Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

रिलायबल नेपाल लाइफद्वारा पहिलो सामूहिक लगानी कोष “रिलायबल समृद्धि योजना” को बिक्री खुला

 

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कोष प्रबद्र्धकको रुपमा तथा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापकको रुपमा रहने गरी “रिलायबल सामूहिक लगानी कोष” अन्तर्गतको पहिलो बन्दमुखी योजना “रिलायबल समृद्धि योजना” बैशाख ३ गतेदेखि सार्वजनिक निष्काशनमार्फत विक्री खुला गरेको छ।

एक अर्ब रुपैयाँको कोष आकार रहेको यस योजनामा आठ करोड पचास लाख इकाई (रु. ८५ करोड बराबर) सर्वसाधारणका लागि निष्काशन गरिएको हो। यो योजना बन्दमुखी भएकाले यसका इकाईहरू धितोपत्र बजारमा सूचिकृत भई खरिद-बिक्री गर्न सकिनेछ।

नेपालमा बीमा क्षेत्रबाट कोष प्रबद्र्धन गरिएको यो पहिलो सामूहिक लगानी कोष हो। योजना व्यवस्थापकका अनुसार वार्षिक औसत प्रतिफल १७.७३ प्रतिशत रहने प्रक्षेपण गरिएको छ।

सार्वजनिक निष्काशन बैशाख ३ गतेदेखि प्रारम्भ भई छिटोमा बैशाख ७ गते र ढिलोमा बैशाख १७ गतेसम्म खुला रहनेछ। इच्छुक व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरूले न्यूनतम १ हजारदेखि अधिकतम १० करोड रुपैयाँसम्म लगानी गर्न सक्नेछन्। आवेदन सी-आश्वा खाता भएका बैंक तथा वित्तीय संस्थामार्फत वा मेरो शेयर प्लेटफर्म प्रयोग गरी अनलाइनमार्फत दिन सकिनेछ।

कम्पनीले लगानीकर्तालाई दीर्घकालीन रूपमा उत्कृष्ट प्रतिफल दिने प्रतिवद्धता व्यक्त गरेको छ।

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै :...

वि.सं.२०८२ असार ३० सोमवार १७:१८

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले...

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको...

वि.सं.२०८२ असार ३० सोमवार १७:१५

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि...

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो...

वि.सं.२०८२ असार ३० सोमवार १७:०७

काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामिलामा नो...

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

वि.सं.२०८२ असार ३० सोमवार १६:५०

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली...

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार...

वि.सं.२०८२ असार ३० सोमवार १६:३८

काठमाडौं । महालक्ष्मी विकास बैंकको यही असार २० गते बसेको...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

वि.सं.२०८२ असार ३० सोमवार १६:२६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी...