CG Electronics
IME Life
NIMB

विश्वमै दुर्लभ बैकाल गैरी चरा नागदहमा फेला पर्यो

NIMB
Himalayan Bank

 

 

 

काठमाडौं । विश्वमै अति दुर्लभ मानिएको हाँस प्रजातिका बैकाल गैरी चरा ललितपुरको नागदहमा फेला परेको छ । केही दिनअघि उक्त चरा नेपाल आएको हो ।

प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (आइयूसीएन)ले समेत खतरामा रहेको अर्थात रातो सूचीमा राखेको हाँस प्रजातिको बैकाल गैरी चरा नागदहमा फेला परेको हो ।

साइबेरियाको दक्षिण–पूर्वी क्षेत्रमा बस्ने गरेको बैकाल गैरी जाडो छल्न भारत हुँदै बसाई नेपाल आइपुगेको चराविज्ञ सुर्दशन कार्कीले जानकारी दिए । उनका अनुसार पूर्वी साइबेरियाको बैकाल भन्ने लेकमा यी चराहरु बस्ने भएका कारण यसको नाम बैकाल गैरी रहेको हो ।

उनले भने, ‘यसको नाम बैकाल रहनुको कारण के हो भने साइबेरियाको बैकाल लेक अर्थात ताल क्षेत्रमा मात्र पाइने गर्छ । जुन झण्डै ६ सय किलोमिटर भन्दा लामो ताल हो । क्षेत्रफल पनि धेरै ठूलो छ । ३५ हजार स्क्वाएर किलोमिटर छ । संसारकै सबैभन्दा गहिरो ताल पनि हो । ताल झण्डै १७ सय मिटर गहिराइमा छ ।’

यी चराहरु जाडो महिनामा जाडो छल्न पूर्वतिर बसाई सर्ने गरेको पनि उनले जानकारी दिए । उनले गत पुस १४ गते दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमान स्थलमा दुर्घट्नामा परी एक सय ७९ जना व्यक्तिहरुको मृत्यु भएको घट्नामा यही बैकाल चराको संलग्नता रहेको बताए । यीनिहरु बथानमा उड्ने हुँदा उक्त विमानमा छोएको पुष्टि भइसकेको कार्कीले जानकारी गराए ।

उनले भने, ‘जाडो महिनामा जाडो छल्न पूर्वतिर बसाई सर्छ । जस्तै कोरिया, साउथ कोरिया जस्ता देशमा पुग्छ । कोरियामा २०२४ डिसेम्बर २९ मा भएको विमान दुर्घट्ना एक सय ७९ जना व्यक्तिहरुको मृत्यु भयो । त्यसबेला पाइलटलाई केही मिनेट अगाडि टावरले चराको क्रियाकलाप रहेको खबर गरिसकेको थियो । यी चराहरु ठूलो बथान लिएर उड्छन् । विमान दुर्घटनाको कारण पनि यिनै चराहरुले छोएर भएको भन्ने अध्ययनले देखाएको थियो ।’

उनले बैकाल काठमाडौंमा २० वर्षमा दोस्रो पटक देखिएको भनियता पनि आफूले पहिलो पटक देखेको उनी बताउँछन् ।

‘काठमाडौंमा २० वर्षमा दोस्रो पटक देखिएको भन्ने छ । तर मैले चाँही काठमाडौंम पहिलो पटक देखेको हुँ,’ उनले भने त्यस्तै, बैकाल चरा फेला परेपछि फोटोग्राफरहरुको भीड लाग्ने गरेको र नागदह थप प्रसिद्ध भएको उनले बताए ।

हाँस प्रजातिको बैकालको बथानमा नै उड्ने विशेषता रहेको भन्दै साउथ कोरियामा १० हजारको बथान रेकर्ड भएको उनले जानकारी दिए । यसको वैज्ञानिक नाम ‘अनास फोमोसा फोरमोसा’ भएको पनि उनले जानकारी दिए ।

‘यो हाँस प्रजातिको हो । यहाँ एउटा मात्र आइपुगेको छ । तर बथान नै उड्ने गर्छन् । जस्तै साउथ कोरियामा १० हजारको बथान उडेको रेकर्ड छ,’ उनले भने ।

२०११ सम्म बैकाल कम भइसक्यो भन्ने गरेको भएतापनि अहिले पूर्वतिर केही मात्रामा देखिरहेको कार्की बताउँछन् । फेब्रुअरी ११ अर्थात माघ ३० गते उक्त चरा नागदहमा आएको थियो ।
यसको साथै नागदहमा बैकाल बाहेक अन्य चराहरु पनि जाडो छल्न बसाइ सरेर आएको उनले जानकारी दिए ।

उनले भने, ‘गएको हप्तासम्म यहाँ पाँचवटा मल्हाड अर्थात पानी हाँस थिए । त्यसलाई हरित हाँस पनि भनिन्छ । एउटा पोथी र चार वटा भाले थिए, तर आज छैनन् । यीनिहरु झण्डै महिना दिन जति बसेर गए । अहिले यहाँ फेरोजेनेश हासहरु छन् । कुट, मरुल, मोरह्यान, सिम कुखुरा भन्ने पनि छन् । यी सबै जाडो छल्न नेपाल आएका हुन् ।’

 

 

 

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:२४

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...