CG Electronics
IME Life
NIMB

२९ औँ राष्ट्रिय चिया दिवस ‘स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार’ नारासहित भव्य रूपमा मनाइँदै

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा २९ औँ राष्ट्रिय चिया दिवस भोलि २०८२ बैशाख १५ गते “स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार” नारासहित मनाइँदैछ। प्रमुख कार्यक्रम हरिहरभवनस्थित कृषि विभागमा आयोजना गरिनेछ, जहाँ कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी प्रमुख अतिथि रहनेछन्।

कार्यक्रममा नेपालका विभिन्न जिल्लाबाट उत्पादन भएका चियाहरूको प्रदर्शनी तथा स्वाद परीक्षण गरिनेछ। आयोजकले सञ्चारकर्मीहरूलाई आन्तरिक बजार प्रवर्द्धनका लागि कार्यक्रममा सक्रिय सहभागिता जनाउन अनुरोध गरेको छ।

बोर्डका कार्यकारी निर्देशक फाइन्द्र राज पाण्डेका अनुसार नेपालमा हाल २०,७६० हेक्टर क्षेत्रमा चिया खेती हुँदै आएको छ र वार्षिक रूपमा २ करोड ७० लाख केजी तयारी चिया उत्पादन भइरहेको छ। यस उद्योगले १५,२०३ कृषक, १७१ टि स्टेट, १२० प्रशोधन केन्द्रमार्फत करिब ६०,००० जनालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोजगारी दिँदै आएको छ।

विगत केही वर्षमा चिया निर्यातमा उतारचढाव देखिए पनि आर्थिक वर्ष २०८०/८१ मा नेपालले १ करोड ६५ लाख केजी चिया निर्यात गरी ३ अर्ब ६३ करोड रुपैयाँ बराबरको आम्दानी गरेको छ। चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममै ३ अर्ब ५७ करोडको चिया निर्यात भइसकेको छ, भने वर्षको अन्त्यसम्म ४ अर्ब ५० करोडको निर्यात हुने अनुमान गरिएको छ।

बोर्डले चिया क्षेत्रलाई सशक्त बनाउन लगानी अभिवृद्धि, पर्यटनसँगको एकीकरण, अर्गानिक प्रमाणीकरणको प्रोत्साहन तथा स्टार्टअप कार्यक्रममार्फत युवा र महिला उद्यमीलाई साथ दिने योजना अघि सारेको छ। यस दिवसले चिया उद्योगका चुनौतीबीच नयाँ अवसरहरूको ढोका खोल्ने विश्वास गरिएको छ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...