Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

ब्रेनब्रिज एजुकेसनको चितवनमा सेवा विस्तार, छात्रवृत्तिको पनि घोषणा

 

चितवन । विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि खुसीको खबर छ। काठमाडौंको मध्यबानेश्वरमा सफलतापूर्वक सेवा दिँदै आएको ब्रेनब्रिज एजुकेसन अब चितवनमा पनि आफ्नो सेवा विस्तार गर्दैछ।

संस्थाकी अध्यक्ष अर्चना दवाडीका अनुसार, विद्यार्थीलाई विदेश अध्ययनमा सही मार्गदर्शन र सहजीकरण उपलब्ध गराउने उद्देश्यले चितवनमा नयाँ शाखा खोलिएको हो। “हामीले काठमाडौंमा जस्तै चितवनका विद्यार्थीलाई पनि अध्ययनको सपना साकार पार्न सहयोग गर्नेछौं,” उनले भनिन्।

ब्रेनब्रिजले चितवनमा पनि निःशुल्क भाषा कक्षा सञ्चालन गर्ने जनाएको छ। आईईएलटीएस, पीटीई, डिस्याट, डुएलिङ्गो जस्ता भाषा कक्षा काठमाडौंमा निःशुल्क सञ्चालन भइरहेको र चितवनमा पनि यही सुविधा विस्तार गरिने जानकारी अध्यक्ष दवाडीले दिइन्।

अष्ट्रेलिया, अमेरिका, बेलायत, क्यानडा, जर्मनी, फ्रान्स, इटाली, न्यूजील्याण्ड र आयरल्याण्ड जस्ता देशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श दिने ब्रेनब्रिज एजुकेसनले अब चितवनबाटै सेवा दिनेछ।

त्यसैगरी, चितवनका प्लस टु तथा स्नातक तहमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम पनि ल्याउने संस्थाले जनाएको छ। यस अन्तर्गत प्रत्येक वर्ष करिब १०० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ। आवेदन प्रक्रिया चाँडै सुरु गरिनेछ र चितवनका विभिन्न शिक्षण संस्थाका विद्यार्थी सहभागी हुन सक्नेछन्।

ब्रेनब्रिज एजुकेसनको यो छात्रवृत्ति कार्यक्रम चितवनमा हालसम्मको सबैभन्दा ठूलो हुने संस्थाको दाबी छ।

विद्यार्थीका लागि शिक्षा र भविष्य निर्माणमा यो एक महत्वपूर्ण अवसर हुन सक्छ।

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै :...

वि.सं.२०८२ असार ३० सोमवार १७:१८

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले...

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको...

वि.सं.२०८२ असार ३० सोमवार १७:१५

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि...

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो...

वि.सं.२०८२ असार ३० सोमवार १७:०७

काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामिलामा नो...

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

वि.सं.२०८२ असार ३० सोमवार १६:५०

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली...

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार...

वि.सं.२०८२ असार ३० सोमवार १६:३८

काठमाडौं । महालक्ष्मी विकास बैंकको यही असार २० गते बसेको...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

वि.सं.२०८२ असार ३० सोमवार १६:२६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी...