CG Electronics
IME Life
NIMB

जलवायु परिवर्तनको प्रभाव सामना गर्न हरित जलवायु कोषमा निजी क्षेत्रको पहुँच सुनिश्चित गर्नुपर्ने महासंघ अध्यक्ष ढकालको जोड

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले हरित जलवायु कोष जस्ता अन्तर्राष्ट्रिय जलवायु वित्तीय संयन्त्रहरूमा निजी क्षेत्रको पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ ।

निजी क्षेत्र जलवायु परिवर्तनको प्रभाव प्रत्यक्ष रूपमा भोगिरहेको भन्दै उहाँले त्यसको समाधानमा सक्रिय भूमिकाको लागि तयार रहेको उल्लेख गर्नुभयो ।

काठमाडौंमा जारी सगरमाथा संवादमा निजी क्षेत्रको तर्फबाट आफ्ना धारणा राख्दै अध्यक्ष ढकालले नेपालका व्यवसायिक क्षेत्रहरू पहिल्यैदेखि जलवायु परिवर्तनको प्रत्यक्ष असर झेलिरहेको बताउनुभयो ।

अध्यक्ष ढकालले जलवायु समाधानमा निजी क्षेत्रको भूमिका अझ सशक्त बनाउन जलवायु वित्तीय संयन्त्रहरूमा प्रत्यक्ष पहुँच आवश्यक भएको स्पष्ट पार्नुभयो । “यदि नेपालले जलवायु परिवर्तनसँग जुध्न प्रभावकारी रूपमा अनुकूलन र प्रतिक्रिया दिनु प¥यो भने, अन्तर्राष्ट्रिय जलवायु वित्तीय स्रोतहरूमा निजी क्षेत्रको पहुँच सरल र सहज हुनुपर्छ,” उहाँले जोड दिनुभयो ।

आपूर्ती श्रृंखलामा अवरोध, कृषि तथा पर्यटनमा संकट यी सबै जलवायु परिवर्तनका कारण भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यी समस्या समाधानको लागि विश्व समुदायको तत्काल ध्यान जान जरुरी रहेको बताउनु भयो ।

नेपालका होटलहरू सौर्य ऊर्जामा रूपान्तरण भइरहेको, किसानहरूले जलवायु–मैत्री विधिहरू अपनाइरहेको र जलविद्युत् कम्पनीहरूले स्वच्छ ऊर्जामा लगानी बढाइरहेका उल्लेख गर्दै अध्यक्ष निजी क्षेत्रले गरेका प्रयासलाई विस्तारमा थप सहयोग आवश्यक रहेको बताउनु भयो ।

तेस्रो ध्रुव (थर्डपोल) का रुपमा परिचित हिमालय क्षेत्र विश्वका अन्य क्षेत्रभन्दा तीव्र रूपमा तातिरहेको; यसले बाढीपहिरो र नदी प्रणालीमा परिवर्तन ल्याइरहेको; यसको असर पानी आपूर्ति, कृषि, र लाखौं मानिसको जीविकोपार्जनमा देखिएको भन्दै अध्यक्ष ढकालले विश्वसमुदायको धयानाकृष्ट गराउनु भयो ।

विदेशी लगानी र प्रविधि हस्तान्तरणले नेपालको जलवायु सहनशीलता बलियो बनाउन ठूलो भूमिका खेल्ने भन्दै उहाँले नेपाल सरकारले लगानीमैत्री वातावरण बनाउन ३० भन्दा बढी कानुनमा सुधार गरेको, दुईपक्षीय लगानी सम्झौताको रूपरेखा तयार गरेको, र हाल विदेशी मुद्रा सञ्चिति १७.६३ अर्ब अमेरिकी डलर पुगेको जानकारी दिँदै अन्तर्राष्ट्रिय साझेदार र लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो ।

हिमालहरू जोगाउन, जनताको भविष्य सुरक्षित गर्न, र समावेशी, सुरक्षित तथा दिगो भविष्य निर्माण गर्न ढिला गर्न नहुने भन्दै अध्यक्ष ढकालले त्यो सहकार्यका लागि विश्व समुदायलाई आग्रह गर्नु भयो । उहाँले त्यो साझेदारी र र सहकार्यका लागि निजी क्षेत्र सधैं तयार रहेको समेत बताउनु भयो ।

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:२४

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...