महालक्ष्मी विकास बैंकले वातावरण र संस्कृति संरक्षणका लागि वाकाथन आयोजना

Monday Mar 03, 2025
वि.सं.२०८१ फागुन १९ सोमवार ०८:५२

बुढानिलकण्ठ। महालक्ष्मी विकास बैंकले वातावरणीय उत्तरदायित्व, सांस्कृतिक सम्पदा संरक्षण र दिगो बैंकिङको महत्वलाई प्रवर्द्धन गर्न मिति २०८१ फागुन १५—१६ गते बुढानिलकण्ठ नगरपालिका वडा नं. १ तथा बुढानिलकण्ठ मन्दिर क्षेत्रमा वाकाथन (वाक) आयोजना गरेको छ।
बैंकका उच्च अधिकारी, कर्मचारी र सरोकारवालाहरूको सक्रिय सहभागितामा सम्पन्न यस कार्यक्रमले वातावरणीय संरक्षण, सांस्कृतिक सम्पदाको सुरक्षा र दिगो बैंकिङको आवश्यकतालाई प्राथमिकतामा राखेको थियो। यस अवसरमा, बैंकिङ क्षेत्रले दिगो वित्तीय अभ्यासहरू अपनाउनुपर्ने सन्देश प्रवाह गरिएको थियो।
वाकाथनका सहभागीहरूले ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले संवेदनशील मार्गहरू हुँदै यात्रा गरे। कार्यक्रममा हरित बैंकिङ र दिगो वित्तीय रणनीतिको आवश्यकतामाथि विशेष जोड दिइएको थियो।
महालक्ष्मी विकास बैंकले १०३ शाखाहरू मार्फत ८ लाखभन्दा बढी ग्राहकहरूलाई विश्वसनीय सेवा प्रदान गरिरहेको छ। बैंकले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू मार्फत वातावरणीय र सांस्कृतिक संरक्षणमा योगदान पुर्याउने प्रतिबद्धता जाहेर गरेको छ।
यस कार्यक्रमले बैंकिङ क्षेत्रमा दिगो विकास र सामाजिक उत्तरदायित्वको महत्वलाई उजागर गरेको छ।