CG Electronics
IME Life
NIMB

नयाँ फोटोन शोरूम र माउन्टेन ईभीको सुरुवातका साथ आफ्नो उपस्थिति विस्तार गर्दै एमएडब्लू वृद्धि

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

चितवन, नेपाल -मार्च ३, २०२५ – एमएडब्लू वृद्धि कमर्सियलले चितवनमा आफ्नो नयाँ, विश्वस्तरीय फोटोन शोरूमको शुभारम्भ गरेको छ। यसलाई कम्पनीको विश्वस्तरीय व्यावसायिक सवारी साधन र सेवाहरूतर्फ अगाडि बढ्ने एक प्रमुख कदमका रुपमा हेरिएको छ। यस कदमले यस क्षेत्रमा “गुणस्तरीय, कुशल र भरपर्दो गतिशीलता समाधान” को बढ्दो मागलाई पूरा गर्नेछ।

नयाँ शोरूम कुनै पनि व्यवसायका आवश्यकतालाई पूरा गर्न सक्ने फोटोनका उच्चस्तरीय व्यावसायिक ट्रकहरूको विस्तृत दयाराले सुसज्जित छ। नवप्रवर्तन र प्रदर्शनका लागि निर्मित यस शोरुमले नेपालको व्यावसायिक सवारी साधनको क्षेत्रमा उन्नत प्रविधि, स्थायित्व र यातायात अर्थतन्त्रलाई मद्दत गर्दछ। शोरूमको स्थापना रणनीतिक रुपमा चितवन र आसपासका क्षेत्रका ग्राहकहरूको पहुँच र गुणस्तरीय सेवालाई ध्यानमा राखेर गरिएको हो। यस सुविधाले ग्राहकको समग्र यात्रा अनुभवको लागि विशेष परामर्श, आफ्टर सेल्स सर्भिस र मर्मतसम्भारका सेवाहरू प्रदान गर्दै फोटोनका नविनतम सवारी साधनहरू समेत प्रदर्शनमा राख्नेछ।

नेपालका लागि फोटोन मोटरको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकलले नेपालमा यातायातको क्षेत्रमा वास्तविक गेम चेन्जरको रूपमा आफ्नो विद्युतीय सवारी साधन फोटोन माउन्टेन ईभी भ्यान औपचारिक रूपमा सुरु गरेको छ। आरामदायी हेडस्पेसको सुविधा दिने हेतुले माउन्टेन ईभी भ्यानलाई अग्लो छत सहितको फराकिलो भित्री भागमा १४ देखि १६ जना यात्रुहरू बस्न मिल्ने गरी कन्फिगर गरिएको छ। ५०.२३ किलोवाट प्रति घण्टाको ब्याट्रीले एक पटक चार्ज गर्दा २३५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ जसले यसलाई नेपालको कठिन भूभागको लागि उपयुक्त बनाउँछ।

यस कार्यक्रममा सरोकारवाला, ग्राहक र प्रतिष्ठित व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो जसले एमएडब्ल्यू वृद्धि कमर्सियलको उत्कृष्ट ग्राहक सन्तुष्टिप्रतिको गम्भीरता प्रकट गर्दछ। व्यवसायहरूको लागि राम्रो यातायात सिर्जना गरेर आर्थिक उन्नतिलाई प्रवर्द्धन गर्ने कम्पनीको प्रयास अनुरुप यस शोरुमको उद्घाटन गरिएको हो।

यो विस्तार सँगै नेपालको व्यावसायिक सवारी साधन बजारमा एमएडब्ल्यू वृद्धि कमर्सियलले आफ्नो जरा अझै मजबुत बनाएको छ। देशभर व्यवसाय र उद्योगहरू निर्माण र विकास गर्न गुणस्तरीय सवारी साधन र उत्कृष्ट सेवा प्रदान गरेर उनीहरूले यसलाई पुष्टि गरेका छन्।

एमडी विवेक सिकरियाका अनुसार कम्पनी दिगो गतिशीलताप्रति सधैं प्रतिबद्ध छ। एमएडब्लू वृद्धि कमर्सियलका सीईओ तुषार गुप्ता भन्छन्, अन्तर्राष्ट्रिय स्तरमा समेत बलियो सफलता हासिल गरिसकेको व्यावसायिक ईभीको अग्रणी ब्राण्ड फोटोनले नेपालमा हरित यातायातको व्यापकतालाई सक्षम बनाउने छ।

माउन्टेन ईभीको उद्घाटन र चितवनमा एमएडब्लू वृद्धिको नयाँ शोरूमको एकसाथ सुरुवात नेपालमा दिगो गतिशीलताको विस्तारतर्फको एक महत्त्वपूर्ण कदम हो। यो कोसेढुङ्गाले ब्रान्डको उपस्थिति बढाउँदै यस क्षेत्रका टाढा-टाढाका ग्राहकहरूका लागि नवीन ईभी समाधानहरू प्राप्त गर्न सहज बनाउने छ। यसरी एमएडब्लू वृद्धिले नेपाललाई हरियाली अटोमोटिभ भविष्यतर्फ डोऱ्याउँदै छ।

एमएडब्लू वृद्धि कमर्सियलको बारेमा

उत्कृष्ट गतिशीलता समाधानहरू विकास गर्न र उपलब्ध गराउन प्रतिबद्ध एमएडब्लू वृद्धि कमर्सियल नेपालको एक व्यावसायिक सवारी साधन आपूर्तिकर्ता कम्पनी हो। फोटोन सवारी साधनहरूको अधिकृत वितरक समेत रहेको यस कम्पनी ग्राहक सन्तुष्टि पूरा गर्दै आफ्नो विश्वसनीयता र प्रदर्शनमा गर्व गर्दछ। देशभरका शोरूम र सेवा केन्द्रहरूको बढ्दो सञ्जाल मार्फत् कम्पनीले व्यावसायिक उद्यमहरूलाई उच्च गुणस्तरका सवारी साधन र विश्वस्तरीय आफ्टर सेल्स सर्भिस प्रदान गर्दछ।

 

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...