CG Electronics
IME Life
NIMB

नेपालमा उत्पादन भएका वस्तुको निर्यात बढाउन मन्त्री भण्डारीको सुझाव

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले नेपालभित्र उत्पादन भएको वस्तुको निर्यात बढाउनुपर्ने बताएका छन् ।

विहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपालीहरुले अब आफ्ना वस्तुहरुलाई उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नुपर्ने भन्दै यसमा निजी क्षेत्रपनि उत्पादकत्व वृद्धिमा सहयोग पु¥याउनुपर्ने बताए ।

उनले भने, ‘नेपाली वस्तु र छिमेकी मुलुक मित्र राष्ट्रहरुबाट आएका वस्तुहरु समेतलाई राखेर झण्डै साता दिनको व्यापार मेलाको आयोजना भएको छ । मन्त्रालयको पनि सहभागिता छ । हामीले देशभित्र उत्पादित्त वस्तुहरुलाई संसारले देख्नेगरि, नेपालीहरुले पनि अब आफ्ना वस्तुहरुलाई उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सक्छ । यद्यपी, आज पनि निर्यातको अवस्था अपेक्षा गरे अनुसार हुन सकेको छैन् ।

आयात निर्यातको अवस्था सबैले देखेकै छौं । धेरै आयात गर्छौ, न्यून रुपमा निर्यात गर्न सकिरहेका छौ । यसलाइ वृद्धि गर्नुपर्छ । त्यसका लागि विशेष रुपमा निजी क्षेत्रले उद्योगको क्षेत्रमा उत्पादकत्व वृद्धि गर्नुपर्छ । त्यसको बजारीकरण गर्नुपर्छ ।’
यस्तै, उनले विभिन्न प्राकृतिक प्रकोपहरुका कारण नेपालको बजार सुस्ताएको भन्दै यसलाई उठाउनका लागि थुप्रै नीतिगत कुराहरुलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

उनले भने, ‘व्यापारको क्षेत्रमा हामी पछाडि छौं । तर सम्भावनाको हिसाबले धेरै अगाडि छौ । सम्भावनालाई आत्मसाथ गर्नुपर्ने छ, प्रतिस्पर्धामा अगाडि बढ्नुपर्ने छ । उद्योगको क्षेत्रमा केही समस्याहरु आएका छन् । विभिन्न प्राकृतिक प्रकोपहरुका कारण पनि नेपालको बजार सुस्ताएको छ । यसलाई उठाउनुपर्छ र उठाउनको लागि थुप्रै नीतिगत कुराहरुलाई सरकारले प्राथमिकतामा राखेको छ ।’

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...