CG Electronics
IME Life
NIMB

वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

NIMB
Himalayan Bank

 

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मन्त्रालय वा अन्तर्गतका निकायबाट स्वीकृत भएका वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

मन्त्रालयले बुधबार आयोजना गरेको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले वार्षिक कार्यक्रम कार्यान्वयन कार्ययोजना बमोजिमका बाँकी काम समयमै सम्पन्न गर्न सबै निकाय र कर्मचारीलाई निर्देश गर्नुभएको हो ।

सो अवसरमा उहाँले मन्त्रालयको तेस्रो त्रैमासिकसम्मको कार्यसम्पादन सन्तोषजनक रहेको जानकारी दिनुभयो । तर, अन्तरनिकाय समन्वयबाट गर्नुपर्ने कतिपय कामहरूमा ढिलाइ भइरहेको उहाँको भनाइ छ । ‘मन्त्रालयले सम्पन्न गर्नुपर्ने कतिपय कामहरू अन्तरनिकाय समन्वयबाट गर्नुपर्ने छन्,’ मन्त्री गुप्ताले भन्नुभयो, ‘अर्थ मन्त्रालयको समन्वयमा वित्तीय हस्तान्तरण गर्नुपर्ने कार्यको बिलम्बताले नतिजा प्राप्तिमा असर गरेको छ । यस्ता कार्यलाई पनि समयमै सम्पन्न गर्न सचिवज्यूलगायत सबै कर्मचारीलाई निर्देशन गर्दछु ।’

यस्तै उहाँले मन्त्रालयबाट कार्यसम्पादन गर्दा राष्ट्रिय योजना आयोगबाट प्राप्त सुझावलाई विशेष ध्यान दिने गरिएको चर्चा गर्नुहुँदै निकायगत प्रतिनिधिहरूबाट प्राप्त सुझावका लागि आभारसमेत प्रकट गर्नुभयो ।

सो अवसरमा उहाँले ७५३ वटै स्थानीय तहको कार्य प्रगति लिने तथा असल अभ्यास आदान–प्रदान गर्ने कार्यक्रम गरिएको र त्यसबाट सङ्घीयता कार्यान्वयनमा मन्त्रालयको भूमिका थप प्रभावकारी बनाउनुपर्ने देखिएको उल्लेख गर्नुभयो ।

‘सङ्घीयता कार्यान्वयनमा मन्त्रालयको भूमिका थप प्रभावकारी बनाउनु पर्ने देखिएको छ,’ उहाँले भन्नुभयो, ‘स्थानीय तहका दैनिक सेवा प्रवाह र विकास व्यवस्थापनमा अन्तरनिकाय समन्वय गराउने, सहजीकरण गर्ने र अभिभावकत्व प्रदान गर्न सबै कर्मचारी तथा निकायलाई थप गतिशील भई लाग्न अनुरोध गर्दछु ।’

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:२४

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...