CG Electronics
IME Life
NIMB

रिलायबल नेपाल लाइफद्वारा पहिलो सामूहिक लगानी कोष “रिलायबल समृद्धि योजना” को बिक्री खुला

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कोष प्रबद्र्धकको रुपमा तथा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापकको रुपमा रहने गरी “रिलायबल सामूहिक लगानी कोष” अन्तर्गतको पहिलो बन्दमुखी योजना “रिलायबल समृद्धि योजना” बैशाख ३ गतेदेखि सार्वजनिक निष्काशनमार्फत विक्री खुला गरेको छ।

एक अर्ब रुपैयाँको कोष आकार रहेको यस योजनामा आठ करोड पचास लाख इकाई (रु. ८५ करोड बराबर) सर्वसाधारणका लागि निष्काशन गरिएको हो। यो योजना बन्दमुखी भएकाले यसका इकाईहरू धितोपत्र बजारमा सूचिकृत भई खरिद-बिक्री गर्न सकिनेछ।

नेपालमा बीमा क्षेत्रबाट कोष प्रबद्र्धन गरिएको यो पहिलो सामूहिक लगानी कोष हो। योजना व्यवस्थापकका अनुसार वार्षिक औसत प्रतिफल १७.७३ प्रतिशत रहने प्रक्षेपण गरिएको छ।

सार्वजनिक निष्काशन बैशाख ३ गतेदेखि प्रारम्भ भई छिटोमा बैशाख ७ गते र ढिलोमा बैशाख १७ गतेसम्म खुला रहनेछ। इच्छुक व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरूले न्यूनतम १ हजारदेखि अधिकतम १० करोड रुपैयाँसम्म लगानी गर्न सक्नेछन्। आवेदन सी-आश्वा खाता भएका बैंक तथा वित्तीय संस्थामार्फत वा मेरो शेयर प्लेटफर्म प्रयोग गरी अनलाइनमार्फत दिन सकिनेछ।

कम्पनीले लगानीकर्तालाई दीर्घकालीन रूपमा उत्कृष्ट प्रतिफल दिने प्रतिवद्धता व्यक्त गरेको छ।

नयाँ ओमोडा ‘इ५ प्रो’ नेपाली बजारमा सार्वजनिक

नयाँ ओमोडा ‘इ५ प्रो’ नेपाली बजारमा सार्वजनिक

वि.सं.२०८३ जेठ १७ आइतवार १५:५०

  नेपालका लागि ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको...

वि.सं.२०८३ जेठ १७ आइतवार १२:५६

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि ४० लाख रुपैयाँसम्म बढ्न सक्ने

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि...

वि.सं.२०८३ जेठ १७ आइतवार ११:३८

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारी...

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वि.सं.२०८३ जेठ १७ आइतवार १०:१०

६२ वर्षदेखि नेपालको अटोमोबाइल क्षेत्रमा सक्रिय प्रतिष्ठित व्यावसायिक घराना वैद्य...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...