Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

औद्योगिक पूर्वाधारको विकासमा जोड, ७५३ तहमा खाद्य व्यापार कम्पनीको सम्झौता

 

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक पूर्वाधारको विकास गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

आइतबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले खाद्य व्यापार तथा व्यवस्थापन कम्पनी लिमिटेडले अब जिल्लास्तरमा नै रैथाने बालीको संरक्षण गर्ने र ७५३ वटा पालिकाहरुसँग खाद्य व्यापार कम्पनीले सम्झौता गर्ने बताएका हुन् ।

उनले भने, ‘औद्योगिक पूर्वाधारको विकास गर्नुपर्ने छ । खाद्य व्यापार तथा व्यवस्थापन कम्पनी लिमिटेडले अब जिल्लास्तरमा नै रैथाने बालीको संरक्षण गर्ने र ७५३ वटा पालिकाहरुसँग खाद्य व्यापार कम्पनीले सम्झौता गरेको छ ।

ति पालिकामा उत्पादन भएका वस्तुहरुलाई खाद्य व्यापार तथा व्यवस्थापन कम्पनी लिमिटेडले खरिद गर्ने र त्यहाँ जे चिजको आवश्यकता छ त्यो खाद्य व्यापारले पूरा गर्ने योजनाका साथ काम गरिरहेको छ । अहिले करिब एकसय वटा पालिकाहरुसँग सम्झौता गरिसकिएको छ ।’

साथै उनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयसँग विनियोजित बजेट आठ अर्ब २० करोडको आसपासमा रहेको बताए । उनले जबसम्म नेपालको जिडिपिमा उद्योग र उद्यमशिलताको योगदान हुँदैन तबसम्म आजका चुनौतिहरुको सामना गर्न नसकिने बताएका छन् ।

उनले भने, ‘हामीले चुनौतिहरुलाई अवसरमा बदल्नुपर्छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयसँग विनियोजित बजेटको ०.४ प्रतिशत हामीसँग बजेट छ । आठ अर्ब २० करोडको आसपासमा बजेट छ ।
कुनैबेला नेपालको जिडिपिमा १३ प्रतिशतको योगदान थियो उद्योग क्षेत्रको आज हामी पाँच प्रतिशतको आसपासमा छौं । जबसम्म नेपालको जिडिपिमा उद्योग र उद्यमशिलताको योगदान हुँदैन तबसम्म आजका चुनौतिहरुको सामना गर्न सकिँदैन । त्यसैले यसलाई विशेष प्राथमिकतामा राख्नुपर्छ ।’

मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

वि.सं.२०८२ असार २९ आइतवार १२:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको आगामी आर्थिक...

बुटवलको अपार सफलतापछि काठमाडौंमा पनि खुल्यो करेन्ट पोइन्ट : राजधानीका करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्जा लिन पाउने

बुटवलको अपार सफलतापछि काठमाडौंमा पनि खुल्यो करेन्ट...

वि.सं.२०८२ असार २९ आइतवार ११:३०

काठमाडौं । नेपाली बजारमा हट एण्ड स्पाइसि नुडल्स सेग्मेन्टमा आफ्नो...

साफ यू २० च्याम्पियनसिप : नेपालले घरेलु टिम बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

साफ यू २० च्याम्पियनसिप : नेपालले घरेलु...

वि.सं.२०८२ असार २९ आइतवार ०९:४७

  काठमाडौं । साफ यू २० महिला च्याम्पियनसिपमा नेपालले घरेलु...

आजको तरकारी र फलफूलको न्यूनतम थोक मूल्य (कालीमाटी बजार)

आजको तरकारी र फलफूलको न्यूनतम थोक मूल्य...

वि.सं.२०८२ असार २९ आइतवार ०९:३०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको छ : प्रधानमन्त्री

भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको...

वि.सं.२०८२ असार २९ आइतवार ०७:४३

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको...

राष्ट्रपति पौडेलद्वारा भानु जयन्तीको शुभकामना

राष्ट्रपति पौडेलद्वारा भानु जयन्तीको शुभकामना

वि.सं.२०८२ असार २९ आइतवार ०७:३९

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१२औँ...