CG Electronics
IME Life
Ncell NPL

ओ.पी. जिंदल विश्वविद्यालय र लिंक वेभ ग्लोबल स्टडीबीच समझदारी पत्रमा हस्ताक्षर

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं। फेब्रुअरी 21, 2025 – ओ.पी. जिंदल विश्वविद्यालय (OPJU) र लिंक वेभ ग्लोबल स्टडीबीचले नेपालमा उच्च शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यले आज समझदारी पत्र (MoU) मा हस्ताक्षर गरेका छन्। यस सम्झौताले नेपाली विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा, प्रशिक्षण, तथा रोजगारीका अवसरहरू प्रदान गर्ने मार्ग प्रशस्त गरेको छ।

सम्झौता समारोहमा ओ.पी. जिंदल विश्वविद्यालयका उपकुलपति डा. आर.डी. पाटीदारले विश्वविद्यालयले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने र उद्योगसँग जोडिएको रोजगारीका अवसरहरू उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरे। उहाँले विश्वविद्यालयले औद्योगिक सम्बन्धलाई मजबुत बनाउँदै विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान प्रदान गर्ने बारेमा जोड दिए।

लिंक वेभ ग्लोबल स्टडीका कार्यक्रम निर्देशक कपुर थापाले यस सम्झौतालाई नेपाली विद्यार्थीहरूका लागि ठूलो अवसर बताउँदै भने, “लिंक वेभले OPJU लाई नेपाल बजारमा सशक्त रूपमा प्रवर्द्धन गर्नेछ। यसले नेपाली विद्यार्थीहरूलाई उत्कृष्ट शैक्षिक तथा औद्योगिक अवसरहरू प्रदान गर्नेछ।”

ओ.पी. जिंदल विश्वविद्यालयले इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान, र टेक्नोलोजी जस्ता लोकप्रिय पाठ्यक्रमहरूमा उत्कृष्टता हासिल गरेको छ। विश्वविद्यालयको आफ्नै उद्योगसँगको प्रत्यक्ष सम्बन्धले विद्यार्थीहरूलाई अध्ययनकै क्रममा व्यावहारिक तालिम र रोजगारीका अवसरहरू प्रदान गर्दछ।

यस सम्झौताले नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा र प्रशिक्षण प्राप्त गर्ने र उद्योगसँग जोडिएको रोजगारीका अवसरहरू पाउने मार्ग प्रशस्त गरेको छ। यसले नेपालमा उच्च शिक्षाको गुणस्तरमा ठूलो योगदान दिने अपेक्षा गरिएको छ।

 

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:०६

  काठमाडौं, २८ वैशाख २०८३  । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक...

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप कफी मेकर बजारमा

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप...

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:१२

  काठमाडौं । नेपालको प्रतिष्ठित इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो प्रिमियम...

सञ्चालनको ६ महिनामै हायात प्लेस बुटवललाई तीन प्रतिष्ठित अवार्ड

सञ्चालनको ६ महिनामै हायात प्लेस बुटवललाई तीन...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:३१

बुटवल, नेपाल - नेपालको आतिथ्य क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा पार...

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:२२

काठमाडौं । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी...

होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण, पर्यटन प्रवर्द्धनमा जोड

होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण,...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:०४

  काठमाडौं । होटल व्यवसायी महासंघ नेपाल का अध्यक्ष, पदाधिकारी...