Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

एभरेष्ट बैंकद्वारा सिन्धुलीमा १३२औँ शाखा विस्तार, बागमती प्रदेशमा ४७ शाखा

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो शाखा विस्तार कार्यक्रम अन्तर्गत बागमती प्रदेशको सिन्धुली जिल्लामा नयाँ शाखा स्थापना गरेको छ। मिति २०८२ साल जेठ ५ गते कमलामाई नगरपालिका–६ मा उद्घाटन गरिएको यो शाखा बैंकको १३२औँ शाखा हो। यस शाखाको स्थापनासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ।

उद्घाटन समारोह कमलामाई नगरपालिकाका मेयर श्री उपेन्द्र कुमार पोखरेल र बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यको संयुक्त उपस्थितिमा सम्पन्न भयो। कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष श्री उज्जवल कुमार थापा, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष श्री देव नारायण श्रेष्ठ, प्रहरी नायब उपरीक्षक सूर्य प्रकाश सुबेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङलगायत बैंकका कर्मचारी तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।

उद्घाटन समारोहमा बोल्दै मेयर पोखरेलले बैंकको सेवा विस्तारले स्थानीयलाई गुणस्तरीय तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै, बैंकका अध्यक्ष डा. वैद्यले एभरेष्ट बैंक सिन्धुली शाखामार्फत अत्याधुनिक, सबल, सरल तथा उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो।

एभरेष्ट बैंकले देशभर शाखा विस्तारसँगै डिजिटल बैंकिङ्ग सेवा, ग्राहक केन्द्रित कार्यक्रम र पहुँचयोग्य वित्तीय सेवा प्रवाह गर्दै आएको छ। सिन्धुली शाखाबाट पनि स्थानीय जनतालाई समयसापेक्ष र विश्वसनीय बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको विश्वास छ।

 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

वि.सं.२०८२ मंसिर १ सोमवार २३:२२

  काठमाडौं । बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमा उत्कृष्ट...

डाबर नेपाल सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीको रूपमा सम्मानित

डाबर नेपाल सबैभन्दा बढी आयकर दाखिला गर्ने...

वि.सं.२०८२ मंसिर १ सोमवार २३:०३

काठमाडौं । थर्ड आई इन्टरनेशनलले आर्थिक वर्ष २०७९/८० का लागि...

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति विवादमा

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:३९

  काठमाडौं — कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघकी अध्यक्ष...

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

आइएमई खल्ती लिमिटेडको नयाँ सिइओमा प्रविण रेग्मी नियुक्त

आइएमई खल्ती लिमिटेडको नयाँ सिइओमा प्रविण रेग्मी...

वि.सं.२०८२ मंसिर १ सोमवार २१:३७

  १ मंसिर, काठमाडौं — आइएमई डिजिटल सोलुसन लिमिटेड र...

एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपाल प्रिमियर लिग (NPL) को आधिकारिक ल्युब्रिकेन्ट पार्टनर घोषणा

एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपाल प्रिमियर...

वि.सं.२०८२ मंसिर १ सोमवार २१:२८

  काठमाडौं, नेपाल — एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपालको...