CG Electronics
IME Life
NIMB

जगदम्बा मोटर्सले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौं। स्कुटर राइडिंगको अनुभवलाई नयाँ परिभाषा दिने उद्देश्यले जगदम्बा मोटर्स प्रा. लि.ले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक गरेको छ। यो स्कुटर नेपालकै पहिलो १० पीएस भन्दा माथिको पावर भएको १२५ सीसी स्कुटर हो, जसले पावर, स्टाइल र आधुनिक प्रविधिको रोमाञ्चक संयोजन प्रस्तुत गरेको छ।

एनटर्क रेस एक्सपी ब्ल्याकले स्कुटर पारखीहरूका लागि डुअल राइड मोड, भ्वाइस असिस्ट प्रविधि र रेस इन्स्पायर्ड डिजाइन जस्ता विशेषताहरू प्रदान गरेको छ। यो स्कुटर सामान्यताको सिमा भन्दा पर जान चाहने राइडरहरूका लागि डिजाइन गरिएको हो। यसमा स्ट्रीट मोड र रेस मोड गरी दुई राइडिङ मोडहरू उपलब्ध छन्। स्ट्रीट मोडमा यात्रुहरूले सहरको सहज र किफायती यात्रा अनुभव गर्न सक्छन् भने रेस मोडमा ० देखि ६० किलोमिटर प्रति घण्टाको गति मात्र ८.३ सेकेन्डमा प्राप्त गर्न सकिन्छ। यसले ९८ किलोमिटर प्रति घण्टाको अधिकतम गति दिन्छ।

यस स्कुटरले नेपालमै पहिलो पटक भ्वाइस असिस्ट टेक्नोलोजी ल्याएको छ। यो प्रविधिका माध्यमबाट २० भन्दा बढी भ्वाइस कमान्डहरू मार्फत स्मार्ट कनेक्ट एपको सहज इन्टरेक्शन प्रदान गर्ने छ। यसले राइड मोड स्विच गर्न, नेभिगेसन चेक गर्न र कलहरू व्यवस्थापन गर्न जस्ता सुविधाहरू प्रदान गर्दछ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताका अनुसार, “यो स्कुटर केवल प्रदर्शन मात्र होइन, यसको डिजाइनले पनि मन लोभ्याउने छ। रेस इन्स्पायर्ड म्याट ब्ल्याक फिनिश, रातो पांग्रा र एयरोडायनामिक ग्राफिक्सले यसमा थपिएको आक्रमकता र सौन्दर्यको प्रमाण हो।”

जगदम्बा मोटर्सले नेपालका सडकहरूमा अत्याधुनिक नवीनता ल्याउने क्रमलाई निरन्तरता दिँदै उच्च–प्रदर्शनयुक्त दुईपांग्रे सवारीहरूमार्फत सहरी गतिशीलताको परिभाषा बदल्न चाहेको छ।

जगदम्बा मोटर्स प्रा. लि. नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो। देशभर १५० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन सफल भएको छ।

 

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो क्यु–०५ अब नेपाली बजारमा

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो...

वि.सं.२०८३ साउन १० आइतवार २१:४१

  काठमाडौं । चिनियाँ विद्युतीय सवारी बजारमा छोटो समयमै उल्लेखनीय...

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज दिने ‘यू९’ पिकअप सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज...

वि.सं.२०८३ साउन १० आइतवार २१:३१

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला...

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा...

वि.सं.२०८३ साउन १० आइतवार २१:०३

  काठमाडौं, साउन १०, २०८३। विद्युतीय दुईपांग्रे सवारीसाधन निर्माता विदा...

२३ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौ १८ गते, मुख्य प्रायोजकमा गोल्छा ग्रुप

२३ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौ...

वि.सं.२०८३ साउन ९ शनिवार १७:१४

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष...

म्याक्ससको नयाँ इलेक्ट्रिक पिकअप ‘ई–टेरोन ९ कम्फर्ट’ नेपालमा, पहिलो ५० ग्राहकलाई ८८ लाखमै

म्याक्ससको नयाँ इलेक्ट्रिक पिकअप ‘ई–टेरोन ९ कम्फर्ट’...

वि.सं.२०८३ साउन ८ शुक्रवार ०७:५६

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्स प्रालिले नेपाली...