Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

” बीआरआई ” बाट फाइदा लिन चीनको आग्रह , परनिर्भरता हटाउन ऋण भएपनि लिनुपर्ने सुजता कोइरालाको जवाफ

Machhapuchchhre Bank Limited

 

चीन भ्रमणमा रहेको नेपाली काँगेसको प्रतिनिधिमन्डलसंग चीनले ” बीआरआई” परियोजना अनुदान नभएको स्पष्ट पारेको छ ।
चीनको बेइजिङमा चिनियाँ कुटनीतिज्ञ सरला र रेनमिन विश्वविद्यालयका प्राध्यापक डा. सिलुसहितले बीआरआई अनुदान नभई व्यवहारिक सहयोग भएको स्पष्ट पारे ।

उनीहरूले सहुलियत ब्याज दरमा नेपालले बिबिध क्षेत्रमा ऋण लिएर आफ्नो देशको विकास गर्न सक्ने धारणा राखे । यसका लागि केही शर्तहरु चीन सरकारका रहने र त्यसबारे सम्झौताको चरणमा खुलस्त पारिने पनि उनीहरूले स्पष्ट पारे ।

चिनियाँ प्रतिनिधिमन्डललाई जवाफ दिंदै पूर्व उपप्रधानमन्त्री एवम काँग्रेस नेतृ सुजता कोइरालाले नेपाल अनुदान नभई ऋण लिन इच्छुक रहेको धारणा राखिन् ।

देशको आत्मसम्मान, स्वाभिमान, राष्ट्रिय स्वाधीनता, देशको विकास र समृद्धि तथा दुई देशबीचको परस्पर सम्बन्धका लागि पनि ऋण उपयुक्त हुने उनको भनाइ थियो ।

बीआरआई कार्यान्वयनमा लैजाँदा नेपालको पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, कला, संस्कृतिसहित चौतर्फी विकासमा मद्वत पुग्नुकासाथै नेपाली कामदारका लागि चीनमा रोजगारी समेत सृजना हुने कोइरालाको भनाइ छ । चिनियाँ कामदारले पनि नेपालमा व्यवसाय र रोजगारीको अवसर पाउने उनी बताउँछिन् ।

बीआरआई पूर्णतः अनुदानमा खोज्नु भनेको नेपालको विकास गर्न नचाहनु र बीआरआई नेपालमा असफल पार्ने मनशाय भएको उनको भनाइ छ ।

नेता बर्मा लामाले भने बीआरआईमा अझै स्पष्ट हुनुपर्ने भएकाले नेपाली जनताले बुझाउन चिनियाँ पक्षलाई आग्रह गरे ।

अन्तक्रिर्यामा काँग्रेस नेतृ किरण यादव, बर्मा लामा, देवराज चालिसे, उज्वल बराल लगायत सहभागी थिए ।

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध अख्तियारमा उजुरी

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:०७

  काठमाडौं । नेपाल सरकार उर्जा मन्त्रालयले उद्योगीहरुको पक्ष लिई...

बाथरोग र डाक्टरको सल्लाह

बाथरोग र डाक्टरको सल्लाह

वि.सं.२०८१ चैत १३ बुधवार २३:०५

काठमाडौं । बाथरोग एक दीर्घ रोग हो र यो कयौं...

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा...

वि.सं.२०८१ चैत १३ बुधवार २२:१४

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद...

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो, दिनभर के के भयो ?

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो,...

वि.सं.२०८१ चैत १३ बुधवार २०:२६

इटहरी । कोशी प्रदेशको प्रमुख मध्येको एक व्यापारिक केन्द्र इटहरीको...

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख आधार र कारणहरू

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:२६

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक...

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक शिक्षाबाट हजारौंलाई रोजगारी दिने लक्ष्य

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:१०

  काठमाडौं, चैत १३ – काठमाडौं टेक्निकल स्कुल (केटीएस) को...