Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

१० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौंमा सुरु

Machhapuchchhre Bank Limited

 

काठमाडौं, फागुन ८ गते। मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा आयोजना गरेको १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी आज काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र कुमार दाहालले यस प्रदर्शनीको उद्घाटन गरेका छन्।

उद्घाटन समारोहमा बोल्दै मन्त्री दाहालले नेपाल क्रमशः औद्योगिकरणतिर अगाडि बढिरहेको बताउँदै निर्माण सामग्री उत्पादन गर्ने कम्पनीहरुको संख्या लगभग ६० प्रतिशत पुगेको जानकारी दिए। उनले भने, “नेपाली उत्पादनहरु धेरै छन्। यसले मलाई अत्यन्तै प्रभावित पारेको छ। यस प्रदर्शनीले निर्माण क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाहरुलाई धेरै जानकारी दिनेछ।”

प्रदर्शनीको स्थल सम्बन्धमा पत्रकारहरुले गरेको प्रश्नको जवाफ दिँदै उनले काठमाडौं बाहिर यस्तो आयोजना गर्दा सहभागिता कम हुने बताए। उनले भने, “काठमाडौं आफैमा साँधुरै छ। यहाँ ठाउँ सिमित छ। यसलाई फराकिलो बनाउन सकिन्छ।”

यस प्रदर्शनीमा विभिन्न देशका ३ सय भन्दा बढी कम्पनीहरुले सहभागिता जनाएका छन् भने १५० भन्दा बढी स्टल राखिएका छन्। प्रदर्शनीमा कन्स्ट्रक्शन मेटेरियल्स, कन्स्ट्रक्शन मेसिनरी, प्रिफ्याब स्ट्रक्चर, युपिभिसी प्रोफाइल, डोर्स एण्ड विन्डोज, आर्किटेक्चर हार्डवेयर, बाथरुम फिटिङ्स, पाइप, टायल्स, स्यानिटरी वायर, रफिङ, प्रि-इन्जिनियरिङ बिल्डिङ, पावर टुल्स लगायतका सामग्रीहरु प्रदर्शन गरिएका छन्।

प्रदर्शनीका प्रवन्ध निर्देशक भट्टराईले यस प्रदर्शनीले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादन र नविनतम प्रविधिहरु प्रदर्शन गरेको बताए। उनले प्रदर्शनी बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म चल्ने र चार दिनसम्म सञ्चालन हुने जानकारी दिए। यसमा निःशुल्क प्रवेशको व्यवस्था रहेको छ भने चार दिनमा ४५ हजार भन्दा बढी दर्शकहरु आउने अपेक्षा गरिएको छ।

यस प्रदर्शनीमा कन्ट्रयाक्टर्स, बिल्डर्स, आर्किटेक्ट, इन्जिनियर, इन्टेरियर डिजाइनर, डिस्ट्रिब्युटर्स, डिलर्स र घर बनाउन चाहने आम नागरिकहरुको सहभागिता रहनेछ। साथै, नेपाली उत्पादन र प्रविधिहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुग्न सहयोग पुग्ने आयोजकको विश्वास छ।

प्रदर्शनीको टाइटल स्पोन्सर लुम्बिनी सेरामिक्स (लामिनार टायल्स) रहेको छ भने पावर्ड बाई प्रायोजकमा फ्लाईबर्ड र सह प्रायोजकमा पर्ल प्रेसिजन रहेका छन्। नेपाल निर्माण व्यवसायी महासंघ, सोसाइटी अफ कन्सल्टिंग आर्किटेकचरल एण्ड इन्जिनियरिङ फम्र्स, सोसाइटी अफ नेपालीज आर्किटेक्ट्स तथा इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपालले यस प्रदर्शनीलाई सहयोग गरेका छन्।

डीपसीक एलएलएम प्रविधिसँग टेक्नो स्मार्टफोनः अब अझ स्मार्ट, छिटो, र प्रभावकारी हुने

डीपसीक एलएलएम प्रविधिसँग टेक्नो स्मार्टफोनः अब अझ...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:२२

  काठमाडौँ । विश्वव्यापी टेक ब्रान्ड टेक्नोले आफ्नो स्मार्टफोनहरूमा डीपसीक...

यती एअरलाइन्सका यात्रुहरूका लागि क्रोकोडाईल लगेज तथा ब्यागप्याक उपहार योजना

यती एअरलाइन्सका यात्रुहरूका लागि क्रोकोडाईल लगेज तथा...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:१९

काठमाडौं । यती एअरलाइन्समा यात्रा गर्ने यात्रुहरूका लागि अब विशेष...

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध अख्तियारमा उजुरी

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:०७

  काठमाडौं । नेपाल सरकार उर्जा मन्त्रालयले उद्योगीहरुको पक्ष लिई...

बढ्दो मोटोपन दर विरुद्ध लड्न दक्षिण एसियाका देश एकजुट

बढ्दो मोटोपन दर विरुद्ध लड्न दक्षिण एसियाका...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:०४

  काठमाडौँ । दक्षिण एसियाली क्षेत्रमा मोटोपना व्यवस्थापनका अनौठा पक्षहरूमा...

नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

वि.सं.२०८१ चैत १३ बुधवार २३:३९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

ईशान हस्पिटल १० बर्षमा देशकै गौरव गर्ने अस्पताल बन्ने महिलामन्त्रीको दाबी ईशान हस्पिटलले सुरु गर्यो ‘मल्टी डिसिपिनरी क्लिनिक’

ईशान हस्पिटल १० बर्षमा देशकै गौरव गर्ने...

वि.सं.२०८१ चैत १३ बुधवार २३:३४

  काठमाडौँ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल...