CG Electronics
Ncell NPL
NIMB

एभरेष्ट बैंकद्वारा सिन्धुलीमा १३२औँ शाखा विस्तार, बागमती प्रदेशमा ४७ शाखा

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो शाखा विस्तार कार्यक्रम अन्तर्गत बागमती प्रदेशको सिन्धुली जिल्लामा नयाँ शाखा स्थापना गरेको छ। मिति २०८२ साल जेठ ५ गते कमलामाई नगरपालिका–६ मा उद्घाटन गरिएको यो शाखा बैंकको १३२औँ शाखा हो। यस शाखाको स्थापनासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ।

उद्घाटन समारोह कमलामाई नगरपालिकाका मेयर श्री उपेन्द्र कुमार पोखरेल र बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यको संयुक्त उपस्थितिमा सम्पन्न भयो। कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष श्री उज्जवल कुमार थापा, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष श्री देव नारायण श्रेष्ठ, प्रहरी नायब उपरीक्षक सूर्य प्रकाश सुबेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङलगायत बैंकका कर्मचारी तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।

उद्घाटन समारोहमा बोल्दै मेयर पोखरेलले बैंकको सेवा विस्तारले स्थानीयलाई गुणस्तरीय तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै, बैंकका अध्यक्ष डा. वैद्यले एभरेष्ट बैंक सिन्धुली शाखामार्फत अत्याधुनिक, सबल, सरल तथा उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो।

एभरेष्ट बैंकले देशभर शाखा विस्तारसँगै डिजिटल बैंकिङ्ग सेवा, ग्राहक केन्द्रित कार्यक्रम र पहुँचयोग्य वित्तीय सेवा प्रवाह गर्दै आएको छ। सिन्धुली शाखाबाट पनि स्थानीय जनतालाई समयसापेक्ष र विश्वसनीय बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको विश्वास छ।

 

एफवानसफ्ट (F1Soft) इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल नियुक्त

एफवानसफ्ट (F1Soft) इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:४६

काठमाडौँ, नेपाल, ३ बैशाख २०८३ — एफवानसफ्ट (F1Soft) इन्टरनेशनलले आफ्नो...

एनएमबि क्यापिटलको रेटिङ्ग अपग्रेड, ‘एनएमबि सरल बचत फण्ड–इ’ को आकार १० अर्ब पुर्‍याउन स्वीकृति

एनएमबि क्यापिटलको रेटिङ्ग अपग्रेड, ‘एनएमबि सरल बचत...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:४०

  काठमाडौं । एनएमबि क्यापिटल लिमिटेड ले महत्वपूर्ण उपलब्धि हासिल...

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:३४

काठमाडौं, वैशाख ३ — एन आई सी एशिया बैंक लिमिटेड...

सीजी ब्रान्डद्वारा वर्ष २०८३ का लागि नयाँ वार्षिक अभियान “Experience Life with CG” सार्वजनिक

सीजी ब्रान्डद्वारा वर्ष २०८३ का लागि नयाँ...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१९

काठमाडौँ । नेपालको अग्रणी र सर्वाधिक विश्वासिलो घरेलु उपकरण ब्रान्ड...

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका :...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१३

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...