CG Electronics
IME Life
NIMB

एयराटिक्सले नेपालमा स्मार्ट स्टोरेज मार्केटप्लेस सुरु गर्‍यो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । भारतको प्रमुख स्मार्ट स्टोरेज मार्केटप्लेस एयराटिक्सले काठमाडौंको लाजिम्पाटस्थित होटल एम्बेसडरमा आयोजित एक भव्य कार्यक्रममार्फत नेपालमा औपचारिकरूपमा आफ्नो सेवा सुरु गरेको छ। अब नेपालीहरूले अस्थायी भण्डारण, रिलोकेशन तथा लास्ट माइल लजिस्टिक्सका लागि आधुनिक र डिजिटल समाधान प्रयोग गर्न सक्नेछन्।

एयराटिक्सले व्यवसाय, व्यक्तिहरू र यात्रुहरूलाई लक्षित गर्दै सुटकेसदेखि व्यापारिक सामान, अर्डर फुलफिलमेन्ट तथा स्थानान्तरण सेवासमेत प्रदान गर्नेछ।

कार्यक्रमको नेतृत्व एयराटिक्सका संस्थापक तथा सीईओ अदित्य काळेले गरे। पूर्व मरीन इन्जिनियर रहनुभएका काळेले भारतमा बीटूबी गोदाम सेवा सफलतापूर्वक सञ्चालन गरिसकेपछि एयराटिक्सलाई बीटूसी स्मार्ट स्टोरेज प्लेटफर्मका रूपमा विस्तार गर्नुभएको हो।

उहाँले कार्यक्रममा भन्नुभयो, “भण्डारण समस्याले भारत मात्र होइन, उपमहाद्वीपका धेरै देशहरू प्रभावित छन्। नेपालमा पनि त्यस्तै समस्या देखिन्छ। हामी विगत तीन महिनादेखि सेवा दिइरहेका छौं र ५०० भन्दा बढी ग्राहक प्राप्त गरिसकेका छौं।” हाल काठमाडौंमा मात्र सेवा उपलब्ध रहेको बताउँदै उहाँले पोखरा र वीरगञ्जजस्ता सहरहरूमा चाँडै विस्तार गर्ने योजना सुनाउनुभयो।

कार्यक्रममा नेपाली लजिस्टिक्स तथा स्टार्टअप क्षेत्रका अग्रणी व्यक्तिहरूको उपस्थिति रहेको थियो। ‘From Idea to Execution – What Makes a Startup Stand Out?’ शीर्षकको प्यानल छलफलमा ८८ कलेक्टिभका संस्थापक प्रतीक अर्यालले संयोजन गर्नुभएको थियो।

प्यानलमा उपाया सिटी कार्गोका संस्थापक सुमन रायमाझी, दराज नेपालका सन्तोष विष्ट, मेरो स्टोरेजका समय गिरी तथा एयराटिक्सका अदित्य काळे सहभागी थिए।

उपायाका रायमाझीले सुरुवाती चरणमा लजिस्टिक्स सेवाको बारेमा मानिसहरूमा न्यून जानकारी रहेको तर समयसँगै माग र सेवामा विविधता आएको अनुभव बाँड्नुभयो।

कार्यक्रमको अन्त्यमा मेरो स्टोरेजका सहसंस्थापक सजन शर्मा र सिटी एक्सप्रेसका निर्देशक हेम गुरुङले प्यानलिस्टहरूलाई सम्मान गर्नुभएको थियो।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...