Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

जगदम्बा मोटर्सले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक

Machhapuchchhre Bank Limited

 

काठमाडौं। स्कुटर राइडिंगको अनुभवलाई नयाँ परिभाषा दिने उद्देश्यले जगदम्बा मोटर्स प्रा. लि.ले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक गरेको छ। यो स्कुटर नेपालकै पहिलो १० पीएस भन्दा माथिको पावर भएको १२५ सीसी स्कुटर हो, जसले पावर, स्टाइल र आधुनिक प्रविधिको रोमाञ्चक संयोजन प्रस्तुत गरेको छ।

एनटर्क रेस एक्सपी ब्ल्याकले स्कुटर पारखीहरूका लागि डुअल राइड मोड, भ्वाइस असिस्ट प्रविधि र रेस इन्स्पायर्ड डिजाइन जस्ता विशेषताहरू प्रदान गरेको छ। यो स्कुटर सामान्यताको सिमा भन्दा पर जान चाहने राइडरहरूका लागि डिजाइन गरिएको हो। यसमा स्ट्रीट मोड र रेस मोड गरी दुई राइडिङ मोडहरू उपलब्ध छन्। स्ट्रीट मोडमा यात्रुहरूले सहरको सहज र किफायती यात्रा अनुभव गर्न सक्छन् भने रेस मोडमा ० देखि ६० किलोमिटर प्रति घण्टाको गति मात्र ८.३ सेकेन्डमा प्राप्त गर्न सकिन्छ। यसले ९८ किलोमिटर प्रति घण्टाको अधिकतम गति दिन्छ।

यस स्कुटरले नेपालमै पहिलो पटक भ्वाइस असिस्ट टेक्नोलोजी ल्याएको छ। यो प्रविधिका माध्यमबाट २० भन्दा बढी भ्वाइस कमान्डहरू मार्फत स्मार्ट कनेक्ट एपको सहज इन्टरेक्शन प्रदान गर्ने छ। यसले राइड मोड स्विच गर्न, नेभिगेसन चेक गर्न र कलहरू व्यवस्थापन गर्न जस्ता सुविधाहरू प्रदान गर्दछ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताका अनुसार, “यो स्कुटर केवल प्रदर्शन मात्र होइन, यसको डिजाइनले पनि मन लोभ्याउने छ। रेस इन्स्पायर्ड म्याट ब्ल्याक फिनिश, रातो पांग्रा र एयरोडायनामिक ग्राफिक्सले यसमा थपिएको आक्रमकता र सौन्दर्यको प्रमाण हो।”

जगदम्बा मोटर्सले नेपालका सडकहरूमा अत्याधुनिक नवीनता ल्याउने क्रमलाई निरन्तरता दिँदै उच्च–प्रदर्शनयुक्त दुईपांग्रे सवारीहरूमार्फत सहरी गतिशीलताको परिभाषा बदल्न चाहेको छ।

जगदम्बा मोटर्स प्रा. लि. नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो। देशभर १५० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन सफल भएको छ।

 

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन कार अफ द इयर” अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:३३

  काठमाडौं । बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड...

रोयल इन्फिल्ड मिटिओर ३५० को तीन नयाँ भेरियन्ट नेपाली बजारमा सार्वजनिक, मूल्य रू ५.५० लाखदेखि सुरु

रोयल इन्फिल्ड मिटिओर ३५० को तीन नयाँ...

वि.सं.२०८२ वैशाख ४ बिहीवार २१:३१

  काठमाडौं । नेपाली मोटरसाइकल बजारमा प्रख्यात ब्रान्ड रोयल इन्फिल्ड...

बीवाईडी ईभीमा साइमेक्सले ल्यायो अटोमोबाइल उद्योगकै अग्रणी एक्सटेन्डेड वारेन्टी

बीवाईडी ईभीमा साइमेक्सले ल्यायो अटोमोबाइल उद्योगकै अग्रणी...

वि.सं.२०८२ वैशाख ३ बुधवार २१:५५

  काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक...

एनएआईएमएद्वारा नेपालको सबैभन्दा ठूलो मोबिलिटी शोको घोषणा

एनएआईएमएद्वारा नेपालको सबैभन्दा ठूलो मोबिलिटी शोको घोषणा

वि.सं.२०८२ वैशाख ३ बुधवार १९:४०

  काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यान्युफ्याक्चरर्स एसोसिएसनले नेपालको...

दिपलको नयाँ सोरुम चितवनमा: टेस्ट ड्राइभ, एक्सचेन्ज अफर र उपहारसहित इभी अनुभवको नयाँ सुरुआत

दिपलको नयाँ सोरुम चितवनमा: टेस्ट ड्राइभ, एक्सचेन्ज...

वि.सं.२०८१ चैत २९ शुक्रवार ११:५६

  चितवन । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले...

‘स्काईवेल ड्राइभ २०२५’ : एसयुभी किन्ने जोडीलाई युरोप घुम्ने अवसर

‘स्काईवेल ड्राइभ २०२५’ : एसयुभी किन्ने जोडीलाई...

वि.सं.२०८१ चैत २९ शुक्रवार ११:४१

काठमाडौं । स्काईवेल एसयुभी किन्ने ग्राहकले युरोप भ्रमण गर्ने अवसर...