CG Electronics
IME Life
NIMB

सिद्धार्थ बैंकले तादी घ्याङफेदी जलविद्युत आयोजनामा १ अर्ब २३ करोड रुपैयाँ कर्जा लगानी गर्ने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । एबीपी इनर्जी प्रालि र सिद्धार्थ बैंक लिमिटेडबीच ८ मेगावाट क्षमताको तादी घ्याङफेदी जलविद्युत आयोजना निर्माणका लागि कर्जा लगानी गर्ने सम्झौता भएको छ। बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा एबीपी इनर्जीका अध्यक्ष पूर्णलाल श्रेष्ठ र सिद्धार्थ बैंकका क्रेडिट हेड अमित श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे।

यस आयोजनाको कूल लागत १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ। कुल लागतको ७५ प्रतिशत (१ अर्ब २३ करोड रुपैयाँ) सिद्धार्थ बैंकले दीर्घकालीन ऋणको रूपमा उपलब्ध गराउनेछ भने बाँकी २५ प्रतिशत (४१ करोड रुपैयाँ) स्वपुँजीबाट व्यवस्थापन गरिनेछ।

नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा अवस्थित यो आयोजना १८ महिनाभित्र पूरा गर्ने लक्ष्य राखिएको छ। आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन २०८४ बैशाख ३१ गतेदेखि शुरू हुनेछ। यसले वार्षिक ४ करोड ८७ लाख युनिट विद्युत उत्पादन गरी २९ करोड रुपैयाँ आम्दानी गर्ने अपेक्षा छ।

आयोजनाको निर्माण एबीपी इनर्जीले गरिरहेको छ भने यसका सञ्चालकमा इप्पानका महासचिव बलराम खतिवडा, सूचना प्रविधि क्षेत्रका असगर अली लगायत रहेका छन्। खतिवडाका अनुसार, आयोजनाले हाइड्रो टुरिजमबाट पनि आम्दानी गर्ने लक्ष्य राखेको छ। गोसाइंकुण्ड जाने ट्रेकिङ रुटमा रहेको आयोजनाले बनाएका क्याम्प हाउसलाई होमस्टेमा परिणत गरी पर्यटकलाई हस्पिटालिटी सुविधा दिने योजना छ।

आयोजनाको डिजाइन डिस्चार्ज २.२ क्यूसेक रहेको छ भने ३ हजार ९०० मिटर पाइपलाइन र ४४६ मिटर हेड रहेको छ। यसले सुख्खायाममा १५.९७ गिगावाट आवर र वर्षामा ३२.७७ गिगावाट आवर ऊर्जा उत्पादन गर्नेछ।

आयोजनाको लागि विद्युत विकास विभागबाट २०७८ असार ३१ मा उत्पादन अनुमतिपत्र प्राप्त भएको थियो भने २०७८ भदौ २७ मा विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको थियो।

 

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...