Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

२९ औँ राष्ट्रिय चिया दिवस ‘स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार’ नारासहित भव्य रूपमा मनाइँदै

kumari  bank

काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा २९ औँ राष्ट्रिय चिया दिवस भोलि २०८२ बैशाख १५ गते “स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार” नारासहित मनाइँदैछ। प्रमुख कार्यक्रम हरिहरभवनस्थित कृषि विभागमा आयोजना गरिनेछ, जहाँ कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी प्रमुख अतिथि रहनेछन्।

कार्यक्रममा नेपालका विभिन्न जिल्लाबाट उत्पादन भएका चियाहरूको प्रदर्शनी तथा स्वाद परीक्षण गरिनेछ। आयोजकले सञ्चारकर्मीहरूलाई आन्तरिक बजार प्रवर्द्धनका लागि कार्यक्रममा सक्रिय सहभागिता जनाउन अनुरोध गरेको छ।

बोर्डका कार्यकारी निर्देशक फाइन्द्र राज पाण्डेका अनुसार नेपालमा हाल २०,७६० हेक्टर क्षेत्रमा चिया खेती हुँदै आएको छ र वार्षिक रूपमा २ करोड ७० लाख केजी तयारी चिया उत्पादन भइरहेको छ। यस उद्योगले १५,२०३ कृषक, १७१ टि स्टेट, १२० प्रशोधन केन्द्रमार्फत करिब ६०,००० जनालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोजगारी दिँदै आएको छ।

विगत केही वर्षमा चिया निर्यातमा उतारचढाव देखिए पनि आर्थिक वर्ष २०८०/८१ मा नेपालले १ करोड ६५ लाख केजी चिया निर्यात गरी ३ अर्ब ६३ करोड रुपैयाँ बराबरको आम्दानी गरेको छ। चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममै ३ अर्ब ५७ करोडको चिया निर्यात भइसकेको छ, भने वर्षको अन्त्यसम्म ४ अर्ब ५० करोडको निर्यात हुने अनुमान गरिएको छ।

बोर्डले चिया क्षेत्रलाई सशक्त बनाउन लगानी अभिवृद्धि, पर्यटनसँगको एकीकरण, अर्गानिक प्रमाणीकरणको प्रोत्साहन तथा स्टार्टअप कार्यक्रममार्फत युवा र महिला उद्यमीलाई साथ दिने योजना अघि सारेको छ। यस दिवसले चिया उद्योगका चुनौतीबीच नयाँ अवसरहरूको ढोका खोल्ने विश्वास गरिएको छ।

ग्लोबल आइएमई बैंक पीसीआई–डीएसएस मा प्रमाणीकरण।

ग्लोबल आइएमई बैंक पीसीआई–डीएसएस मा प्रमाणीकरण।

वि.सं.२०८२ जेठ २ शुक्रवार १६:१०

  काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेड कार्ड प्रयोगकर्ताको डाटा...

भिभो भी ५० लाईट चाँडै नेपाली बजारमा – स्टाइल, शक्ति र स्मार्टनेसको त्रिवेणी

भिभो भी ५० लाईट चाँडै नेपाली बजारमा...

वि.सं.२०८२ जेठ २ शुक्रवार ००:००

काठमाडौं, जेष्ठ ०१– नेपाली स्मार्टफोन बजारमा भिभोले आफ्नो नयाँ स्मार्टफोन...

ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी

ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को...

वि.सं.२०८२ जेठ १ बिहीवार २२:२३

काठमाडौँ । पुस्तौँदेखि आमा–छोरीको सम्बन्धमा आकार दिने मिलन र बिछोडका...

कृषि जानकारी साझा गर्न र स्मार्ट निर्णयहरू लिन योजना आवश्यक

कृषि जानकारी साझा गर्न र स्मार्ट निर्णयहरू...

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले सरकारले नयाँ...

एन आई एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता तथा तालिम कार्यक्रम सम्पन्न

एन आई एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २३:३७

  काठमाडौँ । लघुबित्तले गण्डकी प्रदेश अन्तर्गतको शाखा कार्यालय मगरकोटमा...

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २३:३१

काठमाडौँ । सानिमा रिलायन्स लाईफले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा...