Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

गोन्द्राङमा साढे करोड बढी लागतमा राईनो पार्क बन्दै, मेयर दाहालद्धारा शिलान्यास

चितवन । भरतपुर–१२ को गोन्द्राङमा नगर स्तरीय पार्क निर्माण हुने भएको छ । साढे करोड बढी लागतमा निर्माण हुने राईनो पार्क तथा खुला चिडियाखानाको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गर्नुभयो । उहाँले भरतपुर महानगरपालिकाको एक वडा, एक पार्कको नीति अनुसार राजमार्गसँग जोडिएको यस ठाँउमा पार्क निर्माण गर्न लागिएको बताउनुभयो ।

उहाँका अनुसार यो पार्कमा विभिन्न पर्यटकीय पूर्वाधारहरु निर्माण र सौन्दर्यकरणको काम हुनेछ ।
राईनो पार्क भरतपुर आउने पर्यटकलाई नजिकै छोटो समय घुमघाम गर्न उपयुक्त स्थान बन्ने विश्वास व्यक्त गर्नुभयो ।

बेलशहर सामुदायिक वन क्षेत्रमा पर्ने पार्क ८ विघा क्षेत्रफलमा निर्माण हुनेछ । गौतम मोर्डन जेभीले २०८२ कात्र्तिक ७ गतेभित्र निर्माण सम्पन्न हुने गरी मूल्य अभिवृद्धि करसहित रु २ करोड २३ लाख ८ हजार ६५४ रुपैयाँमा पार्कको निर्माण गर्नेछ ।

भरतपुर महागनरपालिकाका सिनियर डिभिजनल ईन्जिनियर सन्तोष आर्चायले यो रकमबाट वन्यजन्तु उद्धार भवन, गोही, सर्प, माछा, कछुवाको लागि पोखरी, म्युजियम, फुटपाथ, घेराबारसहितको खुला चिडियाखाना र विश्रामका लागि गोलघर निर्माण हुनेछ ।

कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले पार्क निर्माणले पर्यापर्यटनलाई सहयोग पुराउने उल्लेख गर्नुभयो ।

यस्तै महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले पार्कमा ठेक्कामा उल्लेख भएका सबै संरचना बन्दा निकै आर्कषक पार्क निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रम भरतपुर महानगरपालिका वडा नम्बर–१२ का अध्यक्ष लेखराज पन्तको अध्यक्षतामा भएको थियो ।

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन : मन्त्री भण्डारी

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:३४

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शरदसिंह भण्डारीले बालश्रम...

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:२१

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी...

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:१२

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी...

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

वि.सं.२०८२ असार ३१ मंगलवार १६:४५

काठमाडौं । नेपालको पहिलो खाना डेलिभरी कम्पनी फुडमाण्डुले सन् २०१०...

भेटायो को नयाँ अफर – सोफा सफाइ सेवा अब मात्र ६ सय प्रति सिटरमा !

भेटायो को नयाँ अफर – सोफा सफाइ...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:३९

काठमाडौं। घरको सौन्दर्य र स्वास्थ्य दुवैलाई ध्यानमा राख्दै, भेटायोले प्रति...

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:२८

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई झम्सिखेल, पुल्चोक,...