Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

जलवायु परिवर्तनको प्रभाव सामना गर्न हरित जलवायु कोषमा निजी क्षेत्रको पहुँच सुनिश्चित गर्नुपर्ने महासंघ अध्यक्ष ढकालको जोड

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले हरित जलवायु कोष जस्ता अन्तर्राष्ट्रिय जलवायु वित्तीय संयन्त्रहरूमा निजी क्षेत्रको पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ ।

निजी क्षेत्र जलवायु परिवर्तनको प्रभाव प्रत्यक्ष रूपमा भोगिरहेको भन्दै उहाँले त्यसको समाधानमा सक्रिय भूमिकाको लागि तयार रहेको उल्लेख गर्नुभयो ।

काठमाडौंमा जारी सगरमाथा संवादमा निजी क्षेत्रको तर्फबाट आफ्ना धारणा राख्दै अध्यक्ष ढकालले नेपालका व्यवसायिक क्षेत्रहरू पहिल्यैदेखि जलवायु परिवर्तनको प्रत्यक्ष असर झेलिरहेको बताउनुभयो ।

अध्यक्ष ढकालले जलवायु समाधानमा निजी क्षेत्रको भूमिका अझ सशक्त बनाउन जलवायु वित्तीय संयन्त्रहरूमा प्रत्यक्ष पहुँच आवश्यक भएको स्पष्ट पार्नुभयो । “यदि नेपालले जलवायु परिवर्तनसँग जुध्न प्रभावकारी रूपमा अनुकूलन र प्रतिक्रिया दिनु प¥यो भने, अन्तर्राष्ट्रिय जलवायु वित्तीय स्रोतहरूमा निजी क्षेत्रको पहुँच सरल र सहज हुनुपर्छ,” उहाँले जोड दिनुभयो ।

आपूर्ती श्रृंखलामा अवरोध, कृषि तथा पर्यटनमा संकट यी सबै जलवायु परिवर्तनका कारण भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यी समस्या समाधानको लागि विश्व समुदायको तत्काल ध्यान जान जरुरी रहेको बताउनु भयो ।

नेपालका होटलहरू सौर्य ऊर्जामा रूपान्तरण भइरहेको, किसानहरूले जलवायु–मैत्री विधिहरू अपनाइरहेको र जलविद्युत् कम्पनीहरूले स्वच्छ ऊर्जामा लगानी बढाइरहेका उल्लेख गर्दै अध्यक्ष निजी क्षेत्रले गरेका प्रयासलाई विस्तारमा थप सहयोग आवश्यक रहेको बताउनु भयो ।

तेस्रो ध्रुव (थर्डपोल) का रुपमा परिचित हिमालय क्षेत्र विश्वका अन्य क्षेत्रभन्दा तीव्र रूपमा तातिरहेको; यसले बाढीपहिरो र नदी प्रणालीमा परिवर्तन ल्याइरहेको; यसको असर पानी आपूर्ति, कृषि, र लाखौं मानिसको जीविकोपार्जनमा देखिएको भन्दै अध्यक्ष ढकालले विश्वसमुदायको धयानाकृष्ट गराउनु भयो ।

विदेशी लगानी र प्रविधि हस्तान्तरणले नेपालको जलवायु सहनशीलता बलियो बनाउन ठूलो भूमिका खेल्ने भन्दै उहाँले नेपाल सरकारले लगानीमैत्री वातावरण बनाउन ३० भन्दा बढी कानुनमा सुधार गरेको, दुईपक्षीय लगानी सम्झौताको रूपरेखा तयार गरेको, र हाल विदेशी मुद्रा सञ्चिति १७.६३ अर्ब अमेरिकी डलर पुगेको जानकारी दिँदै अन्तर्राष्ट्रिय साझेदार र लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो ।

हिमालहरू जोगाउन, जनताको भविष्य सुरक्षित गर्न, र समावेशी, सुरक्षित तथा दिगो भविष्य निर्माण गर्न ढिला गर्न नहुने भन्दै अध्यक्ष ढकालले त्यो सहकार्यका लागि विश्व समुदायलाई आग्रह गर्नु भयो । उहाँले त्यो साझेदारी र र सहकार्यका लागि निजी क्षेत्र सधैं तयार रहेको समेत बताउनु भयो ।

सामान्य प्रशासनमन्त्री गुप्ताको सफलता : संविधानपछिको महत्वपूर्ण विधेयक प्रतिनिधि सभामा पेस

सामान्य प्रशासनमन्त्री गुप्ताको सफलता : संविधानपछिको महत्वपूर्ण...

वि.सं.२०८२ असार ३ मंगलवार २३:१५

  काठमाडौं । संविधानपछि सबैभन्दा महत्त्वपूर्ण मानिएको 'सङ्घीय निजामती सेवाको...

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरकालागि आवेदन दिने आज अन्तिम दिन

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरकालागि आवेदन...

वि.सं.२०८२ असार ३ मंगलवार ०९:५१

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल बाँडफाँड सम्पन्न, कुन कुन ब्राण्ड सहभागि हुँदैछन ?

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल...

वि.सं.२०८२ असार ३ मंगलवार ०९:२०

  काठमाडौं । नाइमा नेपाल मोलिटि एक्स्पो २०२५ आगामी साउन...

कर्मचारीतन्त्रले नागरिकको मन जित्न सकेमात्र लोकतन्त्र दरिलो हुन्छ : राष्ट्रपति

कर्मचारीतन्त्रले नागरिकको मन जित्न सकेमात्र लोकतन्त्र दरिलो...

वि.सं.२०८२ असार १ आइतवार १६:२३

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहज, सरल र प्रभावकारी...

राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ : प्रधानमन्त्री ओली

राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ :...

वि.सं.२०८२ असार १ आइतवार १६:१७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कार्य सफलता कर्मचारीतन्त्रमा...

बजारबाट आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

बजारबाट आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र...

वि.सं.२०८२ असार १ आइतवार १६:१५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ...