Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

१४ देशका विज्ञहरूको सहभागिता रहेको फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी सम्मेलन काठमाडौँमा सम्पन्न

Machhapuchchhre Bank Limited

 

काठमाडौँ । आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी नवीनतम प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको दुई दिने फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्स २०२५ आज काठमाडौँमा सम्पन्न भएको छ। एशिया प्यासिफिक सेक्युरिटी एसोसिएसन ९अस्पा० नेपालद्वारा आयोजित यो सम्मेलनमा १४ अन्तर्राष्ट्रिय देशहरूका विज्ञहरूको सहभागिता रहेको थियो।

सम्मेलनको उद्घाटन गर्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन डढेलो नियन्त्रण र व्यवस्थापनका लागि अत्याधुनिक उपकरण र तालिमप्राप्त जनशक्तिको खाँचो रहेको उल्लेख गरेका थिए । उनले दमकल बाहेक अन्य वैकल्पिक उपायहरूको विकासमा सरकारले गम्भीरता देखाइरहेको र डढेलो नियन्त्रणका लागि सबै सरोकारवालाबीच समन्वय अपरिहार्य रहेको बताएका थिए ।

सम्मेलनका प्रमुख सन्देशहरू घोषणा पत्र मार्फत सार्वजनिक गरिएको छ। घोषणापत्रमा सार्वजनिक चेतनाको अभिवृद्धि, भवन कोडको आधुनिकीकरण, डढेलो तथा शहरी वन डढेलोको जोखिम न्युनिकरण, ड्रोन प्रयोगको मापदण्ड, कृत्रिम बुद्धिमत्ताको जिम्मेवार उपयोग, विद्युतीय सवारीसाधनमा आगलागीको व्यवस्थापन, सुरक्षासम्बन्धी उत्पादनका मापदण्ड, शैक्षिक पाठ्यक्रममा सुरक्षाको समावेश र क्षेत्रीय सहकार्य जस्ता १० प्रमुख बुँदामा प्रतिबद्धता जनाइएको छ।

अस्पा नेपालका अध्यक्ष सुनिल कुमार श्रेष्ठले सम्मेलनमा उठेका विचार, सिफारिसहरू र प्रविधिमूलक समाधानहरूलाई सम्बन्धित सरकारी निकायहरू समक्ष प्रस्तुत गर्दै नीतिगत सुधारको दिशामा सहकार्य गर्ने प्रतिवद्धता जनाए। उनले आगलागी सुरक्षा र विद्युतीय सुरक्षालाई केवल प्राविधिक विषय मात्र नभई जनताको जीवन, पूर्वतयारी र समग्र सुरक्षासँग जोडिएको विषयका रूपमा लिनुपर्ने बताए।

सम्मेलनमा गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, साथै देशभरका स्थानीय तहका प्रतिनिधिहरू, उद्योग क्षेत्रका अग्रणी व्यक्तित्वहरू, तथा विद्युत सुरक्षा र आगलागीका विज्ञहरू सहभागी थिए। साथै भारत, चीन, जापान, दक्षिण कोरिया, सिंगापुर, मलेसिया, थाइल्यान्ड, भियतनाम, इन्डोनेसिया, श्रीलङ्का, हङकङ, मकाउ, फिलिपिन्स लगायतका देशहरूका विशेषज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्मेलनका क्रममा अन्तरक्रियात्मक सत्रहरू, प्रविधि प्रदर्शनीहरू तथा अन्तर्राष्ट्रिय अनुभव साटासाट कार्यक्रमहरू सञ्चालन गरिएको थियो । सहभागीहरूले आधुनिक प्रविधि, सुरक्षासम्बन्धी वैश्विक अभ्यासहरू र भविष्यका लागि आवश्यक रणनीतिहरूमा विस्तृत छलफल गरेका थिए ।

सम्मेलनले सम्पूर्ण सरोकारवालालाई एक साझा मञ्चमा ल्याएर आगलागी तथा विद्युतीय सुरक्षासम्बन्धी दिगो समाधानका लागि दीर्घकालीन कार्ययोजना निर्माण गर्न सहयोग पुर्‍याएको स्पष्ट संकेत दिएको छ। घोषणापत्रमार्फत सहभागीहरूले एक सुरक्षित, सचेत र प्रविधिसम्पन्न समाज निर्माणमा सहकार्य गर्ने दृढ संकल्प व्यक्त गरेका छन्।

विदेशिएका श्रमिकको स्वास्थ्य बलियो बनाउन थप कार्यक्रम ल्याइने मन्त्री पौडेलको घोषणा

विदेशिएका श्रमिकको स्वास्थ्य बलियो बनाउन थप कार्यक्रम...

वि.सं.२०८२ वैशाख ८ सोमवार २०:३८

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले युएईमा...

शिक्षकहरु चित्त नदुखाई फर्किनुहोला, यो आन्दोलन गर्ने समय होइन् : ओली

शिक्षकहरु चित्त नदुखाई फर्किनुहोला, यो आन्दोलन गर्ने...

वि.सं.२०८२ वैशाख ८ सोमवार २०:३३

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको समय हानिकारक...

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने महासंघ अध्यक्ष ढकालको जोड

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु...

वि.सं.२०८२ वैशाख ८ सोमवार १७:२९

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र...

निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

वि.सं.२०८२ वैशाख ८ सोमवार ०८:४६

  काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनको ३५ औं स्थापना...

जुम्लावासीका समस्या समाधानका लागि संघीय सरकार प्रतिबद्ध छ : मन्त्री यादव

जुम्लावासीका समस्या समाधानका लागि संघीय सरकार प्रतिबद्ध...

वि.सं.२०८२ वैशाख ७ आइतवार १९:२८

  जुम्ला । खानेपानी मन्त्री प्रदीप यादवले कर्णाली प्रदेशको जुम्लावासीका...

अरूले आएर देश बनाइदिँदैन, सबै मिलेर विकास गर्नुपर्छ : प्रधानमन्त्री ओली

अरूले आएर देश बनाइदिँदैन, सबै मिलेर विकास...

वि.सं.२०८२ वैशाख ७ आइतवार १९:१३

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि सबै...