Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरशीपको सदस्यमा प्रदीप परियार नियुक्त

 

काठमाडौं । दलित लाईभ्स म्याटर ग्लोबल अलायन्सका संस्थापक तथा अध्यक्ष प्रदीप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरशीपको सदस्यमा नियुक्त भएका छन् ।

विश्व आर्थिक मञ्चको नेटवर्क अफ ग्लोबल फ्युचर काउन्सिल्स ज्ञान उत्पादन गर्ने बहुसरोकारवाला तथा अन्तरविधागत सञ्जाल हो । यसले नवीनतम विषयहरूबारे अन्तरदृष्टि तयार गर्दै विश्वव्यापी चुनौतीहरूमाथि अध्ययन र अन्वेषण गर्दछ ।
परियारको यो नियुक्तिले जात व्यवस्था, जातीय विभेद, बहिष्करण र सीमान्तीकरणविरुद्धको अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा थप सशक्त बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ । सन् २०२५ देखि २०२६ सम्म दुई वर्षे कार्यकालका लागि उनी काउन्सिल सदस्यका रूपमा सहभागी हुनेछन् ।

दलित लाईभ्स म्याटर ग्लोबल अलायन्स सामाजिक न्याय प्रवद्र्धन गर्ने अभियान हो, जसले विश्वभर न्याय, समता, समावेशीता, र दिगो विकासका लागि संघर्षरत विचार तथा प्रयाससँग सहकार्य गर्दै विश्वव्यापी प्रतिरोध निर्माण गर्ने लक्ष्य लिएको छ । यसै क्रममा परियारको नियुक्ति अभियानका लागि कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ ।

परियारले विगत २० वर्षदेखि युवा, शान्तिनिर्माण, र सामाजिक न्यायसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिनिर्माणमा योगदान पु¥याउँदै आएका छन् । उनी सन् २०२० मा विश्व आर्थिक मञ्चकै यङ्ग ग्लोबल लिडर्सबाट सम्मानित भएका थिए ।

विश्व आर्थिक मञ्चमा ३६ विभिन्न विषयगत काउन्सिल छन्, जसमा सात सयभन्दा धेरै विज्ञहरू प्राज्ञिक क्षेत्र, व्यापार, सरकार, नागरिक समाज तथा अन्तर्राष्ट्रिय संस्थाबाट प्रतिनिधित्व गर्दै आएका छन् । यी काउन्सिलहरू विश्वमा सकारात्मक परिवर्तन ल्याउने अवधारणाहरूको पहिचान र प्रसार गर्ने उद्देश्यले काम गर्छन् ।

परियारको नयाँ भूमिकाले सामाजिक न्याय र समानताका पक्षमा विश्वव्यापी अभियानलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना...

वि.सं.२०८२ असार ८ आइतवार २३:४६

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास...

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित...

वि.सं.२०८२ असार ८ आइतवार १९:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको स्ववियु वैधानिक, दुवै रिट खारेज

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको...

वि.सं.२०८२ असार ७ शनिवार २२:५४

  काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी...

शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

वि.सं.२०८२ असार ७ शनिवार २२:३८

  चितवन । भरतपुर १४ स्थित शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले...

सुनकाण्डकी फरार अभियुक्त अमला रोका टोखाबाट पक्राउ

सुनकाण्डकी फरार अभियुक्त अमला रोका टोखाबाट पक्राउ

वि.सं.२०८२ असार ७ शनिवार २०:३५

काठमाडौं । अवैध सुन भन्सार चोरी पैठारी तथा संगठित अपराधमा...