Media and Marketing Smart Ideas Pvt. Ltd. Affiliate of Hamro Patro, Inc.
NIMB
TATA Banner

नेपाल कृषि प्रधान देश भएतापनि कृषिमै आत्मनिर्भर हुन नसक्नु दुखद् : सांसद साउद

 

काठमाडौं । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सांसद डा. एनपी साउदले नेपाल कृषि प्रधान मुलुक भएतापनि कृषिमै आत्मनिर्भर हुन नसकेको बताएका छन् ।

बुधवार प्रतिनिधि सभामा बोल्दै उनले नेपालमा भएको जनशक्ति, जलस्रोतलाई पर्याप्त रुपमा प्रयोग गर्न नसकिएको भन्दै कृषि क्षेत्रमा सरकारले काम गर्न नसकेको बताएका हुन् ।

उनले भने,‘मुलुक कृषि प्रधान देश हो तर कृषिमै आत्मनिर्भर हुन सकेको छैन । त्यसका लागि धेरै कुरा जिम्मेवार छन् । हामीसँग भएको जनशक्ति, जलस्रोतलाई प्रयाप्तरुपमा प्रयोग गर्न सकिएको छैन ।

जलआधारहरुको परिवर्तन गरेर, सिंचाईको नहरहरुको विकास गरेर हामी कृषिमा आत्मनिर्भर हुन सक्दछौ । कृषिमा ९० प्रतिशत नेपालीहरु संग्लन भएकाले सम्पुर्ण नेपालीको जीवनयापन सहज बनाउन सरकारले काम गनुपर्छ ।’

यस्तै उनले महाकाली करिडोरमा हरेक वर्ष बजेट आउने तर काम हुन नसकेको भन्दै करिडोरको काम छिटो र समयमा सम्पन्न गर्न सके धेरै फाइदा हुने बताएका छन् ।

‘महाकाली करिडोरको लागि हरेक वर्ष बजेट आउँछ त्यो कोरिडोर महेन्द्रनगर देखि तिब्बतको तिङकरसम्म फैलिएको छ त्यसलाई छोटो, छरितो र समयमा सम्पन्न गर्न सके उत्तर दक्षिणकाबीचमा व्यापारिक रुपमा पनि फाइदा दिन सक्दछ,’ उनले भने ।

 

 

पहिलो महिला प्रधानमन्त्री कार्कीका चुनौति : जेनजी र दलहरुलाई रिझाउनै मुस्किल

पहिलो महिला प्रधानमन्त्री कार्कीका चुनौति : जेनजी...

वि.सं.२०८२ असोज २५ शनिवार २२:५२

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी...

भूमि आयोग खारेज गरिएकोमा आपत्ति, आन्दोलनको चेतावनी

भूमि आयोग खारेज गरिएकोमा आपत्ति, आन्दोलनको चेतावनी

वि.सं.२०८२ असोज २५ शनिवार २२:४७

  काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने...

एनआरएनए एकताका लागि लचकता अपनाउँदैछौं : अध्यक्ष डा. बद्री केसी

एनआरएनए एकताका लागि लचकता अपनाउँदैछौं : अध्यक्ष...

वि.सं.२०८२ असोज २५ शनिवार २२:४०

  काठमाडौं । ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रसहित सन्...

एनआरएनएमा कागजी होइन्, भावनात्मक एकता आवश्यक छ : कुल आचार्य

एनआरएनएमा कागजी होइन्, भावनात्मक एकता आवश्यक छ...

वि.सं.२०८२ असोज २५ शनिवार २२:३५

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष कुल आचार्यले एनआरएनएबीचको...

कामना सेवा विकास बैंकको अध्यक्षमा पुन : सुदिप आचार्य

कामना सेवा विकास बैंकको अध्यक्षमा पुन :...

वि.सं.२०८२ असोज २४ शुक्रवार २१:३७

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा...

राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन् : महानिरीक्षक खापुङ्ग

राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन्...

वि.सं.२०८२ असोज २४ शुक्रवार १६:३७

  काठमाडौं । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले पूर्वप्रधानमन्त्री र...