CG Electronics
IME Life
NIMB

ब्रेनब्रिज एजुकेसनको चितवनमा सेवा विस्तार, छात्रवृत्तिको पनि घोषणा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

चितवन । विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि खुसीको खबर छ। काठमाडौंको मध्यबानेश्वरमा सफलतापूर्वक सेवा दिँदै आएको ब्रेनब्रिज एजुकेसन अब चितवनमा पनि आफ्नो सेवा विस्तार गर्दैछ।

संस्थाकी अध्यक्ष अर्चना दवाडीका अनुसार, विद्यार्थीलाई विदेश अध्ययनमा सही मार्गदर्शन र सहजीकरण उपलब्ध गराउने उद्देश्यले चितवनमा नयाँ शाखा खोलिएको हो। “हामीले काठमाडौंमा जस्तै चितवनका विद्यार्थीलाई पनि अध्ययनको सपना साकार पार्न सहयोग गर्नेछौं,” उनले भनिन्।

ब्रेनब्रिजले चितवनमा पनि निःशुल्क भाषा कक्षा सञ्चालन गर्ने जनाएको छ। आईईएलटीएस, पीटीई, डिस्याट, डुएलिङ्गो जस्ता भाषा कक्षा काठमाडौंमा निःशुल्क सञ्चालन भइरहेको र चितवनमा पनि यही सुविधा विस्तार गरिने जानकारी अध्यक्ष दवाडीले दिइन्।

अष्ट्रेलिया, अमेरिका, बेलायत, क्यानडा, जर्मनी, फ्रान्स, इटाली, न्यूजील्याण्ड र आयरल्याण्ड जस्ता देशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श दिने ब्रेनब्रिज एजुकेसनले अब चितवनबाटै सेवा दिनेछ।

त्यसैगरी, चितवनका प्लस टु तथा स्नातक तहमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम पनि ल्याउने संस्थाले जनाएको छ। यस अन्तर्गत प्रत्येक वर्ष करिब १०० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ। आवेदन प्रक्रिया चाँडै सुरु गरिनेछ र चितवनका विभिन्न शिक्षण संस्थाका विद्यार्थी सहभागी हुन सक्नेछन्।

ब्रेनब्रिज एजुकेसनको यो छात्रवृत्ति कार्यक्रम चितवनमा हालसम्मको सबैभन्दा ठूलो हुने संस्थाको दाबी छ।

विद्यार्थीका लागि शिक्षा र भविष्य निर्माणमा यो एक महत्वपूर्ण अवसर हुन सक्छ।

नयाँ ओमोडा ‘इ५ प्रो’ नेपाली बजारमा सार्वजनिक

नयाँ ओमोडा ‘इ५ प्रो’ नेपाली बजारमा सार्वजनिक

वि.सं.२०८३ जेठ १७ आइतवार १५:५०

  नेपालका लागि ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको...

वि.सं.२०८३ जेठ १७ आइतवार १२:५६

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि ४० लाख रुपैयाँसम्म बढ्न सक्ने

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि...

वि.सं.२०८३ जेठ १७ आइतवार ११:३८

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारी...

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वि.सं.२०८३ जेठ १७ आइतवार १०:१०

६२ वर्षदेखि नेपालको अटोमोबाइल क्षेत्रमा सक्रिय प्रतिष्ठित व्यावसायिक घराना वैद्य...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...