Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

कामना सेवा विकास बैंकको प्क्द्यद्यी ओलम्पिक्स २०८१ सम्पन्न 

 

कामना सेवा विकास बैंक लिमिटेडले प्क्द्यद्यी ओलम्पिक्स २०८१ सफलतापूर्वक सम्पन्न गरेको छ । कर्मचारीहरुको खेलकुदमा भएको क्षमता प्रदर्शन, आपसी सद्भाव र सहकार्यको विकास, बौद्धिक क्षमताको प्रदर्शन गर्ने उद्धेश्यले आयोजना गरिएको उक्त कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

शनिवार ब्याडमिन्टन डबल्स तथा चेस प्रतियोगिताहरु सम्पन्न भएका छन् । सात प्रदेश र केन्द्रीय कार्यालय गरि कुल आठ समुहबाट खेलहरु आयोजना गरिएको थियो । पुरुष तर्फको ब्याडमिन्टन डबल्सको फाइनल खेलमा नारायणगढ क्षेत्रका सुरेन्द्र भण्डारी र आशिष अधिकारीको जोडीले कोशी प्रदेशका उमेश घिमिरे र सुजन थपलियाको जोडीलाई हराउँदै उपाधी जितेको छ भने महिला तर्फको ब्याडमिन्टन डबल्सको फाइनल खेलमा नारायणगढ क्षेत्रका मनिषा कुमारी श्रेष्ठ र अनिषा तिवारीको जोडीले केन्द्रीय कार्यालयमा अन्सु कर्मचार्य र दीपा चौहानको जोडीलाई हराउँदै उपाधी जितेको छ ।

त्यसै गरी, पुरुष तर्फको चेस प्रतियोगितामा बुटवल क्षेत्रका प्रभाकर पाण्डेले काठमाडौं क्षेत्रका सन्जीव लामालाई हराउदैं उपाधी जित्दा महिला तर्फको चेस प्रतियोगितामा केन्द्रीय कार्यालयका निशा प्रसाईले कोशी क्षेत्रका मञ्जु खत्रीलाई हराउँदै उपाधी जितेकी छन् । विजेता तथा उपविजेता टिमलाइ बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र प्रमुख संचालन अधिकृत विकास ढुङ्गानाले बंैकको तर्फबाट ट्रफि, मेडल तथा प्रमाण पत्र हस्तान्तरण गुर्नभयो । उक्त प्रतियोगितामा लगायत विभिन्न विभागिय प्रमुख तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

पुरस्कार वितरण कार्यक्रममा वोल्दै नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहालले यस्ता कार्यक्रमहरुको कर्मचारीको शारिरिक तथा बौद्धीक क्षमता अभिवृद्धी हुनुका साथै कर्मचारीहरु बिचको आपसी सम्वन्ध समेत सुमधुर हुदै जाने विश्वास व्यक्त गर्नुभयो । बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सवमा अन्तर बैंक तथा वित्तीय संस्था स्तरिय फुटसल कप समेत आयोजना गर्दै आएको छ ।

मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

वि.सं.२०८२ असार २९ आइतवार १२:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको आगामी आर्थिक...

बुटवलको अपार सफलतापछि काठमाडौंमा पनि खुल्यो करेन्ट पोइन्ट : राजधानीका करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्जा लिन पाउने

बुटवलको अपार सफलतापछि काठमाडौंमा पनि खुल्यो करेन्ट...

वि.सं.२०८२ असार २९ आइतवार ११:३०

काठमाडौं । नेपाली बजारमा हट एण्ड स्पाइसि नुडल्स सेग्मेन्टमा आफ्नो...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो...

वि.सं.२०८२ असार २९ आइतवार ०९:४५

काठमाडौं । ४३९ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत आयोजनाले निर्माण...

विकास हाइड्रोपावरको आईपीओ आज बिहान ९ बजे बाँडफाँट हुँदै, २ लाख ९४ हजार आवेदक भाग्यमानी बन्ने

विकास हाइड्रोपावरको आईपीओ आज बिहान ९ बजे...

वि.सं.२०८२ असार २९ आइतवार ०९:३८

  काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले (असार २९) आईतबार...

जोशी हाईड्रोपावरको हकप्रद शेयर साउन १५ देखि निष्कासन, आवेदन भदौ ४ सम्म खुला

जोशी हाईड्रोपावरको हकप्रद शेयर साउन १५ देखि...

वि.सं.२०८२ असार २९ आइतवार ०९:३२

काठमाडौ । जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद शेयर आगामी साउन १५...

आजदेखि बुङ्गल हाइड्रोपावरको आईपीओ खुला, स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन

आजदेखि बुङ्गल हाइड्रोपावरको आईपीओ खुला, स्थानीय बासिन्दा...

वि.सं.२०८२ असार २९ आइतवार ०८:५४

  काठमाडौं । बुङ्गल हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा...