शिक्षा क्षेत्रमा जिम्मेवार कदम: सन नेपाल लाइफद्वारा समता फाउण्डेसनलाई आर्थिक सहयोग

Thursday Feb 06, 2025
वि.सं.२०८१ माघ २४ बिहीवार ०९:२९

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत समता फाउण्डेसनलाई रु ५ लाख आर्थिक सहायता प्रदान गरेको छ। उक्त सहयोग फाउण्डेसनमा अध्ययनरत विद्यार्थीहरूको शिक्षाका लागि खर्च गरिनेछ।
एक विशेष कार्यक्रमका बीच सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (CEO) श्री राज कुमार अर्यालले उक्त रकम समता फाउण्डेसनका प्रतिनिधि श्री दीपक बस्नेतलाई हस्तान्तरण गर्नुभयो। कम्पनीले शिक्षा सबैका लागि सहज र सुलभ बनाउनका लागि आफ्नो योगदान जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।
१३९ शाखा तथा उपशाखा कार्यालयमार्फत जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको सन नेपाल लाइफ सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य र समाजसेवाका क्षेत्रमा सक्रिय रहँदै आएको छ। कम्पनीले आगामी दिनहरूमा पनि यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने बताएको छ।
समता फाउण्डेसन आर्थिक रूपमा विपन्न वर्गका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको संस्था हो। सन नेपाल लाइफको यो सहयोगले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा टेवा पुग्ने विश्वास गरिएको छ।