IME Life
NIMB

बीमा क्षेत्रका मुख्य सूचकहरू समेटिएको ‘बीमा प्रतिबिम्ब’ सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रका मुख्य मुख्य तथ्यांकहरूको विश्लेषण सहितको मासिक तथ्यांक संस्करण बीमा प्रतिबिम्ब प्रकाशन गर्न शुरू गरेको छ ।

बीमा कम्पनीहरूको वित्तीय अवस्था, बीमा पहुँच, बीमा दाबी, दाबी फछ्र्यौट, बीमालेख संख्या, बीमाशुल्क संकलन लगायत बीमा क्षेत्रका प्रमुख सूचकहरूको अध्ययन गरी विश्लेषणात्मक तथ्यांक संस्करण मासिकरूपमा प्रकाशन गर्न शुरू गरिएको हो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रको पारदर्शिता, जवाफदेहिता तथा नीतिनिर्माणका लागि आधार तयार हुने अपेक्षाका साथ मासिकरूपमा बीमा क्षेत्रको विश्लेषणात्मक तथ्यांक संस्करण प्रकाशन गर्न शुरू गरिएको जानकारी दिनुभयो ।

अध्यक्ष ओझाले बीमा क्षेत्रको विश्लेषणात्मक तथ्यांक संस्करणबाट बीमक, नीतिनिर्माता, अनुसन्धानकर्ता र आम नागरिकलाई बीमा क्षेत्र सम्बन्धी समग्र जानकारी प्राप्त हुने र यसको नियमित प्रकाशनबाट बीमा क्षेत्रमा भएका प्रगति, विद्यमान चुनौती तथा नीतिगत आवश्यकताहरू पहिचान गर्न समेत मद्दत पुग्ने विश्वास व्यक्त गर्नभयो ।

चालू आर्थिक वर्षको चैत मसान्तसम्मको मासिक तथ्यांक संस्करणमा यस अवधिमा जारी भएका बीमालेख संख्या, बीमाशुल्क संकलन, दाबी भुक्तानी विवरण, समर्पण तथा व्यतित विवरण, बीमकका शाखा कार्यालय तथा कर्मचारी संख्या, बीमकको लगानी विवरण, कूल बीमालेख संख्या, बीमाशुल्क संकलन र सोल्भन्सी अनुपात लगायतका विवरण समावेश गरिएका छन् ।

यसैगरी, चालू आर्थिक वर्षको चैत मसान्तमा नेपाल बीमा प्राधिकरणबाट सम्पादन भएका काम कार्यवाही सहित मुख्य मुख्य उपलब्धीहरू बीमा क्षेत्रको विश्लेषणात्मक तथ्यांक संस्करणमा समावेश गरिएका छन् । जसअनुसार, प्राधकरणबाट नियामकीय काम कारवाही, दाबी उजुरी दर्ता तथा फछ्र्यौट, बीमकहरूको स्थलगत निरिक्षण, सम्पत्ति शुद्धीकरण निवारणका लागि भएका कार्य र बीमालेख स्वीकृति लगायतका मुख्य मुख्य विषयहरू विश्लेषणात्मक संस्करणमा समावेश गरिएका छन् ।

बीमा प्रतिबिम्ब

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच अझै कमजोर

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच...

वि.सं.२०८३ साउन २२ शुक्रवार २३:०९

काठमाडौँ । नेपालका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा...

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर सार्वजनिक, नेपाली बजारमा नयाँ विकल्प थपियो

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर...

वि.सं.२०८३ साउन २२ शुक्रवार २२:४९

  काठमाडौं । विद्युतीय दुईपांग्रे सवारीसाधन उत्पादक याडिया नेपालले नेपाली...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि ऋण सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०६

  काठमाडौं। नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच ४.७५...

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गर्दै, ७० प्रतिशतसम्म छुट दिने

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०१

  काठमाडौं। दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गरेको...

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८ औँ नाडा अटो शो

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:३३

  काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो...