CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ १ शुक्रवार

skip this Crompton : Electronics  (Content Block)3

पशुपति विकास कोषको ऐन परिमार्जन र संशोधनसहित मस्यौंदा तयार भएको छ : मन्त्री पाण्डे

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले पशुपति विकास कोषको ऐन परिमार्जन र संशोधन गर्ने गरी मस्यौंदा तयार भैइसकेको बताएका छन् ।

बुधबार पशुपति क्षेत्र विकास कोषको ३९ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले पशुपति विकास क्षेत्रको ऐन चाँडै मन्त्रिपरिषद्को बाटो हुँदै संसदमा लिएर जाने बताएका हुन् ।

उनले भने, ‘हामीले कोषको ऐन परिमार्जन र संशोधन गर्ने गरी मस्यौंदा पनि तयार गरिसकेका छौं । पशुपति विकास क्षेत्रको ऐन पनि हामी चाँडै मन्त्रिपरिषद्को बाटो हुँदै संसदमा लिएर जान्छौं र समसामयिक परिवर्तन गर्छौं । त्यसैगरी नियमावली लगायतका विषयहरुमा पनि विभिन्न खालका कुराहरु, विभिन्न खालका अपेक्षाहरु, विभिन्न आवश्यकताहरुलाई हामीले अर्थमन्त्रालय, कानुन मन्त्रालय, लोकसेवा आयोगलगायत सम्बन्धित ठाउँहरुमा हामीले गर्नुपर्ने काम मन्त्रालयका तर्फबाट तदरुकताका साथ गर्छौं ।’

साथै उनले नेपाल भन्नासाथ पशुपतिनाथको नाम सधैं अगाडि आउने गरेको बताए । उनले पशुपतिनाथले बोकेको दर्शन र उच्च आस्थाले नै नेपाललाई कहिले तल पर्न नदिने बताए ।

उनले भने, ‘हाम्रो देशको, हाम्रो सभ्यताको परिचय पहिचान भनेकै देवताका पनि देवता मानिएका महादेव हाम्रो आफ्नो पहिचान हो । विशेषगरी हामी कहिँकतै गयौं भने नेपाल भन्नासाथ पशुपतिनाथको नाम सधैं अगाडि आउँछ । पशुपतिनाथसँग धेरै कुरा आस्था छ । त्यो कारणले नेपालको आफ्नो पहिचान पनि छ ।

नेपालको राजनीति, कुटनीति, नेपालको अर्थनीति कहिँकतै कमजोर हुन खोज्यो भने पनि हाम्रो पशुपतिनाथले बोकेको जुन दर्शन छ, पशुपतिनाथले बोकेको जुन उच्च आस्था छ त्यो आस्थाले नेपाललाई कहिले तल पर्न दिँदैन । नेपाललाई माथि उठाउँछ ।’

 

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण :...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:४८

  काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्रको आत्मबल बढाउनु...

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधार केन्द्रित : अर्थमन्त्री वाग्ले

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:१५

  काठमाडौं । अर्थमन्त्री स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४...

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान गर्न माग

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २१:०९

  काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी...

राष्ट्रिय नागरिक घोषणापत्र २०८३ सार्वजनिक, लोकतन्त्र र नागरिक अधिकार संरक्षणमा जोड

राष्ट्रिय नागरिक घोषणापत्र २०८३ सार्वजनिक, लोकतन्त्र र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १६:१३

काठमाडौं । गैरसरकारी संस्था महासंघ नेपालले लोकतन्त्र, मानवअधिकार, सामाजिक न्याय...

विद्युत् नियमन आयोगका पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धा प्रक्रिया सुरु

विद्युत् नियमन आयोगका पदाधिकारी नियुक्तिका लागि खुला...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १३:३४

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सावर्जनिक

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सावर्जनिक

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:५५

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सावर्जनिक काठमाडौं । सञ्चालनमा रहेका २०...