CG Electronics
IME Life
NIMB

औद्योगिक पूर्वाधारको विकासमा जोड, ७५३ तहमा खाद्य व्यापार कम्पनीको सम्झौता

NIMB
Himalayan Bank

 

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक पूर्वाधारको विकास गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

आइतबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले खाद्य व्यापार तथा व्यवस्थापन कम्पनी लिमिटेडले अब जिल्लास्तरमा नै रैथाने बालीको संरक्षण गर्ने र ७५३ वटा पालिकाहरुसँग खाद्य व्यापार कम्पनीले सम्झौता गर्ने बताएका हुन् ।

उनले भने, ‘औद्योगिक पूर्वाधारको विकास गर्नुपर्ने छ । खाद्य व्यापार तथा व्यवस्थापन कम्पनी लिमिटेडले अब जिल्लास्तरमा नै रैथाने बालीको संरक्षण गर्ने र ७५३ वटा पालिकाहरुसँग खाद्य व्यापार कम्पनीले सम्झौता गरेको छ ।

ति पालिकामा उत्पादन भएका वस्तुहरुलाई खाद्य व्यापार तथा व्यवस्थापन कम्पनी लिमिटेडले खरिद गर्ने र त्यहाँ जे चिजको आवश्यकता छ त्यो खाद्य व्यापारले पूरा गर्ने योजनाका साथ काम गरिरहेको छ । अहिले करिब एकसय वटा पालिकाहरुसँग सम्झौता गरिसकिएको छ ।’

साथै उनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयसँग विनियोजित बजेट आठ अर्ब २० करोडको आसपासमा रहेको बताए । उनले जबसम्म नेपालको जिडिपिमा उद्योग र उद्यमशिलताको योगदान हुँदैन तबसम्म आजका चुनौतिहरुको सामना गर्न नसकिने बताएका छन् ।

उनले भने, ‘हामीले चुनौतिहरुलाई अवसरमा बदल्नुपर्छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयसँग विनियोजित बजेटको ०.४ प्रतिशत हामीसँग बजेट छ । आठ अर्ब २० करोडको आसपासमा बजेट छ ।
कुनैबेला नेपालको जिडिपिमा १३ प्रतिशतको योगदान थियो उद्योग क्षेत्रको आज हामी पाँच प्रतिशतको आसपासमा छौं । जबसम्म नेपालको जिडिपिमा उद्योग र उद्यमशिलताको योगदान हुँदैन तबसम्म आजका चुनौतिहरुको सामना गर्न सकिँदैन । त्यसैले यसलाई विशेष प्राथमिकतामा राख्नुपर्छ ।’

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...