CG Electronics
IME Life
NIMB

नेपाल भ्यालुयर्स एसोसिएशनले १४औं स्थापना दिवस भव्यताका साथ मनायो

NIMB
Himalayan Bank

काठमाडौं। मुल्यांकन पेशामा कार्यरत इन्जिनियरहरूको छाता संगठन नेपाल भ्यालुयर्स एसोसिएशन (एनभिए) ले आफ्नो १४औं स्थापना दिवस (एनभिए डे –२०८१) भव्यताका साथ मनाएको छ। काठमाडौंस्थित होटल यात्रीमा आयोजना गरिएको कार्यक्रममा नेपाल इन्जिनियरिङ्ग परिषदका अध्यक्ष प्रा. डा. पदम बहादुर शाही, नेपाल इन्जिनियरिङ्ग परिषदका रजिष्ट्रार ई. शिवमंगल गिरी, नेपाल इन्जिनियर्स एसोसिएशनका अध्यक्ष ई. सुभाष बराल लगायत विभिन्न गणमान्य व्यक्तिहरू उपस्थित थिए।

एनभिएका अध्यक्ष संजयकुमार महतोले कार्यक्रममा सम्बोधन गर्दै इन्जिनियरहरूको व्यावसायिक समस्याहरू समाधान गर्न सबै इन्जिनियरिङ्ग संस्थाहरूको सहयोग आवश्यक रहेको बताए। उनले इन्जिनियरहरूको हकहितका लागि संघर्ष गर्ने संस्थाहरूलाई एकताबद्ध हुन आग्रह गरे।

नेपाल इन्जिनियरिङ्ग परिषदका अध्यक्ष प्रा. डा. पदम बहादुर शाहीले इन्जिनियरहरूका व्यावसायिक समस्याहरू एकिकृत गर्न परिषद तयार रहेको जानकारी दिए। उनले इन्जिनियरहरूले आफ्नो क्षमता अनुसार प्रगति गर्नुपर्ने र देशको विकासमा योगदान पुर्याउनुपर्ने बताए।

नेपाल इन्जिनियर्स एसोसिएशन (एनइए) का अध्यक्ष ई. सुभाषचन्द्र बरालले एनभिएलाई सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले भ्यालुयर्स इन्जिनियरहरूको समस्याहरू समाधान गर्न एनभिएले अग्रणी भूमिका खेल्नुपर्ने सुझाव दिए।

कार्यक्रममा वरिष्ठ आर्किटेक्ट बाबुराम बराललाई विशेष सम्मान गरिएको थियो। उनले मुल्यांकन इन्जिनियरहरूको पेशा स्थापित हुनुपर्नेमा जोड दिंदै यस क्षेत्रमा पलायन बढ्दै गएकोमा चिन्ता व्यक्त गरे।

नेपाल इन्जिनियरिङ्ग परिषदका रजिष्ट्रार ई. शिवमंगल गिरीले भ्यालुयर्स इन्जिनियरहरूको दीर्घकालीन समस्याहरू समाधान गर्न निर्देशिका बनाउनुपर्नेमा जोड दिए। उनले यसका लागि इन्जिनियरिङ्ग परिषद तयार रहेको बताए।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव गणेशप्रसाद भट्टले भ्यालुयर्स इन्जिनियरहरूले फरक-फरक तरिकाले मुल्यांकन गरिरहेको भन्दै सबैलाई समेटेर एउटा स्ट्यान्डर्ड बनाउनुपर्ने आग्रह गरे।

एनभिएले यसअघि वि.सं. २०६८ सालमा स्थापना भएको थियो। यसले देशभर मुल्यांकनसम्बन्धी कार्य स्थगित गरेर १४औं स्थापना दिवस मनाएको छ। केन्द्रसँगै गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, कोशी प्रदेश, कर्णाली प्रदेश र चितवन च्याप्टर, हेटौंडा च्याप्टर, नेपालगञ्ज च्याप्टरले पनि विभिन्न कार्यक्रम आयोजना गरेर स्थापना दिवस मनाएका थिए। यो कार्यक्रम लिटमस केवलले प्रायोजन गरेको थियो।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...