Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

पशुपति विकास कोषको ऐन परिमार्जन र संशोधनसहित मस्यौंदा तयार भएको छ : मन्त्री पाण्डे

kumari  bank

 

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले पशुपति विकास कोषको ऐन परिमार्जन र संशोधन गर्ने गरी मस्यौंदा तयार भैइसकेको बताएका छन् ।

बुधबार पशुपति क्षेत्र विकास कोषको ३९ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले पशुपति विकास क्षेत्रको ऐन चाँडै मन्त्रिपरिषद्को बाटो हुँदै संसदमा लिएर जाने बताएका हुन् ।

उनले भने, ‘हामीले कोषको ऐन परिमार्जन र संशोधन गर्ने गरी मस्यौंदा पनि तयार गरिसकेका छौं । पशुपति विकास क्षेत्रको ऐन पनि हामी चाँडै मन्त्रिपरिषद्को बाटो हुँदै संसदमा लिएर जान्छौं र समसामयिक परिवर्तन गर्छौं । त्यसैगरी नियमावली लगायतका विषयहरुमा पनि विभिन्न खालका कुराहरु, विभिन्न खालका अपेक्षाहरु, विभिन्न आवश्यकताहरुलाई हामीले अर्थमन्त्रालय, कानुन मन्त्रालय, लोकसेवा आयोगलगायत सम्बन्धित ठाउँहरुमा हामीले गर्नुपर्ने काम मन्त्रालयका तर्फबाट तदरुकताका साथ गर्छौं ।’

साथै उनले नेपाल भन्नासाथ पशुपतिनाथको नाम सधैं अगाडि आउने गरेको बताए । उनले पशुपतिनाथले बोकेको दर्शन र उच्च आस्थाले नै नेपाललाई कहिले तल पर्न नदिने बताए ।

उनले भने, ‘हाम्रो देशको, हाम्रो सभ्यताको परिचय पहिचान भनेकै देवताका पनि देवता मानिएका महादेव हाम्रो आफ्नो पहिचान हो । विशेषगरी हामी कहिँकतै गयौं भने नेपाल भन्नासाथ पशुपतिनाथको नाम सधैं अगाडि आउँछ । पशुपतिनाथसँग धेरै कुरा आस्था छ । त्यो कारणले नेपालको आफ्नो पहिचान पनि छ ।

नेपालको राजनीति, कुटनीति, नेपालको अर्थनीति कहिँकतै कमजोर हुन खोज्यो भने पनि हाम्रो पशुपतिनाथले बोकेको जुन दर्शन छ, पशुपतिनाथले बोकेको जुन उच्च आस्था छ त्यो आस्थाले नेपाललाई कहिले तल पर्न दिँदैन । नेपाललाई माथि उठाउँछ ।’

 

प्रतिनिधि सभाको बैठक आज पनि जारी, अर्थमन्त्री पौडेलले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने

प्रतिनिधि सभाको बैठक आज पनि जारी, अर्थमन्त्री...

वि.सं.२०८२ जेठ २ शुक्रवार ११:२८

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि...

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ...

वि.सं.२०८२ जेठ २ शुक्रवार ११:२५

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको...

कृषि जानकारी साझा गर्न र स्मार्ट निर्णयहरू लिन योजना आवश्यक

कृषि जानकारी साझा गर्न र स्मार्ट निर्णयहरू...

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले सरकारले नयाँ...

राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश

राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश

वि.सं.२०८२ जेठ १ बिहीवार १३:१७

  काठमाडौं । राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद...

डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम

डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी...

वि.सं.२०८२ जेठ १ बिहीवार ००:३६

बैशाख ३१, चितवन । डोल्पाको मुड्केचुला गाउँपालिका र चितवनको भरतपुर...

मेलम्ची बाढीपीडितलाई नदी तटवन्धको लागि तत्काल १६ करोडको ब्यवस्था गर्छौं- उर्जामन्त्री खड्का

मेलम्ची बाढीपीडितलाई नदी तटवन्धको लागि तत्काल १६...

वि.सं.२०८२ जेठ १ बिहीवार ००:३०

    सिन्धुपालचोक, ३१ वैशाख । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदीमा...