CG Electronics
IME Life
NIMB

१० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौंमा सुरु

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं, फागुन ८ गते। मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा आयोजना गरेको १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी आज काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र कुमार दाहालले यस प्रदर्शनीको उद्घाटन गरेका छन्।

उद्घाटन समारोहमा बोल्दै मन्त्री दाहालले नेपाल क्रमशः औद्योगिकरणतिर अगाडि बढिरहेको बताउँदै निर्माण सामग्री उत्पादन गर्ने कम्पनीहरुको संख्या लगभग ६० प्रतिशत पुगेको जानकारी दिए। उनले भने, “नेपाली उत्पादनहरु धेरै छन्। यसले मलाई अत्यन्तै प्रभावित पारेको छ। यस प्रदर्शनीले निर्माण क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाहरुलाई धेरै जानकारी दिनेछ।”

प्रदर्शनीको स्थल सम्बन्धमा पत्रकारहरुले गरेको प्रश्नको जवाफ दिँदै उनले काठमाडौं बाहिर यस्तो आयोजना गर्दा सहभागिता कम हुने बताए। उनले भने, “काठमाडौं आफैमा साँधुरै छ। यहाँ ठाउँ सिमित छ। यसलाई फराकिलो बनाउन सकिन्छ।”

यस प्रदर्शनीमा विभिन्न देशका ३ सय भन्दा बढी कम्पनीहरुले सहभागिता जनाएका छन् भने १५० भन्दा बढी स्टल राखिएका छन्। प्रदर्शनीमा कन्स्ट्रक्शन मेटेरियल्स, कन्स्ट्रक्शन मेसिनरी, प्रिफ्याब स्ट्रक्चर, युपिभिसी प्रोफाइल, डोर्स एण्ड विन्डोज, आर्किटेक्चर हार्डवेयर, बाथरुम फिटिङ्स, पाइप, टायल्स, स्यानिटरी वायर, रफिङ, प्रि-इन्जिनियरिङ बिल्डिङ, पावर टुल्स लगायतका सामग्रीहरु प्रदर्शन गरिएका छन्।

प्रदर्शनीका प्रवन्ध निर्देशक भट्टराईले यस प्रदर्शनीले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादन र नविनतम प्रविधिहरु प्रदर्शन गरेको बताए। उनले प्रदर्शनी बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म चल्ने र चार दिनसम्म सञ्चालन हुने जानकारी दिए। यसमा निःशुल्क प्रवेशको व्यवस्था रहेको छ भने चार दिनमा ४५ हजार भन्दा बढी दर्शकहरु आउने अपेक्षा गरिएको छ।

यस प्रदर्शनीमा कन्ट्रयाक्टर्स, बिल्डर्स, आर्किटेक्ट, इन्जिनियर, इन्टेरियर डिजाइनर, डिस्ट्रिब्युटर्स, डिलर्स र घर बनाउन चाहने आम नागरिकहरुको सहभागिता रहनेछ। साथै, नेपाली उत्पादन र प्रविधिहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुग्न सहयोग पुग्ने आयोजकको विश्वास छ।

प्रदर्शनीको टाइटल स्पोन्सर लुम्बिनी सेरामिक्स (लामिनार टायल्स) रहेको छ भने पावर्ड बाई प्रायोजकमा फ्लाईबर्ड र सह प्रायोजकमा पर्ल प्रेसिजन रहेका छन्। नेपाल निर्माण व्यवसायी महासंघ, सोसाइटी अफ कन्सल्टिंग आर्किटेकचरल एण्ड इन्जिनियरिङ फम्र्स, सोसाइटी अफ नेपालीज आर्किटेक्ट्स तथा इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपालले यस प्रदर्शनीलाई सहयोग गरेका छन्।

प्रधानमन्त्रीबाट सीमा सम्बन्धी प्रमाण प्रस्तुत गरिएको होइन, आश्चर्य व्यक्त भएको हो : प्रवक्ता

प्रधानमन्त्रीबाट सीमा सम्बन्धी प्रमाण प्रस्तुत गरिएको होइन,...

वि.सं.२०८३ जेठ २० बुधवार ०६:२५

काठमाडौं । नेपाल सरकारले नेपाल–भारतबीच देखिएका सीमा विवादहरू कूटनीतिक माध्यम...

मोबाइल उद्योगको विकासका लागि क्यान महासंघ र एनएमडिएबीच हातेमालोः ’ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त आवाज उठाउने

मोबाइल उद्योगको विकासका लागि क्यान महासंघ र...

वि.सं.२०८३ जेठ २० बुधवार ०६:२०

  काठमाडौँ — नेपालको सूचना प्रविधि र मोबाइल व्यवसाय क्षेत्रका...

फर्पिङमा तीन वर्षे ‘लोसुम’ साधना : कर्म ल्हुङतोक ‘सुबास पाख्रिन’ समेतलाई ‘दुर्जेलोपेन’ उपाधि

फर्पिङमा तीन वर्षे ‘लोसुम’ साधना : कर्म...

वि.सं.२०८३ जेठ २० बुधवार ००:११

काठमाडौं । हिमाली बौद्ध बज्रयान परम्पराअन्तर्गत अत्यन्त कठिन, पवित्र एवं...

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति...

वि.सं.२०८३ जेठ १९ मंगलवार २३:५१

  काठमाडौँ, १९ जेठ । काठमाडौँ विश्वविद्यालयको १०१ औँ सभा...

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित जनप्रिय आधारभूत विद्यालयको भवन पुनर्निर्माण गरी हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित जनप्रिय आधारभूत विद्यालयको...

वि.सं.२०८३ जेठ १९ मंगलवार २२:५३

  सिद्धार्थ बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्पबाट...

टियु गेटमा ट्राफिकको विशेष चेकिङ, १९ सवारी साधनका चालक कारबाहीमा

टियु गेटमा ट्राफिकको विशेष चेकिङ, १९ सवारी...

वि.सं.२०८३ जेठ १९ मंगलवार २२:३३

  काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष...