CG Electronics
IME Life
NIMB

नाडा प्रिजेण्ट्स् वाडा अटो शो २०२५ को आयोजना पोखरामा हुने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

पोखरा, २०८१ पौष २० – नेपाल अटोमोबाइल डिलर्स एसोसिएशन (नाडा) ले पोखरामा पहिलो पटक “नाडा प्रिजेण्ट्स् वाडा अटो शो २०२५” को आयोजना गर्न लागेको छ। यो आयोजना २०८१ चैत्र १४ देखि १७ सम्म पोखराको प्रदर्शनी केन्द्रमा हुनेछ। यसका लागि आजदेखि बुकिङ्ग खुल्ला गरिएको छ।

नाडाले यसअघि २०८१ पौष २० गते काठमाडौंमा आफ्नो संस्थागत सदस्य पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एसोसिएशन (वाडा) का पदाधिकारी तथा सदस्यहरू बीच पोखरामा पहिलो पटक वाडा अटो शो आयोजना गर्ने सम्बन्धमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो। प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा यस वर्ष पहिलो पटक पोखरामा वाडा अटो शो आयोजना गर्न लागिएको छ।

नाडा प्रिजेण्ट्स् वाडा अटो शोमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, हेभि कमर्शियल तथा मेसिनरी इक्युप्मेन्ट्स्, वित्तिय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुलाई समुह अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको छ।

वाडाका अध्यक्ष दिपेन्द्र कोइरालाका अनुसार, “अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सृजनाका लागि विशेष योगदान पु¥याउदै आईरहेको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवं आम उपभोक्ताहरूलाई यस नाडा प्रिजेण्ट्स वाडा अटो शो २०२५ ले सकारात्मक उर्जा एवं नविनतम् प्रविधिहरुको साक्षात्कार गराउने अपेक्षा राखिएको छ।”

नाडाले यसै क्रममा सम्भाव्यता अध्ययन गरी आफ्ना प्रदेश एसोसिएशनहरु मार्फत नेपालका अन्य मुख्य सहरहरुमा अटो प्रदर्शनीको आयोजना गर्ने योजना बनाएको छ।

 

मोबाइल उद्योगको विकासका लागि क्यान महासंघ र एनएमडिएबीच हातेमालोः ’ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त आवाज उठाउने

मोबाइल उद्योगको विकासका लागि क्यान महासंघ र...

वि.सं.२०८३ जेठ २० बुधवार ०६:२०

  काठमाडौँ — नेपालको सूचना प्रविधि र मोबाइल व्यवसाय क्षेत्रका...

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित जनप्रिय आधारभूत विद्यालयको भवन पुनर्निर्माण गरी हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित जनप्रिय आधारभूत विद्यालयको...

वि.सं.२०८३ जेठ १९ मंगलवार २२:५३

  सिद्धार्थ बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्पबाट...

बजेटले निजी क्षेत्रको मनोबल बढाए पनि निर्यातका मुख्य मागहरू सम्बोधन गर्न निर्यात व्यवसायी महासंघको माग

बजेटले निजी क्षेत्रको मनोबल बढाए पनि निर्यातका...

वि.सं.२०८३ जेठ १९ मंगलवार २२:२०

  नयाँ राजनीतिक स्थिरताको परिवेश, चुनावी प्रतिबद्धता र सरकारको १...

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई मेधर्म क्लिनिक्समा १५ प्रतिशत छुट दिने सम्झौता

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई मेधर्म क्लिनिक्समा...

वि.सं.२०८३ जेठ १९ मंगलवार २२:०९

    नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा...

एनआईसी एशिया बैंकको सञ्चालक समिति अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त

एनआईसी एशिया बैंकको सञ्चालक समिति अध्यक्षमा अशोककुमार...

वि.सं.२०८३ जेठ १९ मंगलवार २१:५९

  एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार...

सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपाली बजारमा सार्वजनिक

सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपाली बजारमा सार्वजनिक

वि.सं.२०८३ जेठ १९ मंगलवार १२:४९

  काठमाडौं । सीजी रिलायन्स बेभरेज प्रालिले नेपाली बजारमा नयाँ...