CG Electronics
IME Life
NIMB

देशभक्ति र सामाजिक योगदानका लागि डा. श्रेष्ठलाई सम्मान

NIMB
Himalayan Bank

 

नागरिक अगुवा डा. महेश मान श्रेष्ठलाई सम्मान गरेको छ । नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपालको २८ औं स्थापना दिवसको सन्दर्भमा उहाँलाई सम्मान गरेको हो ।

डा. श्रेष्ठले देशभक्तहरुको आन्दोलन, वामपन्थी र आदिवासी जनजातिको सवालदेखि सामाजिक क्षेत्रमा दिएको योगदानलाई मूल्यांकन गर्दै सम्मान गरेको हो । कार्यक्रममा डा. श्रेष्ठले नेपालमा तीन वटा धार मध्ये पश्चगामी र यथास्थितिवादी धार देशको लागि अभिशाप रहेको ठहर गर्दै नेपालमा नयाँ ढंगको संघीय जनगणतन्त्र बहाल गर्नुपर्ने बताउनुभयो ।

पछिल्लो समयमा विभाजित रहेका बामपन्थी शक्ति एकै ठाउँमा आउँनुपर्ने उहाँको धारणा रहेको छ । देशघाती, भ्रष्टाचार र उत्पीडित आदिवासी जनजातिदेखि अन्य समुदायलाई दमन गरेको हुनाले देश नाजुक अवस्थामा पुगेको उहाँको आरोप छ ।

नेपालमा विदेशी मोडलको जनगणतन्त्र नभई नेपालको आफ्नै मौलिक शैलीको व्यवस्था लागू गर्नसके देश विकास हुने डा. श्रेष्ठको दाबी छ । कार्यक्रममा मोर्चाका अध्यक्ष पवन मान श्रेष्ठले भाषा, संस्कृति, राजनीतिक अधिकार, नेवाः स्वायत्त प्रदेश, स्वशासन र पहिचानको लागि मोर्चा गठन भएको बताउनुभयो ।

यसको लागि धेरै व्यक्तिले जीवन उत्कर्ष गरेकोदेखि बेपत्ता हुनुपरेको स्मरण गर्नुभयो । त्यसो भएपनि बामपन्थी आन्दोलनका तत्कालीन शिर्ष नेतृत्वले राष्ट्रिय र बर्गिय आत्मसमर्पण गरेकोप्रति उहाँको असन्तुष्टि रहेको छ । अहिले पुनः एकढिक्का भएर अधिकारको लागि संघर्ष गर्नुपर्ने अध्यक्ष श्रेष्ठको भनाई छ ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यबाहक महासचिव सीपी गजुरेल, सीताराम तामाङ, नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, प्रा.डा. जगदशचन्द्र, मोर्चाका उपाध्यक्ष सुरेश श्रेष्ठ, महासचिव शिव श्रेष्ठ लगायतको सहभागिता थियो ।

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...