CG Electronics
IME Life
NIMB

नेसनल आईसीटी स्कलरसिप- २०८१ को आवेदन खुला, २ करोड १३ लाख रुपैयाँ बराबरको छात्रवृत्ति वितरण हुने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा ३३ वर्षदेखि क्रियाशील कम्प्युटर एसोसिएशन नेपाल (क्यान) महासंघले ‘नेसनल आईसीटी स्कलरसिप- २०८१’ का लागि आवेदन खुला गरेको छ । यस छात्रवृत्ति कार्यक्रम अन्तर्गत ४९ जना विद्यार्थीलाई कुल २ करोड १३ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिनेछ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यस कार्यक्रमको औपचारिक उद्घाटन गर्दै यसले विद्यार्थीहरूलाई डिजिटल युगमा सफलता हासिल गर्न सिप प्रदान गर्ने र नेपाललाई विश्वव्यापी सूचना प्रविधि क्षेत्रको अग्रस्थानमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सूचना प्रविधिको निरन्तर परिवर्तनशील दुनियाँमा नवीनतम प्रविधिहरू सिक्नु आवश्यक रहेकोमा जोड दिनुभयो ।

क्यान महासंघले लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा नेपालभरका जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई लक्षित गरी यो छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिरहेको छ । क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले बताउनुभयो कि यस वर्ष ४९ जना विद्यार्थीलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ ।

यस छात्रवृत्ति कार्यक्रमले ग्रामीण क्षेत्रका विपन्न विद्यार्थीलाई सूचना प्रविधि क्षेत्रमा करियर बनाउन अवसर प्रदान गर्ने उहाँले बताउनुभयो । यस्ता कार्यक्रमले कार्यान्वयनको चरणमा रहेको डिजिटल नेपाल फ्रेमवर्कलाई सहयोग पुर्‍याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष ई. पंकज जालानले बताउनुभयो कि देशका सातै प्रदेशका विद्यार्थीलाई समान अवसर दिने उद्देश्यले प्रत्येक प्रदेशबाट एक छात्रालाई पूर्ण छात्रवृत्ति र अन्य ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिनेछ । साथै, फिमेल मेरिट आईसीटी स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट चार जनालाई गरी २८ जना छात्रालाई छात्रवृत्ति दिइनेछ भने आईसीटी मेरिट स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट तीन जना गरी २१ जनाले छात्रवृत्ति प्राप्त गर्नेछन् ।

छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसन (एपीयू) को सम्बन्धनमा सञ्चालित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनमा स्नातक तह बीएससी आईटी (BSc. IT) अध्ययन गर्न पाउनेछन् ।

आवेदन प्रक्रिया
छात्रवृत्तिका लागि नेपाल सरकारको मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टु वा सो सरह उत्तीर्ण गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याएका विद्यार्थीहरूले आवेदन दिन सक्नेछन् । आवेदन क्यान महासंघको वेबसाइट (scholarship.can.org.np) वा लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइट (www.lbef.org) मार्फत २०८१ फागुन २५ गतेसम्म दिन सकिनेछ । आवेदन फारमसँगै कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपि, एउटा फोटो, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र स्थानीय सरकारको सिफारिसपत्र संलग्न गर्नुपर्नेछ ।

छात्रवृत्ति छनोट समिति
क्यान महासंघले निवर्तमान अध्यक्ष रणजीत पोदारको संयोजकत्वमा छात्रवृत्ति छनोट समिति गठन गरेको छ । समितिमा सह-संयोजक उपाध्यक्ष चिरञ्जीवी अधिकारी, हर्क सेटी, शेखरनाथ दुलाल, सचिव सरिता न्यौपाने, केन्द्रीय सदस्य राजु कट्टेल, दिपेन्द्र पौडेल र ओमकार बस्नेत तथा लेखा समिति सदस्य सन्तोष ढुंगाना रहेका छन् ।

यस छात्रवृत्ति कार्यक्रमले नेपालमा डिजिटल विभाजन कम गर्ने र सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्ति तयार पार्ने महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

मोबाइल उद्योगको विकासका लागि क्यान महासंघ र एनएमडिएबीच हातेमालोः ’ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त आवाज उठाउने

मोबाइल उद्योगको विकासका लागि क्यान महासंघ र...

वि.सं.२०८३ जेठ २० बुधवार ०६:२०

  काठमाडौँ — नेपालको सूचना प्रविधि र मोबाइल व्यवसाय क्षेत्रका...

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित जनप्रिय आधारभूत विद्यालयको भवन पुनर्निर्माण गरी हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित जनप्रिय आधारभूत विद्यालयको...

वि.सं.२०८३ जेठ १९ मंगलवार २२:५३

  सिद्धार्थ बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्पबाट...

बजेटले निजी क्षेत्रको मनोबल बढाए पनि निर्यातका मुख्य मागहरू सम्बोधन गर्न निर्यात व्यवसायी महासंघको माग

बजेटले निजी क्षेत्रको मनोबल बढाए पनि निर्यातका...

वि.सं.२०८३ जेठ १९ मंगलवार २२:२०

  नयाँ राजनीतिक स्थिरताको परिवेश, चुनावी प्रतिबद्धता र सरकारको १...

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई मेधर्म क्लिनिक्समा १५ प्रतिशत छुट दिने सम्झौता

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई मेधर्म क्लिनिक्समा...

वि.सं.२०८३ जेठ १९ मंगलवार २२:०९

    नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा...

एनआईसी एशिया बैंकको सञ्चालक समिति अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त

एनआईसी एशिया बैंकको सञ्चालक समिति अध्यक्षमा अशोककुमार...

वि.सं.२०८३ जेठ १९ मंगलवार २१:५९

  एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार...

सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपाली बजारमा सार्वजनिक

सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपाली बजारमा सार्वजनिक

वि.सं.२०८३ जेठ १९ मंगलवार १२:४९

  काठमाडौं । सीजी रिलायन्स बेभरेज प्रालिले नेपाली बजारमा नयाँ...