Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

 

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मन्त्रालय वा अन्तर्गतका निकायबाट स्वीकृत भएका वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

मन्त्रालयले बुधबार आयोजना गरेको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले वार्षिक कार्यक्रम कार्यान्वयन कार्ययोजना बमोजिमका बाँकी काम समयमै सम्पन्न गर्न सबै निकाय र कर्मचारीलाई निर्देश गर्नुभएको हो ।

सो अवसरमा उहाँले मन्त्रालयको तेस्रो त्रैमासिकसम्मको कार्यसम्पादन सन्तोषजनक रहेको जानकारी दिनुभयो । तर, अन्तरनिकाय समन्वयबाट गर्नुपर्ने कतिपय कामहरूमा ढिलाइ भइरहेको उहाँको भनाइ छ । ‘मन्त्रालयले सम्पन्न गर्नुपर्ने कतिपय कामहरू अन्तरनिकाय समन्वयबाट गर्नुपर्ने छन्,’ मन्त्री गुप्ताले भन्नुभयो, ‘अर्थ मन्त्रालयको समन्वयमा वित्तीय हस्तान्तरण गर्नुपर्ने कार्यको बिलम्बताले नतिजा प्राप्तिमा असर गरेको छ । यस्ता कार्यलाई पनि समयमै सम्पन्न गर्न सचिवज्यूलगायत सबै कर्मचारीलाई निर्देशन गर्दछु ।’

यस्तै उहाँले मन्त्रालयबाट कार्यसम्पादन गर्दा राष्ट्रिय योजना आयोगबाट प्राप्त सुझावलाई विशेष ध्यान दिने गरिएको चर्चा गर्नुहुँदै निकायगत प्रतिनिधिहरूबाट प्राप्त सुझावका लागि आभारसमेत प्रकट गर्नुभयो ।

सो अवसरमा उहाँले ७५३ वटै स्थानीय तहको कार्य प्रगति लिने तथा असल अभ्यास आदान–प्रदान गर्ने कार्यक्रम गरिएको र त्यसबाट सङ्घीयता कार्यान्वयनमा मन्त्रालयको भूमिका थप प्रभावकारी बनाउनुपर्ने देखिएको उल्लेख गर्नुभयो ।

‘सङ्घीयता कार्यान्वयनमा मन्त्रालयको भूमिका थप प्रभावकारी बनाउनु पर्ने देखिएको छ,’ उहाँले भन्नुभयो, ‘स्थानीय तहका दैनिक सेवा प्रवाह र विकास व्यवस्थापनमा अन्तरनिकाय समन्वय गराउने, सहजीकरण गर्ने र अभिभावकत्व प्रदान गर्न सबै कर्मचारी तथा निकायलाई थप गतिशील भई लाग्न अनुरोध गर्दछु ।’

सामान्य प्रशासनमन्त्री गुप्ताको सफलता : संविधानपछिको महत्वपूर्ण विधेयक प्रतिनिधि सभामा पेस

सामान्य प्रशासनमन्त्री गुप्ताको सफलता : संविधानपछिको महत्वपूर्ण...

वि.सं.२०८२ असार ३ मंगलवार २३:१५

  काठमाडौं । संविधानपछि सबैभन्दा महत्त्वपूर्ण मानिएको 'सङ्घीय निजामती सेवाको...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल बाँडफाँड सम्पन्न, कुन कुन ब्राण्ड सहभागि हुँदैछन ?

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल...

वि.सं.२०८२ असार ३ मंगलवार ०९:२०

  काठमाडौं । नाइमा नेपाल मोलिटि एक्स्पो २०२५ आगामी साउन...

कर्मचारीतन्त्रले नागरिकको मन जित्न सकेमात्र लोकतन्त्र दरिलो हुन्छ : राष्ट्रपति

कर्मचारीतन्त्रले नागरिकको मन जित्न सकेमात्र लोकतन्त्र दरिलो...

वि.सं.२०८२ असार १ आइतवार १६:२३

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहज, सरल र प्रभावकारी...

राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ : प्रधानमन्त्री ओली

राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ :...

वि.सं.२०८२ असार १ आइतवार १६:१७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कार्य सफलता कर्मचारीतन्त्रमा...

बजारबाट आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

बजारबाट आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र...

वि.सं.२०८२ असार १ आइतवार १६:१५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ...

हेवा खोलाको पुल भाँचिएको घटनाबार छानविन गर्न समिति गठन

हेवा खोलाको पुल भाँचिएको घटनाबार छानविन गर्न...

वि.सं.२०८२ असार १ आइतवार १४:५९

  काठमाडौं । मेची राजमार्गको फिदिम–ताप्लेजुङ् सडक खण्डमा पर्ने फिदिम–४...