Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

आईआईएनद्वारा बीमा सर्भेयरका लागि आधारभूत तालिम सञ्चालन हुने

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (आईआईएन) ले बीमा सर्भेयरका लागि आधारभूत तालिम कार्यक्रम आयोजना गर्ने भएको छ। आईआईएनका अनुसार, उक्त तालिममा घर, सम्पत्ति, व्यवसाय तथा इञ्जिनीयरिङ बीमा, मोटर बीमा, परिवहन बीमा र हवाई बीमासम्बन्धी बीमा सर्भेयर तालिम प्रदान गरिनेछ।

तालिममा सहभागी हुन बीमा नियमावली, २०८१ अनुसार बीमा सर्भेयर बन्ने योग्यता हासिल गरेको हुनु अनिवार्य गरिएको छ। आईआईएनले जनाएको छ कि तालिममा भाग लिन इच्छुकहरूले इञ्जिनीयरिङ विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरेको, चार्टर्ड एकाउन्टेन्ट परीक्षा उत्तीर्ण गरेको, स्नातक उपाधि प्राप्त गरी कुनै निर्जीवन, लघु-निर्जीवन वा पुनर्बीमा कम्पनी वा नेपाल बीमा प्राधिकरणमा कम्तीमा १० वर्ष अधिकृतस्तरमा काम गरेको वा अन्तर्राष्ट्रिय रुपमा मान्य बीमा सम्बन्धी संस्थाबाट निर्जीवन बीमामा एसोसिएटसीप वा सो सरहको उपाधि हासिल गरेको हुनु पर्नेछ।

आवेदन दिनका लागि यही २०८२ साल वैशाख १९ गतेसम्म समय दिइएको छ। आवेदनहरू प्रथम प्राथमिकताको आधारमा छनोट गरिने र प्रत्येक समूहमा ३० जनासम्म सहभागी राखी तालिम सञ्चालन गरिने आईआईएनले जानकारी दिएको छ।

 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

वि.सं.२०८२ मंसिर १ सोमवार २३:२२

  काठमाडौं । बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमा उत्कृष्ट...

डाबर नेपाल सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीको रूपमा सम्मानित

डाबर नेपाल सबैभन्दा बढी आयकर दाखिला गर्ने...

वि.सं.२०८२ मंसिर १ सोमवार २३:०३

काठमाडौं । थर्ड आई इन्टरनेशनलले आर्थिक वर्ष २०७९/८० का लागि...

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति विवादमा

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:३९

  काठमाडौं — कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघकी अध्यक्ष...

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

आइएमई खल्ती लिमिटेडको नयाँ सिइओमा प्रविण रेग्मी नियुक्त

आइएमई खल्ती लिमिटेडको नयाँ सिइओमा प्रविण रेग्मी...

वि.सं.२०८२ मंसिर १ सोमवार २१:३७

  १ मंसिर, काठमाडौं — आइएमई डिजिटल सोलुसन लिमिटेड र...

एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपाल प्रिमियर लिग (NPL) को आधिकारिक ल्युब्रिकेन्ट पार्टनर घोषणा

एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपाल प्रिमियर...

वि.सं.२०८२ मंसिर १ सोमवार २१:२८

  काठमाडौं, नेपाल — एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपालको...