CG Electronics
IME Life
NIMB

विमा रकम प्राप्त गर्ने मनसायले आफ्नै पसलमा आगो लगाउने व्यक्ति पक्राउ

NIMB
Himalayan Bank

 

कास्की । पोखरा महानगरपालिका वडा नं. ८ न्यूरोड स्थित आफ्नै पसलमा आगो लगाउने एक जना व्यक्ति पक्राउ परेका छन् ।

न्यूरोड स्थित शर्मा आईटी हबमा यही फागुन १६ गते आगलागी भएको थियो । आगलागी हुदा जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली खटिई तत्काल दमकलको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको थियो ।
त्यस घटना पश्चात पसल धनि रमेश शर्मा लोहारले ९४ लाख क्षेति भएको भनी गत १७ गते वडा प्रहरी कार्यालय वैदाममा निवेदन दिएका थिए ।

घटनाको वारेमा अध्ययन गर्दा शिखर ईन्स्योरेन्स कम्पनीमा एक करोड बराबरको विमा गरेको पाइएपछि घटना शंकास्पद लागेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए । उनका अनुसार कामदार बिदामा रहेको अवस्थामा गत माघ महिनामा ईन्सुरेन्स गराएको रकम दावी गरी रकम लिने दुषित मनसायको साथ आफ्नै पसलमा शर्माले आगोलागी गरेका पाइएको बताए ।

उनलाई पक्राउ गरी आपराधिक प्रवेश तथा आपराधिक उपद्रब सम्बन्धी कसूरमा सम्मानित कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरी उपरीक्षक ओलियाले जानकारी दिए ।

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा आबद्ध: नेपाली बालमस्तिष्कलाई विश्व मानचित्रमा चिनाउने प्रयास

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५७

काठमाडौं। नेपालको डिजिटल रूपान्तरणको यात्रामा नयाँ पुस्ताका उदीयमान प्रतिभाहरूले नेतृत्व...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई नेपालमा नाइमा मोबिलिटी प्रदर्शनी–२०२६ मार्फत सार्वजनिक गरिने

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:४७

    चेरी क्यूले प्रतिष्ठित २०२५ रेड डट डिजाइन अवार्ड...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम,...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:३१

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — सिटिजन्स बैंक...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:२२

पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:१७

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — महालक्ष्मी विकास...