Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

वीरगंजमा शशीला मोटर्सको नयाँ विक्री केन्द्र उद्घाटन, विद्युतीय सवारीको प्रवर्द्धनमा जोड

Machhapuchchhre Bank Limited

 

काठमाडौँ । शशीला मोटर्स प्रालिले वीरगंजमा आफ्नो नयाँ विक्री केन्द्र सञ्चालनमा ल्याएको छ। प्रतिमा चोकस्थित नयाँ केन्द्रको उद्घाटन मधेश प्रदेशसभा सांसद तथा पूर्व राज्यमन्त्री रहबर अन्सारीले गरेका हुन्।

उद्घाटन समारोहमा बोल्दै अन्सारीले विद्युतीय सवारीको प्रयोगलाई प्रवर्द्धन गर्नुपर्ने बताउँदै, विद्युतको आन्तरिक खपत बढाउने नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए। उनले विद्युतीय सवारी साधनको प्रयोगले इन्धन आयात घटाउनुका साथै वातावरणीय प्रदूषण न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने बताए।

शशीला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले कम्पनीले जहिले पनि गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए। उनले विक्री मात्र नभई, विक्री पछिको सेवा सहज र प्रभावकारी बनाउने लक्ष्य रहेको उल्लेख गरे।

कम्पनीले वीरगंज शाखा तथा सिमरा वर्कशप सञ्चालनमा आइसकेपछि बर्दिवास, दाङ, नेपालगन्ज, र बुटवलमा समेत छिट्टै शाखा विस्तार गर्ने योजना रहेको जानकारी दिएको छ।

कार्यक्रममा भूमि समस्या समाधान समिति पर्साका अध्यक्ष तबरेज अहमद, नेकपा एमाले नेता सलाउद्दिन अहमद, अकोराबका वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटा लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

उद्घाटनकै अवसरमा शशीला मोटर्सले पाँच वटा विद्युतीय माइक्रोबस ग्राहकलाई हस्तान्तरण गरेको छ। यसअघि कम्पनीले बाराको सिमरामा रहेको मल्टिप्रपोज यातायात प्रालिलाई ३० वटा माइक्रोभ्यान हस्तान्तरण गरिसकेको छ। शशीला मोटर्सले हाइगर, किटोन, भेन्ची लगायत विभिन्न ब्रान्डका विद्युतीय सवारी साधनको विक्री गर्दै आएको छ ।

जगदम्बा मोटर्स र भारतीय राजदूतावासको सहकार्यमा अपांगता भएका व्यक्तिहरूलाई सहयोग

जगदम्बा मोटर्स र भारतीय राजदूतावासको सहकार्यमा अपांगता...

वि.सं.२०८१ चैत १ शनिवार २१:४२

काठमाडौं । समावेशिता र पहुँच प्रवद्र्धन गर्ने उद्देश्यका साथ जगदम्बा...

युनाटेड अजोड इन्स्योरेन्समा दुई महाप्रबन्धक नियुक्त

युनाटेड अजोड इन्स्योरेन्समा दुई महाप्रबन्धक नियुक्त

वि.सं.२०८१ फागुन ३० शुक्रवार २२:२८

  काठमाडौं । युनाटेड अजोड इन्स्योरेन्समा दुई महाप्रबन्धक नियुक्त भएका...

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले काठमाडौं बाल स्वास्थ्य संस्थानलाई आर्थिक सहयोग

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले काठमाडौं बाल स्वास्थ्य संस्थानलाई...

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:५०

  काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत...

सिटिजन्स बैंकद्वारा आफ्ना कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान

सिटिजन्स बैंकद्वारा आफ्ना कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:३७

काठमाडौं । सिटिजन्स बैंकले अविरल १० वर्ष र १५ वर्ष...

सांग्रिला डेभलपमेन्ट बैंकको “बुद्धभुमि बचत खाता” सञ्चालनमा

सांग्रिला डेभलपमेन्ट बैंकको “बुद्धभुमि बचत खाता” सञ्चालनमा

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:३२

  काठमाडौं, १ चैत । सांग्रिला डेभलपमेन्ट बैंकले उच्च र...

बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त

बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:२७

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले महिला सञ्चालकमा राधा पोखरेललाई...