Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नेपालको ऐन र कानूनले कुनैपनि व्यवसायलाई सिण्डिकेट गर्न दिदैन : श्रममन्त्री भण्डारी

 

काठमाडौं । श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले नेपालको ऐन र कानूनले कुनैपनि व्यवसायलाई सिण्डिकेट गर्न नदिने भन्दै मलेसियामा सिण्डिकेट भन्ने कुरा गलत रहेको बताएका छन् ।

आइतबार आन्तरिक रोजगार प्रवद्र्धन तथा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको पुनः एकीकरण सम्बन्धी सरोकारवालासँगको छलफल तथा कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले मन्त्रालयले कुनैपनि व्यवसायीलाई एकाधिकार गर्ने अधिकार नदिएको भन्दै सिण्डिकेट गर्न नमिल्ने बताएका हुन् ।

उनले भने, ‘मैले भनिरहेको छु नेपालको ऐन र कानूनले कुनैपनि व्यवसायलाई सिण्डिकेट गर्न दिदैन । नेपालको मन्त्रालयले कुनैपनि व्यवसायीलाई एकाधिकार गर्ने अधिकार दिदैन । वैदेशिक रोजगारमा काम गर्ने व्यवसायीहरुले नेपाल सरकारको अनुमति प्राप्त गरेपछि वैदेशिक रोजगारमा संसारभर जुनसुकै मुलुक काम गर्न पाउछन् ।’

उनले सिण्डिकेटको नाममा श्रममन्त्री र परराष्ट्रमन्त्री मिलेर खरबौ रुपैया खाएको भन्दै अफवाह फैलाएको बताए । साथै, उनले वैदेशिक रोजगारमा सुधारका काम गर्दा यथास्थितीमा फाइदा उठाउन खोज्नेहरुको चित्त नबुझेको पनि बताए ।

‘हामी धेरै कुरामा सुधार गरिरहेका छौ तर यथास्थितीमा फाइदा उठाउने तत्वहरुलाई चित्त बुझिरहेको छैन । उनीहरु नानाथरी कुरा गर्दै हिडिरहेका छन् । मलेसियामा सिण्डिकेट गरिएको छ, श्रममन्त्री र परराष्ट्रमन्त्री मिलेर खरबौ रुपैया खाएका छन् भनेर लेखिरहेको छ । म चोकमा खण्डन गर्दिन । नेपाल र मलेसियाको बिचमा नियमावली सम्झौता नविकरण हुन बाकी छ । दुई पक्षिय सम्झौताकोबीच कारोबार हुन्छ । हामी मलेसियाको डेलिगेसन कुरेर बसिरहेका छौ ।’ उनले भने ।

 

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन : मन्त्री भण्डारी

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:३४

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शरदसिंह भण्डारीले बालश्रम...

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:२१

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी...

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:१२

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी...

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

वि.सं.२०८२ असार ३१ मंगलवार १६:४५

काठमाडौं । नेपालको पहिलो खाना डेलिभरी कम्पनी फुडमाण्डुले सन् २०१०...

भेटायो को नयाँ अफर – सोफा सफाइ सेवा अब मात्र ६ सय प्रति सिटरमा !

भेटायो को नयाँ अफर – सोफा सफाइ...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:३९

काठमाडौं। घरको सौन्दर्य र स्वास्थ्य दुवैलाई ध्यानमा राख्दै, भेटायोले प्रति...

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:२८

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई झम्सिखेल, पुल्चोक,...