Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

सिद्धार्थ बैंकले तादी घ्याङफेदी जलविद्युत आयोजनामा १ अर्ब २३ करोड रुपैयाँ कर्जा लगानी गर्ने

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

काठमाडौं । एबीपी इनर्जी प्रालि र सिद्धार्थ बैंक लिमिटेडबीच ८ मेगावाट क्षमताको तादी घ्याङफेदी जलविद्युत आयोजना निर्माणका लागि कर्जा लगानी गर्ने सम्झौता भएको छ। बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा एबीपी इनर्जीका अध्यक्ष पूर्णलाल श्रेष्ठ र सिद्धार्थ बैंकका क्रेडिट हेड अमित श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे।

यस आयोजनाको कूल लागत १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ। कुल लागतको ७५ प्रतिशत (१ अर्ब २३ करोड रुपैयाँ) सिद्धार्थ बैंकले दीर्घकालीन ऋणको रूपमा उपलब्ध गराउनेछ भने बाँकी २५ प्रतिशत (४१ करोड रुपैयाँ) स्वपुँजीबाट व्यवस्थापन गरिनेछ।

नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा अवस्थित यो आयोजना १८ महिनाभित्र पूरा गर्ने लक्ष्य राखिएको छ। आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन २०८४ बैशाख ३१ गतेदेखि शुरू हुनेछ। यसले वार्षिक ४ करोड ८७ लाख युनिट विद्युत उत्पादन गरी २९ करोड रुपैयाँ आम्दानी गर्ने अपेक्षा छ।

आयोजनाको निर्माण एबीपी इनर्जीले गरिरहेको छ भने यसका सञ्चालकमा इप्पानका महासचिव बलराम खतिवडा, सूचना प्रविधि क्षेत्रका असगर अली लगायत रहेका छन्। खतिवडाका अनुसार, आयोजनाले हाइड्रो टुरिजमबाट पनि आम्दानी गर्ने लक्ष्य राखेको छ। गोसाइंकुण्ड जाने ट्रेकिङ रुटमा रहेको आयोजनाले बनाएका क्याम्प हाउसलाई होमस्टेमा परिणत गरी पर्यटकलाई हस्पिटालिटी सुविधा दिने योजना छ।

आयोजनाको डिजाइन डिस्चार्ज २.२ क्यूसेक रहेको छ भने ३ हजार ९०० मिटर पाइपलाइन र ४४६ मिटर हेड रहेको छ। यसले सुख्खायाममा १५.९७ गिगावाट आवर र वर्षामा ३२.७७ गिगावाट आवर ऊर्जा उत्पादन गर्नेछ।

आयोजनाको लागि विद्युत विकास विभागबाट २०७८ असार ३१ मा उत्पादन अनुमतिपत्र प्राप्त भएको थियो भने २०७८ भदौ २७ मा विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको थियो।

 

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक सेवा सुविधा बोनस

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २२:३३

  काठमाडौं। एनसेलले यही सोमबारबाट सुरु हुन गईरहेको ‘सिद्धार्थ बैंक...

इको प्यानल ट्रेडमार्कमा उद्योग विभागको महत्वपूर्ण निर्णय, एकल हक इन्टरनेशनल ग्रीन डेभलपर्सलाई

इको प्यानल ट्रेडमार्कमा उद्योग विभागको महत्वपूर्ण निर्णय,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २१:४७

  काठमाडौँ। इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रा.लि.को एकाधिकारमा रहेको "ECOPANEL"...

ओमोडा एन्ड जेइकोद्वारा एनपीएल ट्रफी टुर सम्पन्न, रोबोट डग ‘चंखे’ नाम सार्वजनिक

ओमोडा एन्ड जेइकोद्वारा एनपीएल ट्रफी टुर सम्पन्न,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २०:१८

  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को ‘ड्रिभन...

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको ट्रफी टुर सानिमा रिलायन्स लाईफमा

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको ट्रफी टुर...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार १९:२५

काठमाडौँ । क्रिकेट असोसिएसन अफ नेपाल (CAN )द्वारा आयोजित नेपाल...

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस १६.२७ रुपैयाँ

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५२

काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५०

काठमाडौँ । डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)...