CG Electronics
IME Life
NIMB

शिक्षा क्षेत्रमा जिम्मेवार कदम: सन नेपाल लाइफद्वारा समता फाउण्डेसनलाई आर्थिक सहयोग

NIMB
Himalayan Bank

 

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत समता फाउण्डेसनलाई रु ५ लाख आर्थिक सहायता प्रदान गरेको छ। उक्त सहयोग फाउण्डेसनमा अध्ययनरत विद्यार्थीहरूको शिक्षाका लागि खर्च गरिनेछ।

एक विशेष कार्यक्रमका बीच सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (CEO) श्री राज कुमार अर्यालले उक्त रकम समता फाउण्डेसनका प्रतिनिधि श्री दीपक बस्नेतलाई हस्तान्तरण गर्नुभयो। कम्पनीले शिक्षा सबैका लागि सहज र सुलभ बनाउनका लागि आफ्नो योगदान जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

१३९ शाखा तथा उपशाखा कार्यालयमार्फत जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको सन नेपाल लाइफ सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य र समाजसेवाका क्षेत्रमा सक्रिय रहँदै आएको छ। कम्पनीले आगामी दिनहरूमा पनि यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने बताएको छ।

समता फाउण्डेसन आर्थिक रूपमा विपन्न वर्गका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको संस्था हो। सन नेपाल लाइफको यो सहयोगले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा टेवा पुग्ने विश्वास गरिएको छ।

 

 

 

 

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा आबद्ध: नेपाली बालमस्तिष्कलाई विश्व मानचित्रमा चिनाउने प्रयास

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५७

काठमाडौं। नेपालको डिजिटल रूपान्तरणको यात्रामा नयाँ पुस्ताका उदीयमान प्रतिभाहरूले नेतृत्व...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई नेपालमा नाइमा मोबिलिटी प्रदर्शनी–२०२६ मार्फत सार्वजनिक गरिने

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:४७

    चेरी क्यूले प्रतिष्ठित २०२५ रेड डट डिजाइन अवार्ड...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम,...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:३१

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — सिटिजन्स बैंक...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:२२

पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:१७

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — महालक्ष्मी विकास...