ शुक्रवार २२:१९

  काठमाडौँ । शशीला मोटर्स प्रालिले वीरगंजमा आफ्नो नयाँ विक्री...

नेपालको अटोमोवाइल क्षेत्रलाई बलियो बनाउन एनएभिटी र एनएडिएविच सहमती

नेपालको अटोमोवाइल क्षेत्रलाई बलियो बनाउन एनएभिटी र...

वि.सं.२०८१ माघ २२ मंगलवार २१:५३

  काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत...