CG Electronics
IME Life
NIMB

लगानी व्यवस्थापनलाई मजबुत बनाउन बीमा कम्पनीहरूलाई नयाँ निर्देशन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा, निर्जीवन बीमा र पुनर्बीमा व्यवसाय गर्ने सबै बीमा कम्पनीहरूलाई ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न निर्देशन दिएको छ । यसका साथै लघुबीमा कम्पनीहरूलाई पनि लगानी व्यवस्थापन कार्यका लागि जिम्मेवार कर्मचारी नियुक्त गरी सूचना दिन आग्रह गरिएको छ ।

प्राधिकरणले जारी गरेको निर्देशन अनुसार, बीमा कम्पनीहरूले लगानी सम्बन्धी कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीको मातहतमा ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्नुपर्नेछ । यस सम्बन्धमा सबै बीमा कम्पनीहरूले सात दिनभित्र प्राधिकरणलाई जानकारी दिनुपर्नेछ ।

लघुबीमा कम्पनीहरूले पनि लगानी व्यवस्थापन कार्यका लागि सम्बन्धित कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीलाई जिम्मेवारी दिई सात दिनभित्र प्राधिकरणलाई सूचित गर्नुपर्नेछ ।

साथै, यसअघि नै लगानी सम्बन्धी व्यवस्था लागू गरिसकेका बीमा कम्पनीहरूले पनि सात दिनभित्र प्राधिकरणलाई यसको जानकारी दिनुपर्ने प्राधिकरणले जनाएको छ ।

यो निर्णय बीमा क्षेत्रमा लगानी व्यवस्थापनलाई अझ पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले लिइएको प्राधिकरणले जनाएको छ । बीमा कम्पनीहरूले यस निर्देशनको पालना नगरेमा प्राधिकरणले आवश्यक कारबाही गर्ने बताएको छ ।

 

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...