Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

नेपाल बैंक लिमिटेडको ६५ औं वार्षिक साधारण सभा सम्पन्न

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

काठमाडौं । नेपाल बैंक लिमिटेडको ६५औं वार्षिक साधारण सभा आज (२०८१ चैत्र ६, बुधबार) काठमाडौंस्थित नेपाल ए.पि.एफ. क्लब, हलचोकमा सम्पन्न भयो। सञ्चालक समितिका अध्यक्ष श्री थानप्रसाद पंज्ञानीज्यूको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र २०८१ आषाढ मसान्तसम्मको वित्तीय विवरणहरू पारित गर्यो।

साथै, सभाले महालेखापरीक्षकको कार्यालयको परामर्श अनुसार आर्थिक वर्ष २०८१/८२ को लागि तीन जना चार्टर्ड एकाउन्टेन्टहरू – श्री प्रदिप कुमार श्रेष्ठ, श्री मधुविर पाण्डे र श्री सृष्टि कोइरालालाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्यो।

यसै सभामा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक निर्वाचन गर्ने कार्यतालिका राखिएको थियो। तर, सम्मानित उच्च अदालत, पाटनले २०८१ चैत्र ५ गतेको अल्पकालिन अन्तरिम आदेश जारी गरी यस कार्यक्रमलाई रोक लगाएको छ।

सभामा बैंकको वित्तीय प्रगति, लेखापरीक्षण प्रक्रिया र भविष्यका योजनाहरूबारे छलफल गरिएको थियो। बैंकले आगामी वर्षमा पनि आफ्नो सेवा विस्तार र ग्राहक सन्तुष्टिमा ध्यान केन्द्रित गर्ने योजना बनाएको छ।

 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

वि.सं.२०८२ मंसिर १ सोमवार २३:२२

  काठमाडौं । बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमा उत्कृष्ट...

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति विवादमा

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:३९

  काठमाडौं — कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघकी अध्यक्ष...

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

आइएमई खल्ती लिमिटेडको नयाँ सिइओमा प्रविण रेग्मी नियुक्त

आइएमई खल्ती लिमिटेडको नयाँ सिइओमा प्रविण रेग्मी...

वि.सं.२०८२ मंसिर १ सोमवार २१:३७

  १ मंसिर, काठमाडौं — आइएमई डिजिटल सोलुसन लिमिटेड र...

एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपाल प्रिमियर लिग (NPL) को आधिकारिक ल्युब्रिकेन्ट पार्टनर घोषणा

एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपाल प्रिमियर...

वि.सं.२०८२ मंसिर १ सोमवार २१:२८

  काठमाडौं, नेपाल — एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपालको...

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा...

वि.सं.२०८२ मंसिर १ सोमवार २१:११

  काठमाडौँ। रेमिटेन्स तथा मनि ट्रान्सफर व्यवसाय सञ्चालन गर्ने कम्पनीहरू...