Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

 

 

झापा/ ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले झापाको कनकाई नदीमा निर्माणाधीन तटबन्ध कार्यमा कुनै पनि ढिलाइ नगर्न निर्देशन दिनुभएको छ। उहाँले तटबन्ध पुनर्निर्माण स्थलको निरीक्षण गर्दै समयमै काम सम्पन्न नभए कम्तीमा १०५ घरधुरी पूर्ण रूपमा विस्थापित हुने गम्भीर जोखिम रहेको औंल्याउनुभयो।

गत वर्ष असोज १०, ११ र १२ गतेको अविरल वर्षाले कनकाई नदीमा आएको बाढीका कारण हुलाकी राजमार्ग नजिक करिब ७ सय मिटर क्षेत्रको तटबन्धमा गम्भीर क्षति पुगेको थियो। सो क्षेत्रको पुनर्निर्माण अझै नपुगेकाले बस्ती, खेती, पशुधन र सम्पूर्ण जीविकोपार्जनमा प्रतिकूल असर पर्ने खतरा देखिएको छ।

“ठेक्का प्रक्रिया होस् वा विपद् व्यवस्थापन बजेट — जुनसुकै उपाय अपनाएर भए पनि तटबन्ध पुनर्निर्माण कार्य समयमै सम्पन्न हुनुपर्छ,” मन्त्री खड्काले भन्नुभयो। उहाँले तटबन्ध निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

विपद् पुनर्निर्माण योजनाअन्तर्गत अघि बढाइएको तटबन्ध निर्माण कार्यको स्थलगत प्रगति विवरण दिँदै ‘जनताको तटबन्ध कार्यक्रम गैँडे, झापा’ का प्रमुख इञ्जिनियर विजयकुमार रेग्मीले १२ महिनाको लक्ष्यसहित सुरु गरिएको योजनाको पहिलो दुई महिनामै ६० प्रतिशत कार्य सम्पन्न भइसकेको जानकारी दिनुभयो।

विद्युत् सेवा चुस्त बनाउन निर्देशन

यात्राक्रमकै क्रममा मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरण विर्तामोड वितरण केन्द्रको अनुगमन गर्दै सेवा प्रवाहमा कुनै पनि प्रकारको लापरवाही नगर्न निर्देशन दिनुभयो।

“जनतालाई अबरोधविहीन विद्युत् सेवा उपलब्ध गराउनु हाम्रो प्रमुख दायित्व हो,” मन्त्री खड्काले भन्नुभयो, “लाइफ लस र सप्लाई लस दुबैको सम्भावना शून्य हुने गरी प्रणाली विकास गर्न आवश्यक छ।”

उहाँले डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी बक्यौता असुलीमा कडाइ गर्न, नियमित बिल तिर्ने उपभोक्तालाई प्रोत्साहन गर्न तथा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने व्यवस्था गर्न सकिने संकेत पनि गर्नुभयो।

सिफारिशविहीन सरुवामा पुनः जोड

सेवा प्रवाहमा पारदर्शिता र कार्यकुशलता कायम राख्न मन्त्री खड्काले सरुवा र बढुवामा सिफारिश र भनसुनको प्रवृत्तिमा पूर्ण रोक लगाउने नीतिगत धारणा पुनः दोहोर्याउनुभयो।

“सेवा प्रवाहमा समस्या देखिए सिधै मन्त्रालय आउनुहोस्, म स्वयं भेट्छु,” भन्ने मन्त्री खड्काको भनाइले नीति कार्यान्वयनप्रति सरकारको गम्भीरता प्रस्ट पारेको छ।

स्थानीयस्तरमा सरकारको सक्रिय उपस्थिति

ऊर्जा, जल व्यवस्थापन तथा जनसुरक्षासम्बन्धी समस्या र समाधानको स्थलगत अनुगमन गर्दै गरिएको मन्त्री खड्काको यो भ्रमणले स्थानीय बासिन्दामा सरकारप्रति विश्वास अभिवृद्धि गर्ने सशक्त सन्देश दिएको छ।

सामान्य प्रशासनमन्त्री गुप्ताको सफलता : संविधानपछिको महत्वपूर्ण विधेयक प्रतिनिधि सभामा पेस

सामान्य प्रशासनमन्त्री गुप्ताको सफलता : संविधानपछिको महत्वपूर्ण...

वि.सं.२०८२ असार ३ मंगलवार २३:१५

  काठमाडौं । संविधानपछि सबैभन्दा महत्त्वपूर्ण मानिएको 'सङ्घीय निजामती सेवाको...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल बाँडफाँड सम्पन्न, कुन कुन ब्राण्ड सहभागि हुँदैछन ?

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल...

वि.सं.२०८२ असार ३ मंगलवार ०९:२०

  काठमाडौं । नाइमा नेपाल मोलिटि एक्स्पो २०२५ आगामी साउन...

कर्मचारीतन्त्रले नागरिकको मन जित्न सकेमात्र लोकतन्त्र दरिलो हुन्छ : राष्ट्रपति

कर्मचारीतन्त्रले नागरिकको मन जित्न सकेमात्र लोकतन्त्र दरिलो...

वि.सं.२०८२ असार १ आइतवार १६:२३

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहज, सरल र प्रभावकारी...

राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ : प्रधानमन्त्री ओली

राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ :...

वि.सं.२०८२ असार १ आइतवार १६:१७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कार्य सफलता कर्मचारीतन्त्रमा...

बजारबाट आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

बजारबाट आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र...

वि.सं.२०८२ असार १ आइतवार १६:१५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ...

हेवा खोलाको पुल भाँचिएको घटनाबार छानविन गर्न समिति गठन

हेवा खोलाको पुल भाँचिएको घटनाबार छानविन गर्न...

वि.सं.२०८२ असार १ आइतवार १४:५९

  काठमाडौं । मेची राजमार्गको फिदिम–ताप्लेजुङ् सडक खण्डमा पर्ने फिदिम–४...