CG Electronics
IME Life
NIMB

वातावरण प्रदूषण नियन्त्रणमा वातावरण मन्त्रालय मात्र हिस्सेदार रहदैन् : राज्यमन्त्री विक

NIMB
Himalayan Bank

 

काठमाडौं । वन तथा वातावरण राज्यमन्त्री रुपा विकले वातावरण प्रदूषण नियन्त्रणका लागि वन तथा वातावरण मन्त्रालयमात्र हिस्सेदार नरहने बताएकी छन् ।

विहीबार विश्व वतावरण दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले प्लाष्टिकजन्य प्रदूषणलाई न्यूनीकरण गर्न सजिलो नहुने भन्दै त्यसका लागि अन्तर मन्त्रालयको सहकार्य आवश्यक रहेको बताएकी हुन् ।

उनले भनिन्, ‘प्लाष्टिकजन्य प्रदूषणलाई न्यूनीकरण गर्ने क्रममा देख्दा सजिलो देखिन्छ तर त्यसको प्रभाव हेर्यो भने लामो समयसम्म रहन्छ । प्रदूषण नियनत्रणका लागि सरकारको वन तथा वातावरण मन्त्रालयमात्र हिस्सेदार हो भन्ने कुरा अरु मन्त्रालयले भन्न मिल्दैन । त्यसकारण अन्तर मन्त्रालयको सहकार्य र समन्वय गर्न भूमिका निर्वाह गर्नुपर्छ ।’

उनले वन तथा वातावरण मन्त्रालय वातावरण संरक्षण र प्रवर्धनको विषयमा एकदमै गम्भीर रहेको पनि बताइन् ।

उनले प्लाष्टिकहरुको पुनःप्रयोग कमी नै हुने गरेको भन्दै प्लाष्टिकजन्य कुरालाई नियन्त्रण गर्न स्थानीय तहहरुमा उत्पादन भएका बाँसका सामाग्रीहरुको प्रयोग, काठका सामानहरुको प्रयोगमा जोड दिनुपर्ने बताइन् ।

यसैगरी उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले वातावरणका नाममा बन्दै गरेका विकासका काम बन्द गरिनु गलत भएको बताए । उनले विकास निर्माणको काम वातावरणलाई संरक्षण गर्दै गरिनुपर्ने बताए ।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...