Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

kumari  bank

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सर्वसाधारण सविन महर्जनको परिवारलाई १०–१० लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनले भने, ‘२०८१ गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको आन्दोलनमा ज्यान गुमाएका स्व.पत्रकार सुरेश रजक र सर्वसाधारण सविन महर्जनको नजिकको हकदारलाई प्रति परिवार १० लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय भएको छ ।’

त्यस्तै, उनले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा १५ सदस्यीय उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्ने निर्णय गरेको पनि जानकारी दिए ।

उनले भने, ‘बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा १५ सदस्यीय उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्ने निर्णय पनि गरेको गरेको छ ।’

त्यस्तै, उनले निर्णय सार्वजनिक गर्ने क्रममा शिक्षकहरुले प्लस टूको परिक्षामा सहभागी भएर सरकारलाई सघाउँन माग गर्दै उनले शिक्षकको माग सम्बोधन गर्न सरकार तयार रहेको बताए ।
उनले भने, ‘एसइईको उत्तरपुस्तीका जाँच भएन भने हामीले बेलैमा रिजल्ट ल्याउन सक्दैनौं ।

समयमा ल्याउन सकिएन भने प्लस टू भर्नाको समय बितिसकेको हुन्छ उनीहरुको भविष्य बर्बाद हुन्छ । त्यो जाँच गर्नुपर्छ, विद्यार्थी भर्नाको समय सुरु भएको छ । शिक्षकहरुले त्यो काम गर्नुपर्छ । प्लस टूको परिक्षामा सहभागी भएर सरकारलाई सघाउँनुपर्यो । तपाईंहरुको माग सम्बोधन गर्न सरकार तयार छ ।’

त्यस्तै, शिक्षामन्त्रीले राजीनामा दिएको भन्ने कुरा आजको दिनसम्म पनि सरकारको जानकारीमा नभएको बताए ।

प्रतिनिधि सभाको बैठक आज पनि जारी, अर्थमन्त्री पौडेलले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने

प्रतिनिधि सभाको बैठक आज पनि जारी, अर्थमन्त्री...

वि.सं.२०८२ जेठ २ शुक्रवार ११:२८

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि...

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ...

वि.सं.२०८२ जेठ २ शुक्रवार ११:२५

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको...

कृषि जानकारी साझा गर्न र स्मार्ट निर्णयहरू लिन योजना आवश्यक

कृषि जानकारी साझा गर्न र स्मार्ट निर्णयहरू...

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले सरकारले नयाँ...

राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश

राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश

वि.सं.२०८२ जेठ १ बिहीवार १३:१७

  काठमाडौं । राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद...

डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम

डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी...

वि.सं.२०८२ जेठ १ बिहीवार ००:३६

बैशाख ३१, चितवन । डोल्पाको मुड्केचुला गाउँपालिका र चितवनको भरतपुर...

मेलम्ची बाढीपीडितलाई नदी तटवन्धको लागि तत्काल १६ करोडको ब्यवस्था गर्छौं- उर्जामन्त्री खड्का

मेलम्ची बाढीपीडितलाई नदी तटवन्धको लागि तत्काल १६...

वि.सं.२०८२ जेठ १ बिहीवार ००:३०

    सिन्धुपालचोक, ३१ वैशाख । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदीमा...