सर्वोत्तम सिमेन्टको खुद नाफा ४ गुणाले वृद्धि, प्रतिशेयर आम्दानी १६.१६ रुपैयाँमा

Sunday May 18, 2025
वि.सं.२०८२ जेठ ४ आइतवार ००:०८

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा, सञ्चालन आम्दानी लगायतका वित्तीय सूचांकहरुमा बृद्धि भएको छ ।
समीक्षा अवधिसम्म कम्पनीले ६० करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसैअवधिमा कमाएको १२ करोड ७ लाख रुपैयाँ भन्दा ३९९.३३ प्रतिशतले धेरै हो । कम्पनीको सञ्चालन आम्दानी ४ अर्ब ५५ करोडबाट बढेर ६ अर्ब ८१ करोड पुगेको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा सर्वोतम् सिमेन्टको वित्तीय खर्च ३० करोड ४७ लाखबाट घटेर २२ करोड ७० लाख कायम भएको छ ।
चार अर्ब ९७ करोड ५५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको अदर इक्विटीमा ४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।
नाफा बढेसँगै यसको प्रतिसेयर आम्दानी १२.७० रुपैयाँले बढेर १६.१६ रुपैयाँ पुगको छ । प्रतिसेयर नेटवर्थ भने १९३.९३ रुपैयाँ रहेको छ ।