CG Electronics
IME Life
NIMB

इभी गाडीहरुको माग बढ्यो, नीतिगत अल्झनप्रति सरकारको ध्यान गएन्

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं। काठमाडौंको बानेश्वस्थित एभरेष्ट होटलमा गत बुधबारदेखिसुरु भएको बिवाईडी ‘हाइटेक वीक’को आइतबार समापन भएको छ ।

नेपालका लागि बिवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले पहिलो पटक हाइटेक वीक आयोजना गरेको हो । पछिल्लो समय इभी गाडीहरुको माग बढेपनि नीतिगत समस्याका कारण व्यवसायीहरुले सास्ती व्यहोर्दै आइरहेका छन् ।

बिवाइडीको ट्रेनिङ एण्ड डेप्लपमेन्टमन प्रमुख अंकित दाहालले नेपालमा इभी भेकल सम्बन्धि सरकारले प्रोत्साहन गर्ने किसिमको नीति ल्याउन नसकेको गुनासो गरे । नेपाल राष्ट्र बैंकको लोन सम्बन्धि डाउन पेमेन्डको दायरा बढाउने निर्णयले निरुत्साहित गर्ने काम गरेको पनि उनको गुनासो छ ।

उनले भने,‘नेपाल जलश्रोतमा धनी देश हो । बिजुली राम्रोसँग उत्पादन गर्न सक्यौं भने बिजुली नै बेचेर पनि देशलाई रन गर्न सक्ने खालको अवस्था छ । यस्तो अवस्थामा सरकारले गाडी आयातको करमा कस्ने काम गरेको छ । इभी सम्बन्धि केही प्रावधानहरुले व्यवसायी चिन्तित हुनुपर्ने अवस्था छ । साथै नेपाल राष्ट्र बैंकको लोन सम्बन्धि निर्णयले पनि समस्या बनाएको छ ।

जुन २० प्रतिशत डाउन पेमेन्टबाट ८० सम्म हुन्थ्यो तर डाउन पेमेन्डको दायरा बढाइदिएर प्रोत्साहन गर्नुपर्ने ठाउँमा निरुत्साहित गरेको हो कि भन्ने अनुभव भएको छ ।’
त्यस्तै उनले इभी भेकलहरुको प्रगोगमा वृद्धि भइरहेको अवस्था यसलाई अझै बढाउने खालको नीति सरकारले ल्याउनुपर्ने धारणा राखे । इभीको लागि एकदमै सहज नीति ल्याउन जरुरी रहेको उनले बताए ।

‘इभीको जुन वृद्धि भइरहेको छ, अझै बढाउने खालको नीति ल्याउनुपर्छ । व्यापारिक संस्थाहरुले मात्र पहल गरेर हुँदैन् । यसमा सरकारको ठूलो भूमिका प्रमुख हुन आउँछ । कहिलेकाहीं केही नीतिहरु सवारी साधनहरुलाई कस्ने किसिमका आउँछन् । इभीको लागि एकदमै सहज नीति ल्याउन जरुरी छ । ल्याउनुहुनेछ भन्नेमा विश्वास पनि छ ।’

सरकारबाट स्पष्ट नीति नहुँदा इभी सवारी साधनको क्षेत्रमा चुनौतीहरु देखापर्ने गरेका छन् ।
उनले भने,‘चुनौतीहरु बढ्ने भनेको सरकारी नीतिबाट नै हो । आजको दिनमा इभी गाडी आयात गर्दा यो–यो क्षेत्रमा कर लगाउने भन्ने स्पष्टता छ तर सुपर हाइब्रिड गाडीहरुका सवालमा सरकार उदार बन्न सकिरहेको छैन् ।

यसलाई कुन श्रेणीमा राख्ने भन्ने स्पष्टताहरु छैन् ।’
उनले अरु इभी कम्पनीहरुसँग प्रतिस्पर्धात्मक दृष्टिकोणले हेर्ने भन्दा पनि सहकार्य गर्दै जाने हो भने चार्जिङ स्टेसनहरुको समस्या पनि चाँडो समाधान गर्न सकिने बताए ।
उनले भने,‘चार्जिङ स्टेसनचाँही शुन्यमा छ भने इभी गाडिहरु मात्र बेचेर पनि हुँदैन् । त्यो त विकास गर्नैपर्छ ।

सबैभन्दा लामो चार्जिङ स्टेसन भएको कम्पनी हाम्रो छ, यसमा पहल नगरेका होइनौं । अरुसँग प्रतिस्पर्धा गर्ने भन्दा पनि मिलेर सँगै चार्जिङ स्टेसन निर्माणमा लाग्यौं भने यसको समस्या समाधान चाँडो हुन्छ जस्तो छ । सरकारी स्तरबाट पनि चार्जिङ स्टेसनको लागि त्यतिनै ध्यान दिनुपर्ने देखिन्छ ।’ उनले हाइटेक वीकमा नेपालमा नभएको पाँच वटा गाडिहरु प्रदर्शन गरिएको जानकारी दिए ।
उनले भने,‘हाइटेक वीकमा नेपालमा नभएको पाँच वटा गाडीहरु छन् ।

एउटा बीवाइडीको अफरोड पीकअप ट्रक सार्क, फेङचेङ बाओको बाओ ५, बीवाइडीको प्रिमियम ब्राण्ड याङवाङको यू ८, डेञ्जाको एमपीभी डी ९ र जेड ९ जीटी प्रदर्शन गरिएको छ ।’

उनका अनुसार पुरारो पेट्रोल वा डिजेल गाडीलाई एक्सचेन्ज पनि गर्न सकिने छ । नयाँको खरिद प्रक्रिया एकदमै सहज रहेको भन्दै बैंक फाइनान्सिङमा पनि कम्पनीले सहयोग गर्ने गरेको हो ।

इभी ब्याट्रीका कुरा
त्यस्तै बीवाइडीको सर्भिस इन्जिनियर आशुतोषमान प्रधानले बिवाइडीको ब्लेड ब्याट्री मात्र नेल पेनिट्रेसन टेस्ट पास गरेको ब्याट्री भएकाले यो निकै नै सुरक्षित रहेको बताए ।
उनले भन,‘बीवाइडीको ब्लेड ब्याट्री मात्र एउटा यस्तो ब्याट्र हो जसले नेल पेनिट्रेसन टेस्ट पास गरेको छ ।

बीवाइडीको ब्लेड ब्याट्री अप टु ६० डिग्रीसम्म पुग्छ ।’ साथै उनले इभी किन्दा मुख्यतया डिजाइन भन्दा पनि सुरक्षाको हिसाबले कस्तो ब्याट्री प्रयोग भएको छ हेरेर मात्र किन्नको लागि सुझाव दिए ।
उनले भने,‘इभी किन्दा मुख्य भनेको सेफ्टी हो । गाडीको डिजाइन पनि आवश्यक छ ।

मुख्य त सेफ्टीको कुरा आउछ, त्यसैले गाडी किन्दा कुन ब्याट्री प्रयोग गरिएको छ त त्यसको सेफ्टी के छ त भनेर पनि हेर्नुहोला ।’ ब्याट्री पनि अनेक प्रकारका बजारमा आएका छन् । डेन्जा डी एक लक्जरी एमपिभी हो, जसले ८२० किमी रेन्ज प्रदान गर्छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि,...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५५

  काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:०४

काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक...

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:००

  काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप बिजनेस एपीआई विस्तारमा जोड

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

  काठमाडौँ । टेलि डिजिटल सर्भिसेस प्रालि ले मेटासँगको सहकार्यमा...

चांगान अटो पोर्चुगल राष्ट्रिय फुटबल टोलीको ग्लोबल पार्टनर, रोनाल्डोको टिमसँग रणनीतिक सहकार्य

चांगान अटो पोर्चुगल राष्ट्रिय फुटबल टोलीको ग्लोबल...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:४६

  काठमाडौँ । चिनियाँ अटोमोबाइल कम्पनी चांगान अटोमोबाइल पोर्चुगल राष्ट्रिय...

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविरदेखि रक्तदानसम्मका कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता,...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३८

  काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड ले ३२औँ वार्षिकोत्सवको...