Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

भूमि समस्या समाधानमा स्थानीय तहको पहिलो जिम्मेवारी : हरिप्रसाद रिजाल

 

रामेछाप । भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले भूमि समस्या सावधानका लागि सबै भन्दा बढी स्थानीय सरकार जिम्मेवार हुनु पर्ने बताएका छन् ।
भूमि समस्या सावधान आयोग रामेछापले आइतवार मन्थलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष रिजालले स्थानीय सरकारको सक्रियता विना भूमिहीनको समस्या सावधान गर्न नसकिने बताए । यसको लागि सबैभन्दा बढी स्थानीय सरकारले अपनत्व लिनु पर्नेमा उनले जोड दिए ।

रिजालले भूमि समस्या समाधानका लागि समस्याको पहिचान, सिफारिस, जमिनको नाप जाँच लगायतका काममा स्थानीय सरकारकै प्रमुख भूमिका हुने उनले बताए । यसमा भूमि आयोगले सहजीकरणको काम मात्र गर्ने उनले स्पष्ट पारे । भूमि सम्बन्धी कामहरू कुनै पनि खालका विवाद नआउने गरी गर्न उनले स्थानीय तहलाई अनुरोध गरे ।

कार्यक्रममा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले भूमिहीन समस्या समाधानका लागि तीनवटै तहका सरकारले सहकार्य गरेर काम गर्नुपर्ने बताए । राज्यलाई कम भार पर्ने गरी स्थानीय स्तरको स्रोत र साधनको प्रयोग गरेर काम गर्नु पर्ने उनको सुझाव छ ।

भूमि समस्या सावधान आयोग रामेछापका अध्यक्ष गौतम लामाको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रामेछाप जिल्लाका ८ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख¸ राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा विज्ञ सदस्य जगत् बस्नेतले भूमि समस्या समाधान आयोगले गर्ने कामका बारेमा जानकारी गराएका थिए ।

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेललेले अर्थतन्त्र क्रमिक...

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या उच्च, अर्थतन्त्रले लाभ लिनसक्ने

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३५

काठमाडौं । देशको जनसांख्यिक चुनौती सम्बोधन गर्ने उद्देश्यका साथ स्वास्थ्य...

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब २५ अर्ब

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब...

वि.सं.२०८२ असार २७ शुक्रवार १५:०६

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको...

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

वि.सं.२०८२ असार २७ शुक्रवार १३:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले आर्थिक वर्ष...

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका आश्रितलाई  ११ लाख ४४ हजार आर्थिक सहयोग

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:१७

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लम्की शाखाले...

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका छौं : अर्थमन्त्री पौडेल

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:०४

काठमाडौं । अर्थमन्त्री विष्णुु पौडेलले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी...