NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

होटल गरिमा र एनआईएमबी एस क्यापिटलबीच आईपीओको रोडम्याप सम्झौता

NIMB
leapmotornepal (citroen)

काठमाडौं । पूर्वी नेपालको कोशी प्रदेशको इटहरीमा रहेको पाँचतारे स्तरको लक्जरी होटेल सोल्टी वेस्टेन्ड इटहरीको स्वामित्व रहेको कम्पनी होटल गरिमा लिमिटेड र एनआईएमबी एस क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ ।

होटलले शेयर प्रारम्भिक सार्वजनिक निष्काशन, (आई पी ओ, क्ष्एइ) गरी नेपालको पूँजी बजारमा प्रवेश गर्ने प्रक्रियागत कार्यसम्पादनका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड सँग ‘रोडम्याप टु आईपीओ’ सम्बन्धी रणनीतिक सहकार्य तथा परामर्शका लागि सम्झौतामा हस्ताक्षर गरेका छन् । होटल गरिमा लिमिटेड यस रोडम्याप सेवा सम्झौतामा हस्ताक्षर गरी सार्वजनिक सूचीकृत कम्पनी प्रतिको यात्राको सुभारम्भ गरेको छ ।

उक्त कम्पनीले काठमाडौंमा रोडम्याप टु आईपीओ सम्झौता हस्ताक्षर गर्न आयोजित एक औपचारिक समारोहका बीच सम्पन्न भएको जनाएको छ । सम्झौतामा होटल गरिमा लिमिटेडको तर्फबाट उक्त कम्पनीका प्रबन्ध निर्देशक, विनोद पौडेल र एनआईएमबी एस क्यापिटलका तर्फबाट उक्त एस क्यापिटलका डेपुटी सीईओ सचिन्द्र ढुंगानाले सम्झौता पत्रमा औपचारिक हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार, एनआईएमबी एस क्यापिटल लिमिटेडले आईपीओ सम्बन्धीत विषयमा कर्पोरेट सल्लाहकारको भूमिकामा रही होटल गरिमा लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) प्रक्रियाको तयारी, नियामक निकायहरू सँगको समन्वय तथा संस्थागत व्यवस्थापन परिपालना सम्बन्धी कम्पनीको कार्य सुदृढीकरणमा आवश्यक परामर्श र सहयोग प्रदान गर्ने छ ।

mnbbl
हस्ताक्षर पछि उक्त कार्यक्रममा होटल गरिमा लिमिटेडका प्रबन्ध निर्देशक पौडेलल भने, यो सम्झौता होटल गरिमा लिमिटेडको पूँजी बजार प्रवेशका लागि अत्यन्तै महत्वपूर्ण रहेकोछ र यो कम्पनीको विकासका लागि कोसेढुंगा सावित हुनेछ । उनले पारदर्शिता, व्यावसायिक उत्कृष्टता र लगानी विस्तार मार्फत आतिथ्यसत्कार क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

त्यसैगरी एनआईएमबी एस क्यापिटल लिमिटेडका डेपुटी सीईओ ढुंगानाले होटल गरिमा लिमिटेडको आईपीओ यात्रामा आवश्यक सम्पूर्ण प्राविधिक मार्गदर्शन तथा रणनीतिक सल्लाह उपलब्ध गराउदै निरन्तर सल्लाह सहयोग र विशेषज्ञता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनहरुमा यो सहकार्य सफलतापूर्वक अघि बढ्ने अपेक्षा गरे ।

होटल गरिमा लिमिटेडको तर्फबाट आईपीओ प्रक्रिया प्रारम्भ गर्नु कम्पनीको दिगो विकास, संस्थागत पारदर्शिता तथा आम लगानीकर्तालाई आतिथ्य क्षेत्रमा आकर्षित गर्ने दृष्टिकोण अनुरूपको महत्वपूर्ण कदमको रूपमा लिइएको छ ।

होटल गरिमा लिमिटेडको यो प्रयासबाट विकास, कम्पनीको पारदर्शिता का साथै नेपालको आतिथ्य उद्योग तथा पर्यटन विकास, विशेष गरी कोशी प्रदेशमा लगानी अवसरहरूको विस्तारमा प्रतिबद्धता प्रतिबिम्बित गर्दछ ।

 

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:५०

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रम...

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३५

  काठमाडौं, २८ साउन। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:११

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा...