Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

देशभक्ति र सामाजिक योगदानका लागि डा. श्रेष्ठलाई सम्मान

 

नागरिक अगुवा डा. महेश मान श्रेष्ठलाई सम्मान गरेको छ । नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपालको २८ औं स्थापना दिवसको सन्दर्भमा उहाँलाई सम्मान गरेको हो ।

डा. श्रेष्ठले देशभक्तहरुको आन्दोलन, वामपन्थी र आदिवासी जनजातिको सवालदेखि सामाजिक क्षेत्रमा दिएको योगदानलाई मूल्यांकन गर्दै सम्मान गरेको हो । कार्यक्रममा डा. श्रेष्ठले नेपालमा तीन वटा धार मध्ये पश्चगामी र यथास्थितिवादी धार देशको लागि अभिशाप रहेको ठहर गर्दै नेपालमा नयाँ ढंगको संघीय जनगणतन्त्र बहाल गर्नुपर्ने बताउनुभयो ।

पछिल्लो समयमा विभाजित रहेका बामपन्थी शक्ति एकै ठाउँमा आउँनुपर्ने उहाँको धारणा रहेको छ । देशघाती, भ्रष्टाचार र उत्पीडित आदिवासी जनजातिदेखि अन्य समुदायलाई दमन गरेको हुनाले देश नाजुक अवस्थामा पुगेको उहाँको आरोप छ ।

नेपालमा विदेशी मोडलको जनगणतन्त्र नभई नेपालको आफ्नै मौलिक शैलीको व्यवस्था लागू गर्नसके देश विकास हुने डा. श्रेष्ठको दाबी छ । कार्यक्रममा मोर्चाका अध्यक्ष पवन मान श्रेष्ठले भाषा, संस्कृति, राजनीतिक अधिकार, नेवाः स्वायत्त प्रदेश, स्वशासन र पहिचानको लागि मोर्चा गठन भएको बताउनुभयो ।

यसको लागि धेरै व्यक्तिले जीवन उत्कर्ष गरेकोदेखि बेपत्ता हुनुपरेको स्मरण गर्नुभयो । त्यसो भएपनि बामपन्थी आन्दोलनका तत्कालीन शिर्ष नेतृत्वले राष्ट्रिय र बर्गिय आत्मसमर्पण गरेकोप्रति उहाँको असन्तुष्टि रहेको छ । अहिले पुनः एकढिक्का भएर अधिकारको लागि संघर्ष गर्नुपर्ने अध्यक्ष श्रेष्ठको भनाई छ ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यबाहक महासचिव सीपी गजुरेल, सीताराम तामाङ, नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, प्रा.डा. जगदशचन्द्र, मोर्चाका उपाध्यक्ष सुरेश श्रेष्ठ, महासचिव शिव श्रेष्ठ लगायतको सहभागिता थियो ।

सामान्य प्रशासनमन्त्री गुप्ताको सफलता : संविधानपछिको महत्वपूर्ण विधेयक प्रतिनिधि सभामा पेस

सामान्य प्रशासनमन्त्री गुप्ताको सफलता : संविधानपछिको महत्वपूर्ण...

वि.सं.२०८२ असार ३ मंगलवार २३:१५

  काठमाडौं । संविधानपछि सबैभन्दा महत्त्वपूर्ण मानिएको 'सङ्घीय निजामती सेवाको...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल बाँडफाँड सम्पन्न, कुन कुन ब्राण्ड सहभागि हुँदैछन ?

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल...

वि.सं.२०८२ असार ३ मंगलवार ०९:२०

  काठमाडौं । नाइमा नेपाल मोलिटि एक्स्पो २०२५ आगामी साउन...

कर्मचारीतन्त्रले नागरिकको मन जित्न सकेमात्र लोकतन्त्र दरिलो हुन्छ : राष्ट्रपति

कर्मचारीतन्त्रले नागरिकको मन जित्न सकेमात्र लोकतन्त्र दरिलो...

वि.सं.२०८२ असार १ आइतवार १६:२३

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहज, सरल र प्रभावकारी...

राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ : प्रधानमन्त्री ओली

राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ :...

वि.सं.२०८२ असार १ आइतवार १६:१७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कार्य सफलता कर्मचारीतन्त्रमा...

बजारबाट आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

बजारबाट आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र...

वि.सं.२०८२ असार १ आइतवार १६:१५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ...

हेवा खोलाको पुल भाँचिएको घटनाबार छानविन गर्न समिति गठन

हेवा खोलाको पुल भाँचिएको घटनाबार छानविन गर्न...

वि.सं.२०८२ असार १ आइतवार १४:५९

  काठमाडौं । मेची राजमार्गको फिदिम–ताप्लेजुङ् सडक खण्डमा पर्ने फिदिम–४...