Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

३५१९ मिटर उचाईमा सार्वजनिक भयो ‘म्याक्सस इ-टेरोन ९’

 

मनाङ । नेपालमै पहिलो पटक उच्च भू–भागमा लक्जरी इलेक्ट्रिक फोरह्विल ‘म्याक्सस इ-टेरोन ९ पिकअप’ सार्वजनिक भएको छ ।

अटोमोबाइल व्यवसायी आकाश गोल्छा, कम्पनीका प्रवन्ध निर्देशक सौरब थापा लगायतले एक कार्यक्रमबीच पिकअप सार्वजनिक गरेका हुन् । पिकअप सार्वजनिकसँगै ‘एअर सस्पेन्सन’को सफल प्रदर्शन पनि गरिएको प्रवन्ध निर्देशक सौरब थापाले बताएका छन ।

 

यसबाट नेपालको विद्युतीय सवारी साधन यात्रामा नविनतम आयाम थप भएको छ । नेपालको अटोमोबाइल बजारमा अग्रणी पहिचान बनाउन सफल हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्स प्रा.लि.ले नेपालमै पहिलो पटक हिमालको काखमा पिकअप सार्वजनिक गरेको छ ।

‘म्याक्सस इ-टेरोन ९ पिकअप’लाई काठमाडौंदेखि मनाङसम्मको यात्रासहित मनाङमा भव्य कार्यक्रमबीच सार्वजनिक गरिएको छ । ३,५१९ मिटर (११,५४५ फिट) उचाइमा अवस्थित मनाङ जिल्लामा आयोजित कार्यक्रमले नेपालको जस्तोसुकै विकट भौगोलिक संरचनामा पनि यो विद्युतीय सवारीसाधन उपयुक्त छ भन्ने कुरा प्रमाणित गरेको छ ।

नेपालको इतिहास मै पहिलो पटक यस्तो उचाइमा लक्जरी इलेक्ट्रिक पिकअपको आधिकारिक रुपमा सार्वजनिक भएको हो । एग्रेसिभ लुक भएको यो पिकअप नेपालमा आयात हुने कुनै पनि अन्य पिकअप भन्दा हरेक कुरामा अब्बल रहेको छ भनेर कम्पनीको दाबी छ।

किन मनाङमा गरियो सार्वजनिक ?

हिमालय मोट्रक्सले म्याक्सस इ-टेरोन ९ को लन्चिङका लागि मनाङ छानेको हो । मनाङमा म्याक्सस पिकअप सार्वजनिक गर्ने निर्णय केवल एक स्थल चयन मात्र नभई विद्युतीय सवारीका क्षेत्रमा भएको नविनतम आयामको प्रदर्शनका लागि यो एक सन्देश पनि हो । कठोर हिमाली भूभाग, चट्टानी बाटो र उच्च उचाइका कारण मनाङ नेपालकै चुनौतीपूर्ण अफरोड क्षेत्रमध्ये एक हो । यस्तो स्थानमा सफल परीक्षण र प्रदर्शन गरेर, कम्पनीले यो विद्युतीय पिकअपको डुअल मोटर फोरह्विल प्रणाली, एडप्टिभ एअर सस्पेन्सन र सम्पूर्ण भू–भागमा सहज संचालन क्षमताको प्रमाण प्रस्तुत गरेको छ ।

म्याक्सस इ-टेरोन ९,नवप्रवर्तन र शक्तिसँगको समायोजन:

शहरी सडकदेखि हिमाली बाटासम्म सहजै संचालन गर्न डिजाइन गरिएको म्याक्सस इ-टेरोन ९, नेपालकै पहिलो लक्जरी इलेक्ट्रिक पिकअप हो । जसमा एडजस्टेबल एअर सस्पेन्सन समावेश छ । चाहे शहर होस् वा हिमाल, यसले शक्ति, दायरा र आरामको नयाँ परिभाषा दिएको छ ।

लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि

लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री...

वि.सं.२०८२ असार ३ मंगलवार ०९:२७

  काठमाडौं । विश्वव्यापी विद्युतीय सवारी साधन निर्माता सेरेसले सन्२०२५को...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल बाँडफाँड सम्पन्न, कुन कुन ब्राण्ड सहभागि हुँदैछन ?

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल...

वि.सं.२०८२ असार ३ मंगलवार ०९:२०

  काठमाडौं । नाइमा नेपाल मोलिटि एक्स्पो २०२५ आगामी साउन...

सी.जी. मोटर्स हिरोद्वारा पोखरामा ‘एक्सट्रयाक’, अफ-रोड ट्रयाक राइडिङ्गको अद्भुत अनुभव प्रदान गर्ने लक्ष्य

सी.जी. मोटर्स हिरोद्वारा पोखरामा ‘एक्सट्रयाक’, अफ-रोड ट्रयाक...

वि.सं.२०८२ असार १ आइतवार ००:११

  काठमाडौं । सी.जी. हिरो मोटोकर्पले पहिलो संस्करणको रुपमा धुलिखेलमा...

अन्तर्राष्ट्रिय व्यापारका लागि राष्ट्र बैंकले एलसीको व्यवस्था गर्नपर्छ : ऋतुसिंह वैद्य

अन्तर्राष्ट्रिय व्यापारका लागि राष्ट्र बैंकले एलसीको व्यवस्था...

वि.सं.२०८२ जेठ ३१ शनिवार १३:५६

  काठमाडौं । नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा)की...

चीन अटो चोङछिङ सम्मेलन २०२५ मा नेपालको प्रतिनिधित्व गर्दै नाडा

चीन अटो चोङछिङ सम्मेलन २०२५ मा नेपालको...

वि.सं.२०८२ जेठ २८ बुधवार २३:०६

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले चीन अटो चोङछिङ...

नेपाल मोबिलिटी संवादको सिरिज सुरु, नीतिगत सहजीकरणमा जोड

नेपाल मोबिलिटी संवादको सिरिज सुरु, नीतिगत सहजीकरणमा...

वि.सं.२०८२ जेठ २८ बुधवार १८:३३

काठमाडौं । नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघको नेपाल मोबिलिटि...