Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

वाणिज्य विभागले वस्तुमा लेवल राख्ने नीतिमा स्पष्टता माग्दै नाडाको प्रतिनिधिमण्डलले महानिर्देशकसंग छलफल 

 

काठमाडौं । नेपाल अटोमोबाइल डिलर्स एसोसिएशन ९नाडा० को एक प्रतिनिधिमण्डलले आज वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक केदार दाहालसंग भेटघाट गरी वस्तु तथा सेवामा लेवल राख्ने नीतिगत निर्देशनमा स्पष्टता माग गरेको छ।

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विभागले २०८१ चैत्र १४ मा जारी गरेको वस्तुको मूल्य निर्धारणसम्बन्धी सूचनामा रहेका अस्पष्टताहरूमाथि छलफल गरे। अध्यक्ष चौधरीले सवारी साधन तथा स्पेयर पार्ट्सको मूल्य निर्धारण, क्यूआर कोडको प्रयोग, ब्ल्कमा आउने गाडीहरूमा मूल्यसूचि लागू गर्ने प्रक्रिया, डिजिटल तथा गैर(डिजिटल माध्यमबाट मूल्य पारदर्शी बनाउने विषयमा नीतिगत स्पष्टता आवश्यक रहेको बताए।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले डिजिटल माध्यमबाट स्पेयर पार्ट्सको मूल्य निर्धारण गर्न क्यूआर कोडको प्रभावकारी उपयोग गर्न सकिने बताए।

यसैबीच, महानिर्देशक दाहालले अधिकतम मूल्यसूचिलाई पारदर्शी बनाउन भौतिक रूपमा स्पष्ट देखिने गरी प्रदर्शन गर्नुपर्ने जनाए। उनले डिजिटल र गैर(डिजिटल माध्यमबाट क्यूआर कोड प्रयोग गरी मूल्य निर्धारणलाई प्रभावकारी बनाउने बताए। उनले यस विषयमा सबै सरोकारवालासँग छलफल गरी नीतिगत स्पष्टता ल्याइने आश्वासन दिए।

छलफलमा नाडाका पूर्वअध्यक्ष डा। ध्रुव थापा, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह(कोषाध्यक्ष पंकज अग्रवाल लगायत अन्य केन्द्रीय सदस्यहरू उपस्थित थिए।

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

वि.सं.२०८२ असार ३० सोमवार १६:५०

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली...

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना...

वि.सं.२०८२ असार ३० सोमवार १५:५३

काठमाडौं । विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले हालै...

आगामी आर्थिक बर्षको मौद्रिक नीतिको सम्बन्धमा नाडाको धारणा

आगामी आर्थिक बर्षको मौद्रिक नीतिको सम्बन्धमा नाडाको...

वि.सं.२०८२ असार २८ शनिवार २२:४४

  काठमाडौँ । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलज्यूले राखेका...

मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका व्यवहारिक आवश्यकतालाई बेवास्ता गरेको नाइमाको आरोप

मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका व्यवहारिक आवश्यकतालाई बेवास्ता...

वि.सं.२०८२ असार २८ शनिवार २२:३२

  काठमाडौं । समयमै प्रस्तुत गरेका सुझावहरू नेपाल राष्ट्र बैंकले...

अभिनेता हमालले उद्घाटन गरे राजधानीको नक्सालमा ‘सि–कार, एकै स्थानमा सवारीसम्बन्धी सम्पूर्ण सेवा

अभिनेता हमालले उद्घाटन गरे राजधानीको नक्सालमा ‘सि–कार,...

वि.सं.२०८२ असार २६ बिहीवार २२:४२

  काठमाडौँ । नेपालकै प्रमुख अटो हब मानिने नक्सालमा सवारीसाधनसम्बन्धी...

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फाइदा

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो...

वि.सं.२०८२ असार २५ बुधवार २३:५३

अटोमोटिभ टेक्नोलोजीमा विश्वकै चर्चित जर्मन कम्पनी बोशले डिजिटल लोयल्टी कार्यक्रम...