CG Electronics
IME Life
NIMB

डोलेश्वर भिलेज रिसोर्ट पब्लिक कम्पनीमा रुपान्तरण हुँदै, सिटिजन्स क्यापिटलसँग परामर्श सम्झौता

NIMB
Himalayan Bank

काठमाडौँ । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रा.लि. र सिटिजन्स क्यापिटल लिमिटेडबीच संस्थागत परामर्श सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतामा डोलेश्वर रिसोर्टका तर्फबाट अध्यक्ष रामनाथ मैनाली र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटलले डोलेश्वर रिसोर्टलाई प्रा।लि। बाट पब्लिक कम्पनीमा रुपान्तरण गर्ने प्रक्रिया सञ्चालन गर्नेछ । साथै, प्राथमिक शेयर निष्कासन (आईपीओ) का लागि आवश्यक तयारी, नियामक स्वीकृति प्राप्त गर्नेसम्मको सम्पूर्ण परामर्श सेवा प्रदान गरिने छ ।

२०७६ सालदेखि व्यवसाय सञ्चालनमा रहेको डोलेश्वर भिलेज रिसोर्ट भक्तपुरको डोलेश्वर क्षेत्रमै १० रोपनी क्षेत्रफलमा फैलिएको छ । हाल रिसोर्टमा १५ वटा गेष्ट कोठा छन् भने नयाँ कोठा थपेर संख्या ३५ पुर्याउने तयारी भइरहेको छ । स्वीमिङ पुलसमेत निर्माणाधीन अवस्थामा रहेको र सम्पूर्ण निर्माण कार्य चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको रिसोर्टले जनाएको छ ।

रिसोर्टभित्र ३०० जनासम्म अटाउने क्षमता भएका साना–ठूला गरी ३ वटा सभा हलहरू रहेका छन् । विवाह, ब्रतबन्ध, सेमिनार, गोष्ठी र पिकनिकको लागि उपयुक्त स्थानका रूपमा यो रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान तानेको छ ।

डोलेश्वर महादेव मन्दिरदेखि केवल २०० मिटर टाढा अवस्थित यस रिसोर्टले धार्मिक पर्यटनसँगै व्यवसायिक कार्यक्रमको केन्द्रविन्दु बन्ने आकांक्षा लिएको छ । पब्लिक कम्पनीको रूपमा रुपान्तरणपछि पूँजी संरचना विस्तार भई सेवा स्तर थप उन्नत हुने विश्वास गरिएको छ ।

 

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १८:४२

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड २०२६ अन्तर्गत ब्रोंज अवार्डबाट सम्मानित

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक...

वि.सं.२०८३ साउन ९ शनिवार १६:४०

  काठमाडौं, नेपाल – २०८३ श्रावण ४ – द ब्रिटिस...

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक निर्णय नभएको दाबी

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक...

वि.सं.२०८३ साउन ९ शनिवार १४:२५

  काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शिक्षा, विज्ञान...

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ सम्मान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई...

वि.सं.२०८३ साउन ९ शनिवार १४:१३

  काठमाडौं, नेपाल। नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)द्वारा...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा नयाँ एआई कार्यक्रम सुरु

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा...

वि.सं.२०८३ साउन ९ शनिवार १३:५५

  रोजगार प्रवर्द्धन: कार्यक्रमले उदीयमान प्रविधि शिक्षालाई उद्योग एक्सपोजर र...